Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Baqarah   Ayah:
وَاِنْ كُنْتُمْ عَلٰی سَفَرٍ وَّلَمْ تَجِدُوْا كَاتِبًا فَرِهٰنٌ مَّقْبُوْضَةٌ ؕ— فَاِنْ اَمِنَ بَعْضُكُمْ بَعْضًا فَلْیُؤَدِّ الَّذِی اؤْتُمِنَ اَمَانَتَهٗ وَلْیَتَّقِ اللّٰهَ رَبَّهٗ ؕ— وَلَا تَكْتُمُوا الشَّهَادَةَ ؕ— وَمَنْ یَّكْتُمْهَا فَاِنَّهٗۤ اٰثِمٌ قَلْبُهٗ ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ عَلِیْمٌ ۟۠
२८३) र यदि तिमी यात्रामा छौ र (दस्तावेज) लेख्ने मान्छे उपलब्ध छैन भने कुनै कुरो धितोको रूपमा राख्ने गर्नु । हो, यदि व्यवहार गर्नेहरू परस्परमा संतुष्ट छन् भने (ऋण धितो बिना पनि दिनु र ऋण लिनेले ऋणदाताको नासो (ऋणको रकम) फिर्ता दिइहालोस् र अल्लाहसँग जो कि उसको पालनकर्ता हो, डर मान्ने गरोस् साक्ष्यलाई नलुकाउनु, जसले त्यसलाई लुकाउँछ, उसको हृदय गुनहगार (पापी) हुनेछ । अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापहरू जान्दछ ।
Arabic explanations of the Qur’an:
لِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— وَاِنْ تُبْدُوْا مَا فِیْۤ اَنْفُسِكُمْ اَوْ تُخْفُوْهُ یُحَاسِبْكُمْ بِهِ اللّٰهُ ؕ— فَیَغْفِرُ لِمَنْ یَّشَآءُ وَیُعَذِّبُ مَنْ یَّشَآءُ ؕ— وَاللّٰهُ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟
२८४) जे जति आकाशहरू र जे जति जमीनमा छन्, सबै अल्लाहकै सम्पत्ति हुन् । तिमीले आफ्नो मनभित्रका कुरा प्रकट गरे वा लुकाए पनि, अल्लाहले तिमीसँग त्यसको हिसाब लिनेछ । अनि उसले जसलाई चाहन्छ क्षमा प्रदान गर्दछ र जसलाई चाहन्छ दण्ड दिन्छ र प्रत्येक कुरामाथि अल्लाहको शासन छ ।
Arabic explanations of the Qur’an:
اٰمَنَ الرَّسُوْلُ بِمَاۤ اُنْزِلَ اِلَیْهِ مِنْ رَّبِّهٖ وَالْمُؤْمِنُوْنَ ؕ— كُلٌّ اٰمَنَ بِاللّٰهِ وَمَلٰٓىِٕكَتِهٖ وَكُتُبِهٖ وَرُسُلِهٖ ۫— لَا نُفَرِّقُ بَیْنَ اَحَدٍ مِّنْ رُّسُلِهٖ ۫— وَقَالُوْا سَمِعْنَا وَاَطَعْنَا غُفْرَانَكَ رَبَّنَا وَاِلَیْكَ الْمَصِیْرُ ۟
२८५) (हाम्रो) रसूलले त्यस कुरामा ईमान ल्याउनु भयो जुन उनीमाथि अल्लाहको तर्फबाट उतारियो र मोमिनहरूले पनि ईमान ल्याए, यिनीहरूसबै अल्लाह, उसका फरिश्ताहरू, उसका किताबहरू र उसका पैगम्बरहरूमाथि ईमान ल्याए । हामी उसका पैगम्बरहरूमध्ये कसैको बीच भेदभावको व्यवहार गर्दैनौं, उनीहरूले भने कि हामीले सुन्यौं र मान्यौं हामीले क्षमाको लागि प्रार्थना गर्दछौं । हे पालनकर्ता ! र तिमी छेउ नै फर्केर जानु छ ।
Arabic explanations of the Qur’an:
لَا یُكَلِّفُ اللّٰهُ نَفْسًا اِلَّا وُسْعَهَا ؕ— لَهَا مَا كَسَبَتْ وَعَلَیْهَا مَا اكْتَسَبَتْ ؕ— رَبَّنَا لَا تُؤَاخِذْنَاۤ اِنْ نَّسِیْنَاۤ اَوْ اَخْطَاْنَا ۚ— رَبَّنَا وَلَا تَحْمِلْ عَلَیْنَاۤ اِصْرًا كَمَا حَمَلْتَهٗ عَلَی الَّذِیْنَ مِنْ قَبْلِنَا ۚ— رَبَّنَا وَلَا تُحَمِّلْنَا مَا لَا طَاقَةَ لَنَا بِهٖ ۚ— وَاعْفُ عَنَّا ۥ— وَاغْفِرْ لَنَا ۥ— وَارْحَمْنَا ۥ— اَنْتَ مَوْلٰىنَا فَانْصُرْنَا عَلَی الْقَوْمِ الْكٰفِرِیْنَ ۟۠
२८६) अल्लाह कसैलाई उसको शक्तिभन्दा बढी कष्ट दिदैन । जुन सुकार्य उसले गर्दछ त्यसको प्रतिफल पाउँछ र जो पाप कर्म गर्दछ त्यसको परिणाम भोग्ने छ । हे हाम्रो प्रतिपालक ! यदि हामीबाट कुनै भूल वा त्रुटि भएको भए हामीलाई दोषी न ठहराउनु । हे पालनकर्ता ! हामीमाथि त्यस्तो भारी नराख्नु जस्तो कि तिमीले हामीभन्दा अगाडिका मानिसहरूमाथि राखेका थियौ । हे हाम्रो प्रतिपालक ! जुन भारी बोक्न सक्ने क्षमता हामीमा छैन त्यस्तो भारी हामीमाथि नराख्नु र (हे हाम्रो प्रतिपालक !) हाम्रा भूलत्रुटिको निमित्त हामीलाई क्षमा गर र मुक्ति प्रदान गर र हामीमाथि दया गर, तिमी नै हाम्रो स्वामी हौ तसर्थ हामीलाई काफिरहरूमाथि विजय प्रदान गर ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Baqarah
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close