Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል-አዕራፍ   አንቀጽ:
یٰبَنِیْۤ اٰدَمَ خُذُوْا زِیْنَتَكُمْ عِنْدَ كُلِّ مَسْجِدٍ وَّكُلُوْا وَاشْرَبُوْا وَلَا تُسْرِفُوْا ؕۚ— اِنَّهٗ لَا یُحِبُّ الْمُسْرِفِیْنَ ۟۠
३१) हे आदमको सन्तति प्रत्येक नमाजको बेला तिमीहरू राम्रो सँग लुगा लगाउने गर, र पर्याप्त खाने पिउने गर तर सीमाभन्दा अघि नबढ । निःसन्देह अल्लाह सीमाभन्दा अघि बढ्नेलाई मन पराउँदैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ مَنْ حَرَّمَ زِیْنَةَ اللّٰهِ الَّتِیْۤ اَخْرَجَ لِعِبَادِهٖ وَالطَّیِّبٰتِ مِنَ الرِّزْقِ ؕ— قُلْ هِیَ لِلَّذِیْنَ اٰمَنُوْا فِی الْحَیٰوةِ الدُّنْیَا خَالِصَةً یَّوْمَ الْقِیٰمَةِ ؕ— كَذٰلِكَ نُفَصِّلُ الْاٰیٰتِ لِقَوْمٍ یَّعْلَمُوْنَ ۟
३२) तपाई भन्नुस् कि आभूषण र खाने पिउने पवित्र कुराहरू जुन अल्लाहले आफ्नो उपासकहरूको लागि बनाएको छ, तिनलाई त्याज्य कसले बनाएको छ ? भनिदिनुस्, यी कुराहरू सांसारिक जीवनमा पनि ईमान भएकाहरूका निम्ति हुन् र कियामतको दिन विशेषरूपले तिनैको भागमा हुनेछन् । यस प्रकार अल्लाहले उसका आयतहरू बुझ्नेहरूलाई स्पष्टरूपले वर्णन गर्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ اِنَّمَا حَرَّمَ رَبِّیَ الْفَوَاحِشَ مَا ظَهَرَ مِنْهَا وَمَا بَطَنَ وَالْاِثْمَ وَالْبَغْیَ بِغَیْرِ الْحَقِّ وَاَنْ تُشْرِكُوْا بِاللّٰهِ مَا لَمْ یُنَزِّلْ بِهٖ سُلْطٰنًا وَّاَنْ تَقُوْلُوْا عَلَی اللّٰهِ مَا لَا تَعْلَمُوْنَ ۟
३३) तपार्इ भनिदिनुस् कि बरु मेरो पालनकर्ताले त प्रत्येक निर्लज्जताका कुराहरू चाहे ती खुलारूपमा हुन् वा गोप्य, र प्रत्येक पापलाई र अकारण कसैमाथि अत्याचार गर्ने कुरालाई त्याज्य बनाएको छ । र कसैलाई अल्लाहको साझेदार ठान्ने कुरा, जसको निम्ति उसले कुनै प्रमाण प्रदान गरेको छैन र अल्लाहको बारेमा तिमीलाई कुनै ज्ञान नभएको कुरा गर्न पनि त्याज्य छ
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلِكُلِّ اُمَّةٍ اَجَلٌ ۚ— فَاِذَا جَآءَ اَجَلُهُمْ لَا یَسْتَاْخِرُوْنَ سَاعَةً وَّلَا یَسْتَقْدِمُوْنَ ۟
३४) प्रत्येक समुदायको लागि (मृत्युको) एक समय निर्धारित छ, त्यो समय आइपुगेपछि नत एकछिन ढिलो (पिछ) गर्न सक्दछन् र नत चाँडो (अघि) ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰبَنِیْۤ اٰدَمَ اِمَّا یَاْتِیَنَّكُمْ رُسُلٌ مِّنْكُمْ یَقُصُّوْنَ عَلَیْكُمْ اٰیٰتِیْ ۙ— فَمَنِ اتَّقٰی وَاَصْلَحَ فَلَا خَوْفٌ عَلَیْهِمْ وَلَا هُمْ یَحْزَنُوْنَ ۟
३५) हे आदमको सन्तति ! जब हाम्रा पैगम्बर तिम्रो पासमा तिमीमध्येका आउँदछन् र हाम्रा आयतहरू तिमीलाई सुनाउँदछन्, अनि जसले आत्मसंयम राख्दछन र आफूलाई ठीक राख्दछन् त्यस्ता मानिसहरूलाई न त केही भय हुनेछ न त तिनी दुःखी नै हुनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِنَا وَاسْتَكْبَرُوْا عَنْهَاۤ اُولٰٓىِٕكَ اَصْحٰبُ النَّارِ ۚ— هُمْ فِیْهَا خٰلِدُوْنَ ۟
३६) र जसले हाम्रा यी आयतहरूलाई गलत, वा झूठ भनेका छन् र तिनीसित घमण्डपूर्वक व्यवहार देखाउँछन् तिनीहरू नार्कीय हुनेछन् र सधैं त्यसैमा बसिरहनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَمَنْ اَظْلَمُ مِمَّنِ افْتَرٰی عَلَی اللّٰهِ كَذِبًا اَوْ كَذَّبَ بِاٰیٰتِهٖ ؕ— اُولٰٓىِٕكَ یَنَالُهُمْ نَصِیْبُهُمْ مِّنَ الْكِتٰبِ ؕ— حَتّٰۤی اِذَا جَآءَتْهُمْ رُسُلُنَا یَتَوَفَّوْنَهُمْ ۙ— قَالُوْۤا اَیْنَ مَا كُنْتُمْ تَدْعُوْنَ مِنْ دُوْنِ اللّٰهِ ؕ— قَالُوْا ضَلُّوْا عَنَّا وَشَهِدُوْا عَلٰۤی اَنْفُسِهِمْ اَنَّهُمْ كَانُوْا كٰفِرِیْنَ ۟
३७) त्योभन्दा अन्यायी को होला जसले अल्लाहमाथि मिथ्या दोषरोपण गर्यो, वा उसका आयतहरूलाई गलत भन्यो । तिनीहरूले आफ्नो भाग्यले निर्धारित गरेको कुरा पाउनेछन् । यहाँसम्म कि जब तिनीछेउ हामीले पठाएका फरिश्ताहरू प्राण निकाल्न आउने छन् र भन्ने छन्ः कि, अल्लाह बाहेक जसलाई तिमीले पुकार्ने गर्दथ्यौ तिनीहरू अहिले कहाँ गए ? तिनीहरूले भन्ने छन्ः (थाहा छैन) तिनीहरूले हामीलाई छोडेर गइहाले र तिनीहरूले आफुलाई काफिर भएको कुरा स्वीकार गर्नेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል-አዕራፍ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት