Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-An‘ām   Ayah:
هَلْ یَنْظُرُوْنَ اِلَّاۤ اَنْ تَاْتِیَهُمُ الْمَلٰٓىِٕكَةُ اَوْ یَاْتِیَ رَبُّكَ اَوْ یَاْتِیَ بَعْضُ اٰیٰتِ رَبِّكَ ؕ— یَوْمَ یَاْتِیْ بَعْضُ اٰیٰتِ رَبِّكَ لَا یَنْفَعُ نَفْسًا اِیْمَانُهَا لَمْ تَكُنْ اٰمَنَتْ مِنْ قَبْلُ اَوْ كَسَبَتْ فِیْۤ اِیْمَانِهَا خَیْرًا ؕ— قُلِ انْتَظِرُوْۤا اِنَّا مُنْتَظِرُوْنَ ۟
१५८) के यिनीहरू यस कुराको मात्र प्रतिक्षा गरिराखेका छन् कि, तिनीहरू छेउ स्वर्गदूतहरू (फरिश्ता) आउन् वा स्वयम् तिम्रो पालनकर्ता नै आउन्, वा तिम्रो पालनकर्ताको कुनै ठूलो निशानी आओस् ? जुन दिन तिम्रो पालनकर्ताबाट कुनै विशिष्ट निशानी आउनेछ (त्यतीखेर) जसले पहिलादेखि आस्था राख्दैन उसको लागि कुनै फाइदा हुनेछैन, वा उसले आफ्नो ईमानको अवस्थामा कुनै असल कर्म गरेकै छैन । हे पैगम्बर ! तिनीहरूसित भनिदिनुस् कि तिमीहरूले प्रतिक्षा गर, हामीले पनि प्रतिक्षा गर्दछौं ।
Arabic explanations of the Qur’an:
اِنَّ الَّذِیْنَ فَرَّقُوْا دِیْنَهُمْ وَكَانُوْا شِیَعًا لَّسْتَ مِنْهُمْ فِیْ شَیْءٍ ؕ— اِنَّمَاۤ اَمْرُهُمْ اِلَی اللّٰهِ ثُمَّ یُنَبِّئُهُمْ بِمَا كَانُوْا یَفْعَلُوْنَ ۟
१५९) निःसन्देह जुन मानिसहरूले आफ्नो धर्मलाई धेरै भागमा विभाजित गरे र स्वयं समूहमा विखण्डित भए, तिनीहरूसित तपार्इको कुनै सम्बन्ध छैन । तिनीहरूको हिसाब किताब अल्लाहको जिम्मामा छ । उसैले तिनीहरूलाई बताइदिने छ, कि के कति तिनीहरूले गरेका छन् ।’’
Arabic explanations of the Qur’an:
مَنْ جَآءَ بِالْحَسَنَةِ فَلَهٗ عَشْرُ اَمْثَالِهَا ۚ— وَمَنْ جَآءَ بِالسَّیِّئَةِ فَلَا یُجْزٰۤی اِلَّا مِثْلَهَا وَهُمْ لَا یُظْلَمُوْنَ ۟
१६०) जसले सत्कर्म गर्दछ उसले त्यसको दशगुणा प्रतिफल पाउनेछ र जसले दुष्कर्म गर्दछ उसले त्यतिनै सजाय पाउनेछ, जति उसले अपराध गरेको छ । र तिनीहरूमाथि कुनै अन्याय गरिने छैन ।
Arabic explanations of the Qur’an:
قُلْ اِنَّنِیْ هَدٰىنِیْ رَبِّیْۤ اِلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۚ۬— دِیْنًا قِیَمًا مِّلَّةَ اِبْرٰهِیْمَ حَنِیْفًا ۚ— وَمَا كَانَ مِنَ الْمُشْرِكِیْنَ ۟
१६१) भनिदिनुस् कि मलाई मेरो पालनकर्ताले सोझो बाटो देखाइसकेको छ, त्यो एउटा सम्पूर्ण धर्म हो जुन बाटो हो इब्राहीमको जो मात्र अल्लाहको उपासक थिए र उनी मुश्रिकहरूमध्येका थिएनन् ।’’
Arabic explanations of the Qur’an:
قُلْ اِنَّ صَلَاتِیْ وَنُسُكِیْ وَمَحْیَایَ وَمَمَاتِیْ لِلّٰهِ رَبِّ الْعٰلَمِیْنَ ۟ۙ
१६२) यो पनि भनिदिनुस् कि मेरो नमाज, र मेरो सबै इबादत (उपासना) निश्चितरूपले र मेरो जीवन र मृत्यु सबै अल्लाहकै लागि हुन्, जो सम्पूर्ण ब्रह्माण्डको स्वामी हो ।
Arabic explanations of the Qur’an:
لَا شَرِیْكَ لَهٗ ۚ— وَبِذٰلِكَ اُمِرْتُ وَاَنَا اَوَّلُ الْمُسْلِمِیْنَ ۟
१६३) उसको कोहि साझेदार छैन । र मलाई यही कुराको आदेश भएको छ र म आज्ञापालकहरूमध्ये पहिला हूँ ।
Arabic explanations of the Qur’an:
قُلْ اَغَیْرَ اللّٰهِ اَبْغِیْ رَبًّا وَّهُوَ رَبُّ كُلِّ شَیْءٍ ؕ— وَلَا تَكْسِبُ كُلُّ نَفْسٍ اِلَّا عَلَیْهَا ۚ— وَلَا تَزِرُ وَازِرَةٌ وِّزْرَ اُخْرٰی ۚ— ثُمَّ اِلٰی رَبِّكُمْ مَّرْجِعُكُمْ فَیُنَبِّئُكُمْ بِمَا كُنْتُمْ فِیْهِ تَخْتَلِفُوْنَ ۟
१६४) तपाई भन्नुस् कि के म अल्लाह बाहेक अरु पालनकर्ता खोजूँ ? जब कि उही प्रत्येक कुराको मालिक हो । र जसले जे कर्म गर्दछ, त्यसको हानि नोक्सानी त्यसैलाई नै हुन्छ । र कसैले कसैको पापको भारी बोक्ने छैन, अनि तिमी सबैलाई आफ्नो पालनकर्ताछेउ नै फर्केर जानुपर्ने छ । अनि उसले तिमीहरूले उठाएको प्रत्येक विवादको बारेमा तिमीहरू सामु खुलस्त पार्नेछ ।
Arabic explanations of the Qur’an:
وَهُوَ الَّذِیْ جَعَلَكُمْ خَلٰٓىِٕفَ الْاَرْضِ وَرَفَعَ بَعْضَكُمْ فَوْقَ بَعْضٍ دَرَجٰتٍ لِّیَبْلُوَكُمْ فِیْ مَاۤ اٰتٰىكُمْ ؕ— اِنَّ رَبَّكَ سَرِیْعُ الْعِقَابِ ۖؗۗ— وَاِنَّهٗ لَغَفُوْرٌ رَّحِیْمٌ ۟۠
१६५) र उही त हो जसले तिमीलाई पृथ्वीको उत्तराधिकारी (नायक) बनायो र एकलाई अर्कोमाथि उच्च ओहदा प्रदान गर्यो, जसबाट जे–जति उसले तिमीलाई प्रदान गरेको छ, त्यसमा तिम्रो परीक्षा गरोस् । निःसन्देह तिम्रो पालनहारले छिटै सजाय दिनेवाला छ, र ऊ ठूलो क्षमादाता र दयावान पनि छ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-An‘ām
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close