Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-An‘ām   Ayah:
وَمَا لَكُمْ اَلَّا تَاْكُلُوْا مِمَّا ذُكِرَ اسْمُ اللّٰهِ عَلَیْهِ وَقَدْ فَصَّلَ لَكُمْ مَّا حَرَّمَ عَلَیْكُمْ اِلَّا مَا اضْطُرِرْتُمْ اِلَیْهِ ؕ— وَاِنَّ كَثِیْرًا لَّیُضِلُّوْنَ بِاَهْوَآىِٕهِمْ بِغَیْرِ عِلْمٍ ؕ— اِنَّ رَبَّكَ هُوَ اَعْلَمُ بِالْمُعْتَدِیْنَ ۟
११९) अनि के कारणले जुन जनावरमाथि अल्लाहको नाम लिइएको छ तिमीले त्यसबाट खाँदैनौ, जबकि तिम्रो लागि वर्जित गरिएका सबै जनावरहरू एक एक गरी वर्णन गरिसकिएको छ । तर त्यस अवस्था बाहेक जब कि ती कुरा खानुको निम्ति बाध्य भइहाल्छौ तर धेरै जसो मानिसहरू बिना जानी बुझी आफ्नो इच्छा पूर्तिको लागि मानिसहरूलाई ढाँटीरहेका छन् । यसमा कुनै शंका छैन कि जो सीमाभन्दा बाहिर गइहाल्छन्, तिनीहरूलाई तिम्रो पालनकर्ता राम्ररी जान्दछ ।
Arabic explanations of the Qur’an:
وَذَرُوْا ظَاهِرَ الْاِثْمِ وَبَاطِنَهٗ ؕ— اِنَّ الَّذِیْنَ یَكْسِبُوْنَ الْاِثْمَ سَیُجْزَوْنَ بِمَا كَانُوْا یَقْتَرِفُوْنَ ۟
१२०) र तिमीले देखिने र नदेखिने हरेक प्रकारको पापलाई परित्याग गरिहाल । जुन मानिसहरूले पाप कमाउँदछन् तिनीहरू निश्चयनै निकट भविष्यमा आफ्नो यस कमाईको सजाय पाउनेछन् ।
Arabic explanations of the Qur’an:
وَلَا تَاْكُلُوْا مِمَّا لَمْ یُذْكَرِ اسْمُ اللّٰهِ عَلَیْهِ وَاِنَّهٗ لَفِسْقٌ ؕ— وَاِنَّ الشَّیٰطِیْنَ لَیُوْحُوْنَ اِلٰۤی اَوْلِیٰٓـِٕهِمْ لِیُجَادِلُوْكُمْ ۚ— وَاِنْ اَطَعْتُمُوْهُمْ اِنَّكُمْ لَمُشْرِكُوْنَ ۟۠
१२१) जुन जनावरमा अल्लाहको नाम लिइन्न त्यसलाई नखाऊ किन भने निःसन्देह त्यो आज्ञाको उल्लंघन हो । र शैतानहरूले (यस्ताकुराहरू) आफ्ना साथीहरूको हृदयमा हालिदिन्छन्, जसकारण तिनीहरूले तिमीसंग झगडा गरुन् । यदि तिमी तिनीहरूले भने अनुसार हिंड्यौ भने निश्चय नै तिमी पनि मुश्रिक नै हुनेछौ ।
Arabic explanations of the Qur’an:
اَوَمَنْ كَانَ مَیْتًا فَاَحْیَیْنٰهُ وَجَعَلْنَا لَهٗ نُوْرًا یَّمْشِیْ بِهٖ فِی النَّاسِ كَمَنْ مَّثَلُهٗ فِی الظُّلُمٰتِ لَیْسَ بِخَارِجٍ مِّنْهَا ؕ— كَذٰلِكَ زُیِّنَ لِلْكٰفِرِیْنَ مَا كَانُوْا یَعْمَلُوْنَ ۟
१२२) के यस्तो व्यक्ति जुन पहिले मृत थियो र हामीले उसलाई जीवन प्रदान गर्यौं र जसको लागि एउटा प्रकाश उपलब्ध गरायौं त्यसलार्इ साथमा लिएर ऊ व्यक्तिहरूबिच हिँडने–डुल्ने गर्दछ । के त्यस्तो व्यक्ति, त्यो व्यक्ति सरह हुनसक्तछ जुन अन्धकारमा छ र कुनै पनि तरिकाले त्यहाँबाट बाहिर निस्कन सक्दैन ? यस्तै काफिरहरूको लागी उनीहरूका क्रियाकलापहरू आकर्षक लाग्ने गर्दछन् ।
Arabic explanations of the Qur’an:
وَكَذٰلِكَ جَعَلْنَا فِیْ كُلِّ قَرْیَةٍ اَكٰبِرَ مُجْرِمِیْهَا لِیَمْكُرُوْا فِیْهَا ؕ— وَمَا یَمْكُرُوْنَ اِلَّا بِاَنْفُسِهِمْ وَمَا یَشْعُرُوْنَ ۟
१२३) र यस्तै प्रकारले हामी प्रत्येक बस्तीमा तिनीहरूका ठूला–बडालाई नै अपराध गर्न लगायौं, जसबाट ती ठाउँमा तिनीहरूले छलकपट (षड्यन्त्र) को जाल फैलाइराखुन् । वास्तवमा तिनीहरू आफ्नो छलकपटको जालमा स्वयम् फस्दैछन् तर तिनीहरू यसबारे अनभिज्ञ छन् ।
Arabic explanations of the Qur’an:
وَاِذَا جَآءَتْهُمْ اٰیَةٌ قَالُوْا لَنْ نُّؤْمِنَ حَتّٰی نُؤْتٰی مِثْلَ مَاۤ اُوْتِیَ رُسُلُ اللّٰهِ ؔۘؕ— اَللّٰهُ اَعْلَمُ حَیْثُ یَجْعَلُ رِسَالَتَهٗ ؕ— سَیُصِیْبُ الَّذِیْنَ اَجْرَمُوْا صَغَارٌ عِنْدَ اللّٰهِ وَعَذَابٌ شَدِیْدٌۢ بِمَا كَانُوْا یَمْكُرُوْنَ ۟
१२४) र जब तिनीहरू सामु कुनै आयत (निशानी) आउँदछ त तिनीहरूले भन्दछन् कि, ‘‘जुन किसिमको रिसालत (दूतत्व) अल्लाहको रसूलहरूलाई दिइएको छ, त्यस्तै रिसालत हामीहरूलाई नदिऊञ्जेल हामीले कदापि ईमान ल्याउने छैनौं’’ । अल्लाहले राम्ररी जान्दछ कि, आफ्नो सन्देश पुर्याउने काम कोबाट लिने र कुन प्रकारले दिने । नजिक छ त्यो समय जब यी अपराधिहरूले आफूले गरेको क्रियाकलापको बदलामा अल्लाहकहाँ अपमानित हुनेछन् र कठोर यातना भोग्नुपर्नेछ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-An‘ām
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close