Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Baqarah   Ayah:
اَلَمْ تَرَ اِلَی الْمَلَاِ مِنْ بَنِیْۤ اِسْرَآءِیْلَ مِنْ بَعْدِ مُوْسٰی ۘ— اِذْ قَالُوْا لِنَبِیٍّ لَّهُمُ ابْعَثْ لَنَا مَلِكًا نُّقَاتِلْ فِیْ سَبِیْلِ اللّٰهِ ؕ— قَالَ هَلْ عَسَیْتُمْ اِنْ كُتِبَ عَلَیْكُمُ الْقِتَالُ اَلَّا تُقَاتِلُوْا ؕ— قَالُوْا وَمَا لَنَاۤ اَلَّا نُقَاتِلَ فِیْ سَبِیْلِ اللّٰهِ وَقَدْ اُخْرِجْنَا مِنْ دِیَارِنَا وَاَبْنَآىِٕنَا ؕ— فَلَمَّا كُتِبَ عَلَیْهِمُ الْقِتَالُ تَوَلَّوْا اِلَّا قَلِیْلًا مِّنْهُمْ ؕ— وَاللّٰهُ عَلِیْمٌۢ بِالظّٰلِمِیْنَ ۟
२४६) के तिमीले बनी इस्राईलका मुखियाहरूलाई देखेनौं ? जसले मूसापछि आफ्नो पैगम्बरसित भने कि तपाईँले हाम्रो लागि एउटा राजा नियुक्त गरिदिनुस् ताकि हामी अल्लाहको मार्गमा धर्मयुद्ध गरौं । पैगम्बरले भने कि यदि तिमीहरूको लागि जिहादको आदेश अनिवार्य हुन्छ भने, बेर छैन कि युद्ध गर्न अस्वीकार गरिहाल । तिनीहरूले भन्नथाले कि हामी अल्लाहको मार्गमा किन युद्ध गर्दैनौं जब कि हामी आफ्नो वतनबाट निष्कासित र सन्तानहरूबाट अलग गरिएका छौं । फेरि जब तिनीहरूमाथि (जिहाद) धर्मयुद्धको आदेश आयो तब केही मानिसहरू बाहेक सबैले इन्कार गरिहाले, अल्लाह अत्याचारीहरूलाई राम्ररी चिन्दछ ।
Arabic explanations of the Qur’an:
وَقَالَ لَهُمْ نَبِیُّهُمْ اِنَّ اللّٰهَ قَدْ بَعَثَ لَكُمْ طَالُوْتَ مَلِكًا ؕ— قَالُوْۤا اَنّٰی یَكُوْنُ لَهُ الْمُلْكُ عَلَیْنَا وَنَحْنُ اَحَقُّ بِالْمُلْكِ مِنْهُ وَلَمْ یُؤْتَ سَعَةً مِّنَ الْمَالِ ؕ— قَالَ اِنَّ اللّٰهَ اصْطَفٰىهُ عَلَیْكُمْ وَزَادَهٗ بَسْطَةً فِی الْعِلْمِ وَالْجِسْمِ ؕ— وَاللّٰهُ یُؤْتِیْ مُلْكَهٗ مَنْ یَّشَآءُ ؕ— وَاللّٰهُ وَاسِعٌ عَلِیْمٌ ۟
२४७) र तिनीहरूको, पैगम्बरले तिनीहरूसित भने कि अल्लाहले तिम्रा लागि ‘‘तालूत’’ लाई (राजा) नियुक्त गरेको छ । तिनीहरूले भने कि त्यसलाई हामीमाथि शासन गर्ने अधिकार कसरी हुन सक्दछ, राजसत्ताको अधिकारी त हामी हौं र त्योसँग त धेरै धन सम्पत्ति पनि छैन । नबीले भने कि अल्लाहले त्यसलाई तिमीहरूमाथि चुनेको छ तथा उसलाई बढी ज्ञान र शारीरिक शक्ति प्रशस्त प्रदान गरेको छ । कुरो यो छ कि अल्लाहले जसलाई चाहन्छ राजगद्दी प्रदान गर्दछ । त्यो सर्वव्यापी र सर्वज्ञाता छ ।
Arabic explanations of the Qur’an:
وَقَالَ لَهُمْ نَبِیُّهُمْ اِنَّ اٰیَةَ مُلْكِهٖۤ اَنْ یَّاْتِیَكُمُ التَّابُوْتُ فِیْهِ سَكِیْنَةٌ مِّنْ رَّبِّكُمْ وَبَقِیَّةٌ مِّمَّا تَرَكَ اٰلُ مُوْسٰی وَاٰلُ هٰرُوْنَ تَحْمِلُهُ الْمَلٰٓىِٕكَةُ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیَةً لَّكُمْ اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۟۠
२४८) उनीहरूको पैगम्बरले तिनीहरूसित फेरि भने कि उसको राजसत्ताको वाह्य चिन्ह यो हो कि तिम्रो छेउमा त्यो बाकस आउने छ, जसलाई (स्वर्गदूत) फरिश्ताहरूले उचालेका हुनेछन् । त्यसमा तिम्रो पालनहारबाट तिमीलाई सन्तुष्टि प्रदान गर्ने कुरो हुनेछ, र केही अन्य कुराहरू पनि हुन्छन् जुन कि मूसा र हारूनले छाडेर गएका थिए । यदि तिमी आस्थावान छौ भने यो तिम्रो लागि एउटा प्रत्यक्ष प्रमाण हो ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Baqarah
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close