Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Baqarah   Ayah:
وَالَّذِیْنَ یُتَوَفَّوْنَ مِنْكُمْ وَیَذَرُوْنَ اَزْوَاجًا یَّتَرَبَّصْنَ بِاَنْفُسِهِنَّ اَرْبَعَةَ اَشْهُرٍ وَّعَشْرًا ۚ— فَاِذَا بَلَغْنَ اَجَلَهُنَّ فَلَا جُنَاحَ عَلَیْكُمْ فِیْمَا فَعَلْنَ فِیْۤ اَنْفُسِهِنَّ بِالْمَعْرُوْفِ ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ خَبِیْرٌ ۟
२३४) र तिमीहरूमध्ये जुन मानिसहरू मर्छन् र (आफू पछाडि) स्वास्नीहरू छोड्छन् भने ती स्वास्नीहरूले चार महिना दश दिनसम्म आफूलाई रोकिराखुन् । र जब (यी) इद्दत पूरा गरिसकेका हुन्छन् तब आफ्नो हितमा जे चाहन्छन् गर्छन भने यसमा तिमीलाई कुनै गुनाह छैन र अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापको जानकारी राख्द्छ ।
Arabic explanations of the Qur’an:
وَلَا جُنَاحَ عَلَیْكُمْ فِیْمَا عَرَّضْتُمْ بِهٖ مِنْ خِطْبَةِ النِّسَآءِ اَوْ اَكْنَنْتُمْ فِیْۤ اَنْفُسِكُمْ ؕ— عَلِمَ اللّٰهُ اَنَّكُمْ سَتَذْكُرُوْنَهُنَّ وَلٰكِنْ لَّا تُوَاعِدُوْهُنَّ سِرًّا اِلَّاۤ اَنْ تَقُوْلُوْا قَوْلًا مَّعْرُوْفًا ؕ۬— وَلَا تَعْزِمُوْا عُقْدَةَ النِّكَاحِ حَتّٰی یَبْلُغَ الْكِتٰبُ اَجَلَهٗ ؕ— وَاعْلَمُوْۤا اَنَّ اللّٰهَ یَعْلَمُ مَا فِیْۤ اَنْفُسِكُمْ فَاحْذَرُوْهُ ۚ— وَاعْلَمُوْۤا اَنَّ اللّٰهَ غَفُوْرٌ حَلِیْمٌ ۟۠
२३५) यदि तिमी सांकेतिक तरिकाबाट ती स्वास्नीहरूलाई निकाहको सन्देश पठाउँछौं अथवा आफ्ना हृदयमा लुकाएर राख्दछौं भने तिमीलाई कुनै गुनाह छैन । अल्लाहलाई थाहा छ कि तिमीले तिनीहरूसित (निकाहको) चर्चा गर्नेछौं । तर गोप्यरूपमा कुनै वाचा नगर्नु । र तिमीले राम्रो कुरा बोल्नेगर र जबसम्म इद्दतको अवधि पूरा हुँदैन, निकाहको दृढ अठोट नगर्नु । जानिराख कि, जे जति तिम्रा हृदयहरूमा छन्, अल्लाहलाई सबै थाहा छ, तसर्थ उससँग डर मान्नेगर र यो पनि जानिराख कि अल्लाह अति क्षमाशील र सहनशील छ ।
Arabic explanations of the Qur’an:
لَا جُنَاحَ عَلَیْكُمْ اِنْ طَلَّقْتُمُ النِّسَآءَ مَا لَمْ تَمَسُّوْهُنَّ اَوْ تَفْرِضُوْا لَهُنَّ فَرِیْضَةً ۖۚ— وَّمَتِّعُوْهُنَّ ۚ— عَلَی الْمُوْسِعِ قَدَرُهٗ وَعَلَی الْمُقْتِرِ قَدَرُهٗ ۚ— مَتَاعًا بِالْمَعْرُوْفِ ۚ— حَقًّا عَلَی الْمُحْسِنِیْنَ ۟
२३६) यदि तिमीले स्वास्नी मानिसहरूलाई तिनीहरूसँग समागम गर्नु र महर निर्धारित गर्नु अघि नै तलाक दिन्छौ भने तिमीमाथि कुनै गुनाह छैन, हो उनलाई केही उचित रकम अवश्य देऊ (अर्थात) सम्पन्नले आफ्नो सामर्थ अनुसार देओस् र अभावग्रस्तले आफ्नो हैसियत अनुरूप, भलाई गर्ने मानिसहरूको निम्ति यो एउटा अनिवार्यता हो ।
Arabic explanations of the Qur’an:
وَاِنْ طَلَّقْتُمُوْهُنَّ مِنْ قَبْلِ اَنْ تَمَسُّوْهُنَّ وَقَدْ فَرَضْتُمْ لَهُنَّ فَرِیْضَةً فَنِصْفُ مَا فَرَضْتُمْ اِلَّاۤ اَنْ یَّعْفُوْنَ اَوْ یَعْفُوَا الَّذِیْ بِیَدِهٖ عُقْدَةُ النِّكَاحِ ؕ— وَاَنْ تَعْفُوْۤا اَقْرَبُ لِلتَّقْوٰی ؕ— وَلَا تَنْسَوُا الْفَضْلَ بَیْنَكُمْ ؕ— اِنَّ اللّٰهَ بِمَا تَعْمَلُوْنَ بَصِیْرٌ ۟
२३७) र, यदि तिमीले स्वास्नीहरूलाई समागम गर्नु अगाडि तलाक दिन्छौ, तर महर निश्चित गरिसकेका छौं भने निर्धारित रकमको आधा दिइहाल्नु । हो, यदि स्वास्नीहरूले महरको रकम माफ गर्दछिन् अथवा जसको हातमा विवाह बन्धन छ उसले छाडिदेओस् । र यदि तिमी पुरुषहरू नै आफ्नो अधिकार छाडिदिन्छौं, भने यो आत्मसंयमको कुरा हो । पारस्परिक सदभाव र भलो गर्न नबिर्सनु, निःसन्देह अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलाप देखिराखेको छ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Baqarah
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close