Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል-አዕራፍ   አንቀጽ:
وَاذْكُرُوْۤا اِذْ جَعَلَكُمْ خُلَفَآءَ مِنْ بَعْدِ عَادٍ وَّبَوَّاَكُمْ فِی الْاَرْضِ تَتَّخِذُوْنَ مِنْ سُهُوْلِهَا قُصُوْرًا وَّتَنْحِتُوْنَ الْجِبَالَ بُیُوْتًا ۚ— فَاذْكُرُوْۤا اٰلَآءَ اللّٰهِ وَلَا تَعْثَوْا فِی الْاَرْضِ مُفْسِدِیْنَ ۟
७४) र तिमी स्मरण गर त्यस समयलाई कि अल्लाहले तिमीलाई आदको समुदायपछि उत्तराधिकारी बनायो र पृथ्वीमा तिमीलाई यो स्थान प्रदान गर्यो कि आज तिमीले अल्लाहको समतल भूमिमा महल बनाउँछौ र पहाडहरूलाई काटछाँट गरी घर बनाउँदछौ । अल्लाहका वरदानहरूलाई स्मरण गर र पृथ्वीमा उपद्रव गर्दै नहिंड ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ الْمَلَاُ الَّذِیْنَ اسْتَكْبَرُوْا مِنْ قَوْمِهٖ لِلَّذِیْنَ اسْتُضْعِفُوْا لِمَنْ اٰمَنَ مِنْهُمْ اَتَعْلَمُوْنَ اَنَّ صٰلِحًا مُّرْسَلٌ مِّنْ رَّبِّهٖ ؕ— قَالُوْۤا اِنَّا بِمَاۤ اُرْسِلَ بِهٖ مُؤْمِنُوْنَ ۟
७५) अनि उनको जातिका (समुदायका) जो अभिमानी सरदार थिए उनीहरूले कम्जोर वर्गहरूसँग जसले कि ईमान ल्याइसकेका थिए भन्न थालेः कि, ‘‘के तिमीले विश्वास गर्दछौ कि सालेह(अलैहिस्सलाम) आफ्नो पालनकर्ताबाट पठाइएका हुन् ।’’ उनीहरूले भने, ‘‘हो जुन कुरा उनलाई दिएर पठाइएको छ हामीले त्यसमा निःसन्देह विश्वास गर्दछौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ الَّذِیْنَ اسْتَكْبَرُوْۤا اِنَّا بِالَّذِیْۤ اٰمَنْتُمْ بِهٖ كٰفِرُوْنَ ۟
७६) त्यसपछि ती घमण्डी सरदारहरूले भन्न थालेः कि, जुन कुरामा तिमीले विश्वास गरेका छौ हामीले त त्यसलाई मान्दैनौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَعَقَرُوا النَّاقَةَ وَعَتَوْا عَنْ اَمْرِ رَبِّهِمْ وَقَالُوْا یٰصٰلِحُ ائْتِنَا بِمَا تَعِدُنَاۤ اِنْ كُنْتَ مِنَ الْمُرْسَلِیْنَ ۟
७७) अन्ततः तिनीहरूले त्यस ऊँटनीलाई घुँड़ा काटेर मारिदिए । र आफ्नो पालनकर्ताको आदेश पूर्णरूपमा उल्लंघन गरे र ‘‘सालेहसँग’’ भने कि, जुन कुराबाट तिमीले हामीलाई डराउँदथ्योै यदि तिमी अल्लाहको संदेशवाहक हौ भने त्यो हामीमाथि ल्याऊ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاَخَذَتْهُمُ الرَّجْفَةُ فَاَصْبَحُوْا فِیْ دَارِهِمْ جٰثِمِیْنَ ۟
७८) अनि तिनलाई भूकम्पले आइसमात्यो र तिनीहरू आफ्ना घरहरूमा लम्पसार परिरहे ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَتَوَلّٰی عَنْهُمْ وَقَالَ یٰقَوْمِ لَقَدْ اَبْلَغْتُكُمْ رِسَالَةَ رَبِّیْ وَنَصَحْتُ لَكُمْ وَلٰكِنْ لَّا تُحِبُّوْنَ النّٰصِحِیْنَ ۟
७९) त्यसपछि सालेह (निराश भई) फर्के र भने कि हे मेरो जाति बन्धुहरू ! मैले त तिमीहरूलाई अल्लाहको सन्देश पुर्याइहालें, तिम्रै हितको कुरा गरें, तर तिमीहरू यस्ता हौ कि शुभेच्छुकलाई मन पराउँदैनौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلُوْطًا اِذْ قَالَ لِقَوْمِهٖۤ اَتَاْتُوْنَ الْفَاحِشَةَ مَا سَبَقَكُمْ بِهَا مِنْ اَحَدٍ مِّنَ الْعٰلَمِیْنَ ۟
८०) र हामीले लूतलाई पैगम्बर बनाएर पठायौं, त्यति बेला उनले आफ्नो समुदायसित भने तिमी यस्तो निर्लज्ज काम गर्दछौ कि जुन काम तिमीभन्दा अगाडि विश्वमा कसैले गरेनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّكُمْ لَتَاْتُوْنَ الرِّجَالَ شَهْوَةً مِّنْ دُوْنِ النِّسَآءِ ؕ— بَلْ اَنْتُمْ قَوْمٌ مُّسْرِفُوْنَ ۟
८१) तिमीहरूले स्वास्नी मानिसहरूलाई छाडि केटाहरूसंग कुकर्म गर्दछौ । वास्तवमा तिमीहरूले त सीमाको उल्लंघन नै गरिसकेका छौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል-አዕራፍ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት