Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል-አዕራፍ   አንቀጽ:

अअराफ

الٓمّٓصٓ ۟ۚ
१) अलिफ्–लाम–मीम–साद ।
የአረብኛ ቁርኣን ማብራሪያ:
كِتٰبٌ اُنْزِلَ اِلَیْكَ فَلَا یَكُنْ فِیْ صَدْرِكَ حَرَجٌ مِّنْهُ لِتُنْذِرَ بِهٖ وَذِكْرٰی لِلْمُؤْمِنِیْنَ ۟
२) (हे मुहम्मद !) यो एउटा किताब हो, जुन तपाईमाथि अवतरित गरिएको छ, (उद्देश्य यो हो कि) यसबाट डर देखाउने गर्नुस, अतः तपाईको हृदयमा संक्रीर्णता नहोस् र यो ईमान ल्याएकाहरूको लागि उपदेश हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِتَّبِعُوْا مَاۤ اُنْزِلَ اِلَیْكُمْ مِّنْ رَّبِّكُمْ وَلَا تَتَّبِعُوْا مِنْ دُوْنِهٖۤ اَوْلِیَآءَ ؕ— قَلِیْلًا مَّا تَذَكَّرُوْنَ ۟
३) (मानिसहरू !) जुन किताब तिमीमाथि तिम्रो पालनकर्ताको तर्फबाट अवतरित गरिएको छ त्यसको अनुशरण गर र आफ्नो प्रतिपालकलाई छोडेर अरु मनगढ़न्ते अगुवाहरूको अनुशरण नगर । अतः तिमीहरू एकदम थोरै उपदेश स्वीकार गर्दछौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَكَمْ مِّنْ قَرْیَةٍ اَهْلَكْنٰهَا فَجَآءَهَا بَاْسُنَا بَیَاتًا اَوْ هُمْ قَآىِٕلُوْنَ ۟
४) र धेरै बस्तीहरूलाई हामीले नष्ट गरिदियौं, जसमाथि हाम्रो (प्रकोप) सजाय (एक्कासी) रातीको बेला आयो वा दिनमा जुनबेला तिनीहरू दिउँसोको विश्राम गर्दथे ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَمَا كَانَ دَعْوٰىهُمْ اِذْ جَآءَهُمْ بَاْسُنَاۤ اِلَّاۤ اَنْ قَالُوْۤا اِنَّا كُنَّا ظٰلِمِیْنَ ۟
५) जुन बेला उनीहरूमाथि हाम्रो सजाय आउँदथ्यो, तिनीहरूको मुखबाट यही नै निस्क्यो अफसोच ! हामी अत्याचारी थियौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَلَنَسْـَٔلَنَّ الَّذِیْنَ اُرْسِلَ اِلَیْهِمْ وَلَنَسْـَٔلَنَّ الْمُرْسَلِیْنَ ۟ۙ
६) अतः हामीले तिनीहरूबाट सोधपूछ गर्नेछौं जोतिर हामीले पैगम्बर पठाएका थियौं, र पैगम्बरलाई पनि सोध्छौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَلَنَقُصَّنَّ عَلَیْهِمْ بِعِلْمٍ وَّمَا كُنَّا غَآىِٕبِیْنَ ۟
७) फेरि हामीसंग पूर्ण ज्ञानभएकोले (तिनका सम्पूर्ण वृतान्त) उनको सामु वर्णन गर्नेछौं र हामी कहिले पनि अज्ञान (बेखबर) थिएनौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالْوَزْنُ یَوْمَىِٕذِ ١لْحَقُّ ۚ— فَمَنْ ثَقُلَتْ مَوَازِیْنُهٗ فَاُولٰٓىِٕكَ هُمُ الْمُفْلِحُوْنَ ۟
८) र त्यसदिन कर्मको तराजुको तौल निश्चित हुनेछ । तसर्थ जुन मानिसहरूका कर्मको तुला ग्रहुङ्गो हुनेछ, ती नै सफलता प्राप्त गर्नेवाला हुनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَنْ خَفَّتْ مَوَازِیْنُهٗ فَاُولٰٓىِٕكَ الَّذِیْنَ خَسِرُوْۤا اَنْفُسَهُمْ بِمَا كَانُوْا بِاٰیٰتِنَا یَظْلِمُوْنَ ۟
९) र जुन मानिसको (कर्मको) तुला हलुङ्गो हुनेछ ती मानिसहरू हुन् जसले कि, आफूलाई घाटामा पारे, किनभने हाम्रो आयतहरूबारे अन्याय गर्दथे ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ مَكَّنّٰكُمْ فِی الْاَرْضِ وَجَعَلْنَا لَكُمْ فِیْهَا مَعَایِشَ ؕ— قَلِیْلًا مَّا تَشْكُرُوْنَ ۟۠
१०) र हामीले नै पृथ्वीमा तिम्रो बासस्थान बनायौं र यसबाट तिम्रो निम्ति जीविकाका साधानहरू सृजना गर्यौं (तर) तिमीले कमै आभार व्यक्त गर्दछौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ خَلَقْنٰكُمْ ثُمَّ صَوَّرْنٰكُمْ ثُمَّ قُلْنَا لِلْمَلٰٓىِٕكَةِ اسْجُدُوْا لِاٰدَمَ ۖۗ— فَسَجَدُوْۤا اِلَّاۤ اِبْلِیْسَ ؕ— لَمْ یَكُنْ مِّنَ السّٰجِدِیْنَ ۟
११) र हामीले तिमीलाई सृष्टि गर्यौं, अनि तिम्रो रूप आकार बनायौं त्यसपछि फरिश्ताहरूलाई आदेश गर्यौं कि आदमको अगाडि ढोग, र सबैले ढोगे, तर इब्लीस (शैतानहरूको नायक) ढोग्नेहरूमा शामिल भएन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል-አዕራፍ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት