Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-An‘ām   Ayah:
فَقُطِعَ دَابِرُ الْقَوْمِ الَّذِیْنَ ظَلَمُوْا ؕ— وَالْحَمْدُ لِلّٰهِ رَبِّ الْعٰلَمِیْنَ ۟
४५) फेरि दुष्कर्मी अत्याचारीहरूको जरा कटिहाल्यौ र सबै प्रशंसाहरू अल्लाहकै लागि हुन्, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।
Arabic explanations of the Qur’an:
قُلْ اَرَءَیْتُمْ اِنْ اَخَذَ اللّٰهُ سَمْعَكُمْ وَاَبْصَارَكُمْ وَخَتَمَ عَلٰی قُلُوْبِكُمْ مَّنْ اِلٰهٌ غَیْرُ اللّٰهِ یَاْتِیْكُمْ بِهٖ ؕ— اُنْظُرْ كَیْفَ نُصَرِّفُ الْاٰیٰتِ ثُمَّ هُمْ یَصْدِفُوْنَ ۟
४६) तपाई भनिदिनुस् कि विचार गर, यदि अल्लाह तिम्रो श्रवण शक्ति र दृष्टि खोसिहाल्यो र तिम्रो हृदयमा आफ्नो छाप लगाइदियो भने अल्लाह बाहेक अरु कोही पूजनीय छ जसले यी कुराहरू पुनः पल्टाउन सकोस् ? हेर हामी कसरी आफ्ना तर्कहरूलाई विभिन्न कोंणबाट प्रस्तुत गरिराखेका छौं । तैपनि यिनीहरू विमुख हुँदै गएका छन् ।
Arabic explanations of the Qur’an:
قُلْ اَرَءَیْتَكُمْ اِنْ اَتٰىكُمْ عَذَابُ اللّٰهِ بَغْتَةً اَوْ جَهْرَةً هَلْ یُهْلَكُ اِلَّا الْقَوْمُ الظّٰلِمُوْنَ ۟
४७) तपाई भनिदिनुस् कि विचार गर यदि तिमीमाथि अल्लाहको सजाय एक्कासी वा खुल्लारूपले आउँछ भने के अत्याचारीहरू बाहेक अरु कोही विनष्ट हुनेछन् ?
Arabic explanations of the Qur’an:
وَمَا نُرْسِلُ الْمُرْسَلِیْنَ اِلَّا مُبَشِّرِیْنَ وَمُنْذِرِیْنَ ۚ— فَمَنْ اٰمَنَ وَاَصْلَحَ فَلَا خَوْفٌ عَلَیْهِمْ وَلَا هُمْ یَحْزَنُوْنَ ۟
४८) र हामीले पैगम्बरहरूलाई यसको लागि मात्र पठाउँदछौ कि उनीहरूले सु–समाचार देउन् र डर देखाउन् र जसले इमान ल्याए र असल मानिस भइहाले त तिनीहरूलाई न कुनै भय हुनेछ न त तिनीहरू दुःखी हुनेछन् ।
Arabic explanations of the Qur’an:
وَالَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِنَا یَمَسُّهُمُ الْعَذَابُ بِمَا كَانُوْا یَفْسُقُوْنَ ۟
४९) र जसले हाम्रा आयतहरूलाई झूठा भने, तिनीहरूलाई तिनीहरूको आज्ञा उल्लंघनको कारण सजाय हुनेछ ।
Arabic explanations of the Qur’an:
قُلْ لَّاۤ اَقُوْلُ لَكُمْ عِنْدِیْ خَزَآىِٕنُ اللّٰهِ وَلَاۤ اَعْلَمُ الْغَیْبَ وَلَاۤ اَقُوْلُ لَكُمْ اِنِّیْ مَلَكٌ ۚ— اِنْ اَتَّبِعُ اِلَّا مَا یُوْحٰۤی اِلَیَّ ؕ— قُلْ هَلْ یَسْتَوِی الْاَعْمٰی وَالْبَصِیْرُ ؕ— اَفَلَا تَتَفَكَّرُوْنَ ۟۠
५०) तपाई भनिदिनुस् कि म तिमीसित यो भन्दिन कि मसँग अल्लाहको ढुकुटी छ र नत म अन्तर्यामी हूँ, र नत म यो भन्दछु कि म फरिश्ता हूँ । म त मात्र ती आदेशहरूको पालना गर्दछु जुन मलाई अल्लाहको तर्फबाट प्राप्त हुन्छ । तपाई भन्नुस् कि के अन्धा र आँखा देख्ने एकनास हुनसक्छर ? अनि तिमी विचार किन पुर्याउँदैनौं ?
Arabic explanations of the Qur’an:
وَاَنْذِرْ بِهِ الَّذِیْنَ یَخَافُوْنَ اَنْ یُّحْشَرُوْۤا اِلٰی رَبِّهِمْ لَیْسَ لَهُمْ مِّنْ دُوْنِهٖ وَلِیٌّ وَّلَا شَفِیْعٌ لَّعَلَّهُمْ یَتَّقُوْنَ ۟
५१) र यस कुरआनद्वारा यस्ता मानिसहरूलाई डराउदै गर्नुस् जो यस कुराबाट भयभीत छन् कि आफ्नो पालनकर्ताको अगाडि उपस्थित गरिनेछन् । र जान्दछन् कि उस बाहेक अरु कोही न त तिनको सहयोगी हुनेछ र न सिफारिशवाला, ताकि तिनीहरू संयमी बन्न सकुन् ।
Arabic explanations of the Qur’an:
وَلَا تَطْرُدِ الَّذِیْنَ یَدْعُوْنَ رَبَّهُمْ بِالْغَدٰوةِ وَالْعَشِیِّ یُرِیْدُوْنَ وَجْهَهٗ ؕ— مَا عَلَیْكَ مِنْ حِسَابِهِمْ مِّنْ شَیْءٍ وَّمَا مِنْ حِسَابِكَ عَلَیْهِمْ مِّنْ شَیْءٍ فَتَطْرُدَهُمْ فَتَكُوْنَ مِنَ الظّٰلِمِیْنَ ۟
५२) र जो मानिसहरू विहान र साँझ आफ्नो पालनकर्तासित प्रार्थना गर्दछन् र उसको खुशीको खोजीमा हुन्छन्, तिनीहरूलाई निष्काशन नगर । तिनीहरूको (क्रियाकलापहरूको) जवाफदेहि तपाईमाथि केही पनि छैन र नत तपाईको कामको जवाफदेहि तिनीहरूमाथि छ । यदि तिनीहरूलाई निकालिदिन्छौ भने तिमी अन्यायीहरूमध्येको हुनेछौ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-An‘ām
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close