Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል-አዕራፍ   አንቀጽ:
قَالَ الْمَلَاُ الَّذِیْنَ اسْتَكْبَرُوْا مِنْ قَوْمِهٖ لَنُخْرِجَنَّكَ یٰشُعَیْبُ وَالَّذِیْنَ اٰمَنُوْا مَعَكَ مِنْ قَرْیَتِنَاۤ اَوْ لَتَعُوْدُنَّ فِیْ مِلَّتِنَا ؕ— قَالَ اَوَلَوْ كُنَّا كٰرِهِیْنَ ۟ۚ
८८) (त्यसपछि) उनका जातिका मुखिया र अभिमानी मानिसहरूले भन्नथालेः कि हे शुऐब ! हामी तिमीलाई र जुन मानिसहरू तिम्रो साथमा ईमान ल्याएका छन् उनलाई आफ्नो नगरबाट निकालिदिने छौं यदि तिमीहरूले हाम्रो धर्मलाई स्वीकार गरेनौ भने । शोऐबले भने म तिम्रो धर्ममा फर्कनुलार्इ घृणित ठान्दछु तापनि ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَدِ افْتَرَیْنَا عَلَی اللّٰهِ كَذِبًا اِنْ عُدْنَا فِیْ مِلَّتِكُمْ بَعْدَ اِذْ نَجّٰىنَا اللّٰهُ مِنْهَا ؕ— وَمَا یَكُوْنُ لَنَاۤ اَنْ نَّعُوْدَ فِیْهَاۤ اِلَّاۤ اَنْ یَّشَآءَ اللّٰهُ رَبُّنَا ؕ— وَسِعَ رَبُّنَا كُلَّ شَیْءٍ عِلْمًا ؕ— عَلَی اللّٰهِ تَوَكَّلْنَا ؕ— رَبَّنَا افْتَحْ بَیْنَنَا وَبَیْنَ قَوْمِنَا بِالْحَقِّ وَاَنْتَ خَیْرُ الْفٰتِحِیْنَ ۟
८९) अल्लाहले हामीलाई त्यसबाट उद्घार गरिसकेपछि यदि हामी तिम्रो धर्ममा फक्र्यौं भने निःसन्देह हामी अल्लाहप्रति झूठो आरोप लगाएको ठहरिन्छौं, बरु हाम्रो पालनकर्ता, अल्लाहको इच्छा बिना त्यसतर्फ फर्कनु सम्भव छैन । हाम्रो रबको ज्ञान हरेक कुरालाई घेरामा लिएको छ । हामी अल्लाहमाथि नै भरोसा गर्दछौं । हे पालनकर्ता ! हामी र हाम्रो समुदायको बीचमा निश्चित न्याय निसाफ गरिदेऊ । र तिमी सबैभन्दा राम्रो न्यायकर्ता हौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالَ الْمَلَاُ الَّذِیْنَ كَفَرُوْا مِنْ قَوْمِهٖ لَىِٕنِ اتَّبَعْتُمْ شُعَیْبًا اِنَّكُمْ اِذًا لَّخٰسِرُوْنَ ۟
९०) र उनको समूहका काफिर नाइकेहरूले भनेः ‘‘यदि तिमीहरू शुऐबको मार्गमा हिंड्छौ भने निश्चय नै ठूलो नोक्सानी बेहोर्नेछौ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاَخَذَتْهُمُ الرَّجْفَةُ فَاَصْبَحُوْا فِیْ دَارِهِمْ جٰثِمِیْنَ ۟
९१) अनि तिनीहरूलाई भुकम्पले आइसमात्यो । तसर्थ तिनीहरू आफ्ना घरहरूमा घोप्टो परेको परै भए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
الَّذِیْنَ كَذَّبُوْا شُعَیْبًا كَاَنْ لَّمْ یَغْنَوْا فِیْهَا ۛۚ— اَلَّذِیْنَ كَذَّبُوْا شُعَیْبًا كَانُوْا هُمُ الْخٰسِرِیْنَ ۟
९२) जसले शुऐबलाई झूठा भनेका थिए तिनीहरूको यस्तो अवस्था भइहाल्यो जस्तो कि यी घरहरूमा कहिल्यै बसेकै थिएनन् । जसले शुऐबलाई झूठो भनेका थिए तिनीहरू नै घाटामा परिहाले ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَتَوَلّٰی عَنْهُمْ وَقَالَ یٰقَوْمِ لَقَدْ اَبْلَغْتُكُمْ رِسٰلٰتِ رَبِّیْ وَنَصَحْتُ لَكُمْ ۚ— فَكَیْفَ اٰسٰی عَلٰی قَوْمٍ كٰفِرِیْنَ ۟۠
९३) अनि शुऐब (अलैहिस्सलाम) उनीहरूबाट विमुख भई हिंडेर भन्न थालेः कि हे मेरा जातिबन्धु ! मैले तिमीलाई आफ्नो पालनकर्ताको सन्देशहरू पुर्याएको थिएँ र मैले तिम्रो हितको कुरा गरेको थिएँ । तसर्थ म यी काफिहरूमाथि दुःख प्रकट किन गरूँ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَاۤ اَرْسَلْنَا فِیْ قَرْیَةٍ مِّنْ نَّبِیٍّ اِلَّاۤ اَخَذْنَاۤ اَهْلَهَا بِالْبَاْسَآءِ وَالضَّرَّآءِ لَعَلَّهُمْ یَضَّرَّعُوْنَ ۟
९४) र हामीले कुनै पनि बस्तिमा कुनै नबिलाई पठाएका छैनौं परन्तु त्यहाँका मानिसहरूलाई अभाव र संकटमा पार्यौं, ताकि उनीहरू याचना विन्ति गरुन् (गिडगिडाउन्)।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ بَدَّلْنَا مَكَانَ السَّیِّئَةِ الْحَسَنَةَ حَتّٰی عَفَوْا وَّقَالُوْا قَدْ مَسَّ اٰبَآءَنَا الضَّرَّآءُ وَالسَّرَّآءُ فَاَخَذْنٰهُمْ بَغْتَةً وَّهُمْ لَا یَشْعُرُوْنَ ۟
९५) अनि हामीले त्यस दुःखको अवस्थालाई खुशियालीमा बदलिदियौं, यहाँसम्म कि उनको निकै विकास भयो, र भन्नथाले कि हाम्रा पूर्वजलाई पनि दुःख र सुख भएको थियो त हामीले उनीहरूलाई एक्कासी समातिहाल्यौं र उनीहरूलाई थाहा पनि थिएन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል-አዕራፍ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት