Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Baqarah   Ayah:
وَمَاۤ اَنْفَقْتُمْ مِّنْ نَّفَقَةٍ اَوْ نَذَرْتُمْ مِّنْ نَّذْرٍ فَاِنَّ اللّٰهَ یَعْلَمُهٗ ؕ— وَمَا لِلظّٰلِمِیْنَ مِنْ اَنْصَارٍ ۟
२७०) तिमी (अल्लाहको मार्गमा) जे जति खर्च गर्दछौ र जे सुकै मन्नत गर्दछौ, अल्लाहलाई थाहा हुन्छ र दुष्कर्म गर्नेहरूको कोही सहायता गर्ने छैन ।
Arabic explanations of the Qur’an:
اِنْ تُبْدُوا الصَّدَقٰتِ فَنِعِمَّا هِیَ ۚ— وَاِنْ تُخْفُوْهَا وَتُؤْتُوْهَا الْفُقَرَآءَ فَهُوَ خَیْرٌ لَّكُمْ ؕ— وَیُكَفِّرُ عَنْكُمْ مِّنْ سَیِّاٰتِكُمْ ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ خَبِیْرٌ ۟
२७१) यदि तिमी दान र सहायता खुलारूपमा दिन्छौ भने पनि राम्रो छ र यदि गोप्यरूपले गरीब असहायलाई दिन्छौ त त्यो तिम्रोलागि झन् राम्रो छ । र तिम्रा पापहरूलाई समाप्त गरिदिन्छ । र अल्लाहलाई तिम्रा सबै क्रियाकलापहरूबारे थाहा छ ।
Arabic explanations of the Qur’an:
لَیْسَ عَلَیْكَ هُدٰىهُمْ وَلٰكِنَّ اللّٰهَ یَهْدِیْ مَنْ یَّشَآءُ ؕ— وَمَا تُنْفِقُوْا مِنْ خَیْرٍ فَلِاَنْفُسِكُمْ ؕ— وَمَا تُنْفِقُوْنَ اِلَّا ابْتِغَآءَ وَجْهِ اللّٰهِ ؕ— وَمَا تُنْفِقُوْا مِنْ خَیْرٍ یُّوَفَّ اِلَیْكُمْ وَاَنْتُمْ لَا تُظْلَمُوْنَ ۟
२७२) तिमी तिनीहरूको मार्गनिर्देशनको लागि जिम्मेवार छैनौ, बरु अल्लाहले नै जसलाई चाहन्छ, मार्गनिर्देशन गर्दछ । र तिमीले जुन असल माल खर्च गर्नेछौ, त्यसको फाइदा तिमीलाई नै हुनेछ । र तिमीले अल्लाहको सदिच्छा हासिल गर्न मात्र खर्च गर्नुपर्दछ । तिमीले जेजति खर्च गर्छौ, त्यसको पूरा प्रतिफल तिमीलाई दिइनेछ र तिम्रो कुनै प्रकारको हक मारिने छैन ।
Arabic explanations of the Qur’an:
لِلْفُقَرَآءِ الَّذِیْنَ اُحْصِرُوْا فِیْ سَبِیْلِ اللّٰهِ لَا یَسْتَطِیْعُوْنَ ضَرْبًا فِی الْاَرْضِ ؗ— یَحْسَبُهُمُ الْجَاهِلُ اَغْنِیَآءَ مِنَ التَّعَفُّفِ ۚ— تَعْرِفُهُمْ بِسِیْمٰىهُمْ ۚ— لَا یَسْـَٔلُوْنَ النَّاسَ اِلْحَافًا ؕ— وَمَا تُنْفِقُوْا مِنْ خَیْرٍ فَاِنَّ اللّٰهَ بِهٖ عَلِیْمٌ ۟۠
२७३) (दान पुण्यका हकदार) त्यस्ता गरिब, असहाय छन् जो अल्लाहको मार्गमा रोकिएर बसेका छन् र देशको अन्य भागमा हिलडुल गर्न सक्दैनन्, र माँग्न लाज मान्दछन्, यहाँसम्म कि नमाँग्नाले अनभिज्ञ मानिसले तिनलाई सम्पन्न ठान्दछ, र तिमीले तिनको अनुहारको आकारबाट उनलाई चिन्न सक्ने छौ । तिनीहरूले मानिसहरूसँग प्रार्थना गरी माँग्न सक्दैनन् र तिमीले जे जति धन सम्पत्ति खर्च गर्दछौ, निःसन्देह अल्लाहलाई त्यसको ज्ञान छ ।
Arabic explanations of the Qur’an:
اَلَّذِیْنَ یُنْفِقُوْنَ اَمْوَالَهُمْ بِالَّیْلِ وَالنَّهَارِ سِرًّا وَّعَلَانِیَةً فَلَهُمْ اَجْرُهُمْ عِنْدَ رَبِّهِمْ ۚ— وَلَا خَوْفٌ عَلَیْهِمْ وَلَا هُمْ یَحْزَنُوْنَ ۟ؔ
२७४) जुन मानिसहरूले दिन वा रात, लुकाई वा प्रकट गरी (प्रत्यक्ष अप्रत्यक्ष) आफ्नो सम्पत्ति खर्च गर्दछन्, तिनको पारितोषिक अल्लाहसँग छ र तिनलाई न कुनै भय–त्रास हुनेछ न कुनै चिन्ता ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Baqarah
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close