Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Baqarah   Ayah:
وَاتَّبَعُوْا مَا تَتْلُوا الشَّیٰطِیْنُ عَلٰی مُلْكِ سُلَیْمٰنَ ۚ— وَمَا كَفَرَ سُلَیْمٰنُ وَلٰكِنَّ الشَّیٰطِیْنَ كَفَرُوْا یُعَلِّمُوْنَ النَّاسَ السِّحْرَ ۗ— وَمَاۤ اُنْزِلَ عَلَی الْمَلَكَیْنِ بِبَابِلَ هَارُوْتَ وَمَارُوْتَ ؕ— وَمَا یُعَلِّمٰنِ مِنْ اَحَدٍ حَتّٰی یَقُوْلَاۤ اِنَّمَا نَحْنُ فِتْنَةٌ فَلَا تَكْفُرْ ؕ— فَیَتَعَلَّمُوْنَ مِنْهُمَا مَا یُفَرِّقُوْنَ بِهٖ بَیْنَ الْمَرْءِ وَزَوْجِهٖ ؕ— وَمَا هُمْ بِضَآرِّیْنَ بِهٖ مِنْ اَحَدٍ اِلَّا بِاِذْنِ اللّٰهِ ؕ— وَیَتَعَلَّمُوْنَ مَا یَضُرُّهُمْ وَلَا یَنْفَعُهُمْ ؕ— وَلَقَدْ عَلِمُوْا لَمَنِ اشْتَرٰىهُ مَا لَهٗ فِی الْاٰخِرَةِ مِنْ خَلَاقٍ ۫ؕ— وَلَبِئْسَ مَا شَرَوْا بِهٖۤ اَنْفُسَهُمْ ؕ— لَوْ كَانُوْا یَعْلَمُوْنَ ۟
१०२) र त्यस चीजको पछि लागे जसलाई सुलैमानको राज्यकालमा शैतानहरूले पढ्ने गर्दथे । तर सुलैमानले बिल्कुलै कुफ्र (इन्कार) गरेनन् बरु शैतानहरूले नै कुफ्र गर्दथे, तिनीहरूले मानिसहरूलाई जादू सिकाउँदथे जुन ‘‘बाबुल’’ शहरमा दुईजना फरिश्ता (अर्थात) हारुत र मारुतमाथि उतरेको थियो । ती दुवैले पनि कसैलाई तबसम्म केही सिकाउन्नथे जबसम्म यो भन्दैन्थे कि हामी त एउटा परीक्षणमा छौं, तिमी कुफ्रमा नलाग । फेरि पनि मानिसहरूले तिनीहरूसित यस्तो (जादू) सिक्दथे जसबाट पति–पत्नीबीच सम्बन्ध–बिच्छेद भइहालोस् र वास्तवमा अल्लाहको इच्छा नभई, तिनीहरूले त्यसबाट कसैको केही बिगार्न सक्दैनन् । र यिनीहरूले यस्ता (मन्त्र) सिक्दथे जसले तिनलाई हानि पुर्याओस् र लाभ पुर्याउन नसकोस् । र तिनीहरू विश्वासका साथ जान्दछन् कि यस्ता कुराहरू लिनेहरूको परलोकमा केही अंश हुँदैन र त्यो निकृष्ट चीज हो जसको बदलामा तिनीहरूले आफ्ना ज्यान बेचिहाले । कति राम्रो हुन्थ्यो, यदि तिनीहरू यो कुरो जानेको भए ।
Arabic explanations of the Qur’an:
وَلَوْ اَنَّهُمْ اٰمَنُوْا وَاتَّقَوْا لَمَثُوْبَةٌ مِّنْ عِنْدِ اللّٰهِ خَیْرٌ ؕ— لَوْ كَانُوْا یَعْلَمُوْنَ ۟۠
१०३) यदि तिनीहरू आस्थावान र संयमी बन्न सकेको भए अल्लाहको तर्फबाट तिनीहरूलाई सर्वोत्तम प्रतिफल मिल्ने थियो । यदि तिनीहरूलाई ज्ञान भएको भए ।
Arabic explanations of the Qur’an:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَقُوْلُوْا رَاعِنَا وَقُوْلُوا انْظُرْنَا وَاسْمَعُوْا ؕ— وَلِلْكٰفِرِیْنَ عَذَابٌ اَلِیْمٌ ۟
१०४) हे आस्थावानहरू ! तिमीहरू अल्लाहको पैगम्बरको (लागि) ‘‘राएना’’ नभन बरु ‘‘उन्जुर्ना’’ भन अर्थात हाम्रोतर्फ हेर्दै र सुन्दै गर्नु र काफिरहरूको लागि कष्टदायक सजाय छ ।
Arabic explanations of the Qur’an:
مَا یَوَدُّ الَّذِیْنَ كَفَرُوْا مِنْ اَهْلِ الْكِتٰبِ وَلَا الْمُشْرِكِیْنَ اَنْ یُّنَزَّلَ عَلَیْكُمْ مِّنْ خَیْرٍ مِّنْ رَّبِّكُمْ ؕ— وَاللّٰهُ یَخْتَصُّ بِرَحْمَتِهٖ مَنْ یَّشَآءُ ؕ— وَاللّٰهُ ذُو الْفَضْلِ الْعَظِیْمِ ۟
१०५) न त अहले किताबका काफिरहरू र न त ‘‘मुश्रिकहरू’’ चाहन्छन् कि तिमीमाथि पालनकर्ताबाट कुनै राम्रो कुरा उत्रोस्, तर अल्लाहले जसलाई रुचाउँछ, आफ्नो विशेष दयाको पात्र बनाउँछ र अल्लाह ठूलो कृपाको स्वामी हो ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Baqarah
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close