Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል-አዕራፍ   አንቀጽ:
اُبَلِّغُكُمْ رِسٰلٰتِ رَبِّیْ وَاَنَا لَكُمْ نَاصِحٌ اَمِیْنٌ ۟
६८) म तिमीहरूलाई अल्लाहको सन्देश पुर्याउँछु र तिम्रो शुभेच्छुक र हितैषी हूँ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَوَعَجِبْتُمْ اَنْ جَآءَكُمْ ذِكْرٌ مِّنْ رَّبِّكُمْ عَلٰی رَجُلٍ مِّنْكُمْ لِیُنْذِرَكُمْ ؕ— وَاذْكُرُوْۤا اِذْ جَعَلَكُمْ خُلَفَآءَ مِنْ بَعْدِ قَوْمِ نُوْحٍ وَّزَادَكُمْ فِی الْخَلْقِ بَصْۜطَةً ۚ— فَاذْكُرُوْۤا اٰلَآءَ اللّٰهِ لَعَلَّكُمْ تُفْلِحُوْنَ ۟
६९) के तिमीलाई यस कुराबाट आश्चर्य लाग्यो कि, तिमीहरूमध्येबाट एउटा मानिसद्वारा तिम्रो पालनकर्ताको तर्फबाट तिमीछेउ सत्यउपदेश आयो ताकि उसले तिमीलाई डर देखाओस् ? र तिमी यो नभुल्नु कि तिम्रो पालनकर्ताले नूहको जाति पश्चात तिमीलाई त्यसको उत्तराधिकारी बनायो, र आकारमा तिमीलाई बढी व्यापकता प्रदान गर्यो, तसर्थ अल्लाहका अनुकम्पाहरूलाई स्मरण गर ताकि मुक्ति प्राप्त गर्न सक ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالُوْۤا اَجِئْتَنَا لِنَعْبُدَ اللّٰهَ وَحْدَهٗ وَنَذَرَ مَا كَانَ یَعْبُدُ اٰبَآؤُنَا ۚ— فَاْتِنَا بِمَا تَعِدُنَاۤ اِنْ كُنْتَ مِنَ الصّٰدِقِیْنَ ۟
७०) तिनीहरूले भन्न थालेः के तपाई हामीतिर यस कारणले आउनु भएको हो कि हामीले एउटै अल्लाहको पूजा गर्न थालौं र जसलाई हाम्रा पूर्वजहरूले पूज्दै आएका थिए तिनलाई छाडिदिऔं ? तसर्थ यदि साँचो हौ भने, जुन सजायबाट हामीलाई डर देखाइराखेका छौ त्यसलाई मँगाइदेऊ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ قَدْ وَقَعَ عَلَیْكُمْ مِّنْ رَّبِّكُمْ رِجْسٌ وَّغَضَبٌ ؕ— اَتُجَادِلُوْنَنِیْ فِیْۤ اَسْمَآءٍ سَمَّیْتُمُوْهَاۤ اَنْتُمْ وَاٰبَآؤُكُمْ مَّا نَزَّلَ اللّٰهُ بِهَا مِنْ سُلْطٰنٍ ؕ— فَانْتَظِرُوْۤا اِنِّیْ مَعَكُمْ مِّنَ الْمُنْتَظِرِیْنَ ۟
७१) हूदले भनेः कि बस अब ‘‘हाम्रो पालनकर्ताको तर्फबाट तिमीमाथि सजाय र क्रोध आउने कुरा निश्चित भइसकेको छ के तिमी मसँग यस्ता नामहरूको बारेमा झगडा गरिराखेका छौ जुनकि तिमीले र तिम्रा बाबु बाजेले आफ्नै तर्फबाट नामाकरण गरेका हुन् जसको बारेमा अल्लाहले कुनै प्रमाण पठाएको छैन ? ठीकै छ तिमीले पनि प्रतीक्षा गरिराख म पनि तिम्रो साथमा प्रतीक्षा गर्दछु ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاَنْجَیْنٰهُ وَالَّذِیْنَ مَعَهٗ بِرَحْمَةٍ مِّنَّا وَقَطَعْنَا دَابِرَ الَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِنَا وَمَا كَانُوْا مُؤْمِنِیْنَ ۟۠
७२) त्यसछि हामीले हूदलाई र जुन मानिसहरू उनको साथमा थिए तिनीहरूलाई आफ्नो अनुकम्पाले बचायौं र जसले हाम्रा आयतहरूलाई झूठा भने तिनीहरूको जरा नै काटिदियौं । र तिनीहरू ईमान ल्याउनेवाला थिएनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِلٰی ثَمُوْدَ اَخَاهُمْ صٰلِحًا ۘ— قَالَ یٰقَوْمِ اعْبُدُوا اللّٰهَ مَا لَكُمْ مِّنْ اِلٰهٍ غَیْرُهٗ ؕ— قَدْ جَآءَتْكُمْ بَیِّنَةٌ مِّنْ رَّبِّكُمْ ؕ— هٰذِهٖ نَاقَةُ اللّٰهِ لَكُمْ اٰیَةً فَذَرُوْهَا تَاْكُلْ فِیْۤ اَرْضِ اللّٰهِ وَلَا تَمَسُّوْهَا بِسُوْٓءٍ فَیَاْخُذَكُمْ عَذَابٌ اَلِیْمٌ ۟
७३) र हामीले समूदको समुदायतिर उनका भाइ ‘‘सालेहलाई’’ पठायौं, सालेहले भने कि, ‘‘हे मेरा जाति बन्धुहरू ! अल्लाहकै पूजा गर र उस बाहेक तिम्रो अरु कोही सत्य पूजनीय छैन तिमीछेउ तिम्रो पालनकर्ताबाट एउटा स्पष्ट प्रमाण आइसकेको छ । यो ऊँटनी अल्लाहको तर्फबाट हो र तिम्रो निम्ति एक (चमत्कारको रूपमा) प्रमाण हो । तसर्थ यसलाई स्वतन्त्र छाडिदेऊ कि अल्लाहको जमिनमा चरदै घुमोस् । र तिमीले यसलाई नराम्रो नीयतले छुदै नछुनु अन्यथा कष्टदायक दण्डले तिमीलाई समातिहाल्छ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል-አዕራፍ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት