Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል-አዕራፍ   አንቀጽ:
قَالَ ادْخُلُوْا فِیْۤ اُمَمٍ قَدْ خَلَتْ مِنْ قَبْلِكُمْ مِّنَ الْجِنِّ وَالْاِنْسِ فِی النَّارِ ؕ— كُلَّمَا دَخَلَتْ اُمَّةٌ لَّعَنَتْ اُخْتَهَا ؕ— حَتّٰۤی اِذَا ادَّارَكُوْا فِیْهَا جَمِیْعًا ۙ— قَالَتْ اُخْرٰىهُمْ لِاُوْلٰىهُمْ رَبَّنَا هٰۤؤُلَآءِ اَضَلُّوْنَا فَاٰتِهِمْ عَذَابًا ضِعْفًا مِّنَ النَّارِ ؕ۬— قَالَ لِكُلٍّ ضِعْفٌ وَّلٰكِنْ لَّا تَعْلَمُوْنَ ۟
३८) अल्लाहले भन्नेछः कि, जिन्न र मानिसहरूको जो सामूह तिमीहरूभन्दा पहिले नै गुज्री सकेका छन् । तिनको साथमा तिमी पनि नर्कमा जाऊ । जब कुनै समूह त्यसमा प्रवेश गर्नेछ आफूभन्दा पहिलेको समूहलाई धिक्कार्ने छ । यहाँसम्म कि जब सबै त्यसमा एकत्रित भइसक्नेछन । त हरेक पछिल्लो समूहले पहिलो समूहको बारेमा भन्ने छन्ः कि, हे रब ! यिनै मानिसहरूले हामीलाई पथभ्रष्ट गरेका थिए तसर्थ यिनलाई नर्कको सजाय दोब्बर दिनु । अल्लाहले भन्ने छः ‘‘कि, हरएकलाई दुईगुणा सजाय दिइन्छ तर तिमीलाई थाहा छैन ?’’
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالَتْ اُوْلٰىهُمْ لِاُخْرٰىهُمْ فَمَا كَانَ لَكُمْ عَلَیْنَا مِنْ فَضْلٍ فَذُوْقُوا الْعَذَابَ بِمَا كُنْتُمْ تَكْسِبُوْنَ ۟۠
३९) पहिलो समुदायले पछिल्लो समुदायसित भन्ने छ कि, तिमीलाई हामीमाथि कुनै प्रधानता प्राप्त भएन जुन कर्म तिमीले गर्ने गर्दथ्यौ त्यसको प्रतिफल स्वरूप सजायको स्वाद चाख ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ الَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِنَا وَاسْتَكْبَرُوْا عَنْهَا لَا تُفَتَّحُ لَهُمْ اَبْوَابُ السَّمَآءِ وَلَا یَدْخُلُوْنَ الْجَنَّةَ حَتّٰی یَلِجَ الْجَمَلُ فِیْ سَمِّ الْخِیَاطِ ؕ— وَكَذٰلِكَ نَجْزِی الْمُجْرِمِیْنَ ۟
४०) जसले हाम्रो आयतहरूलाई झूठा भने र अभिमानपूर्ण व्यवहार गरे, तिनीहरूका लागि आकाशका ढोकाहरू खोलिने छैन्, र तिनीहरू कहिले पनि स्वर्गमा जानेछैनन् जबसम्म कि, ऊँट सियोको प्वाँलबाट छिर्दैन । र पाप गर्नेहरूलाई हामीले यस्तै सजाय दिनेगर्छौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَهُمْ مِّنْ جَهَنَّمَ مِهَادٌ وَّمِنْ فَوْقِهِمْ غَوَاشٍ ؕ— وَكَذٰلِكَ نَجْزِی الظّٰلِمِیْنَ ۟
४१) यस्ता मानिसहरूका लागि नर्कको आगो बिछ्यौना (ओछ्यान) हुनेछ र माथिबाट त्यसैको ओढने पनि । र यस्ता अत्याचारीहरूलाई हामीले यस्तै सजाय दिनेगर्छौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ لَا نُكَلِّفُ نَفْسًا اِلَّا وُسْعَهَاۤ ؗ— اُولٰٓىِٕكَ اَصْحٰبُ الْجَنَّةِ ۚ— هُمْ فِیْهَا خٰلِدُوْنَ ۟
४२) जुन मानिसहरूले हाम्रो आयतहरूमाथि आस्था राखे र सत्कर्म गरे, त्यस विषयमा हामीले कुनै व्यक्तिलाई उसको क्षमताभन्दा बढी जिम्मेवारी दिदैनौं । यस्ता मानिसहरू नै स्वर्गका निबासी हुन् जो सधैं त्यसमा बास गर्नेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَنَزَعْنَا مَا فِیْ صُدُوْرِهِمْ مِّنْ غِلٍّ تَجْرِیْ مِنْ تَحْتِهِمُ الْاَنْهٰرُ ۚ— وَقَالُوا الْحَمْدُ لِلّٰهِ الَّذِیْ هَدٰىنَا لِهٰذَا ۫— وَمَا كُنَّا لِنَهْتَدِیَ لَوْلَاۤ اَنْ هَدٰىنَا اللّٰهُ ۚ— لَقَدْ جَآءَتْ رُسُلُ رَبِّنَا بِالْحَقِّ ؕ— وَنُوْدُوْۤا اَنْ تِلْكُمُ الْجَنَّةُ اُوْرِثْتُمُوْهَا بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟
४३) र एक अर्काको लागि छलकपट जो तिनीहरूका छातिमा थियो हामीले सबै निकालिदिनेछौं । तिनीहरूको (महलहरू) मुनि नहरहरू बगिराखेका हुनेछन् । र उनीहरूले भन्ने छन् ‘‘कि, अल्लाहको हामी धेरै कृतज्ञ छौं जसले हामीलाई यस स्थानसम्म पुर्यायो, र यदि अल्लाहले हामीलाई बाटो नदेखाएको भए हामी स्वयंले बाटो पाउन सक्ने थिएनौं । वास्तवमै हाम्रो पालनकर्ताले पठाएका रसूलले साँचो कुरा लिएर आएका थिए । उनीसित ठूलो आवाजमा भनिनेछ कि, यो जन्नत (स्वर्ग) हो जसको तिमी वारिस बनाइएका छौ । यो तिमीले तिम्रो कर्मको बदलामा पाएका हौ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል-አዕራፍ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት