Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-An‘ām   Ayah:
وَلَا تَقْرَبُوْا مَالَ الْیَتِیْمِ اِلَّا بِالَّتِیْ هِیَ اَحْسَنُ حَتّٰی یَبْلُغَ اَشُدَّهٗ ۚ— وَاَوْفُوا الْكَیْلَ وَالْمِیْزَانَ بِالْقِسْطِ ۚ— لَا نُكَلِّفُ نَفْسًا اِلَّا وُسْعَهَا ۚ— وَاِذَا قُلْتُمْ فَاعْدِلُوْا وَلَوْ كَانَ ذَا قُرْبٰی ۚ— وَبِعَهْدِ اللّٰهِ اَوْفُوْا ؕ— ذٰلِكُمْ وَصّٰىكُمْ بِهٖ لَعَلَّكُمْ تَذَكَّرُوْنَ ۟ۙ
१५२) र अनाथको सम्पत्तिको समीप पनि नजानु, तर यस्तो तरिकाले जुन कि तिनीहरूको हितमा होस्, तिनीहरू साबालक नहुन्जेलसम्म, र नाप–तौलको काम न्यायपूर्ण तरिकाले गर्नेगर । हामी हरेक व्यक्तिमा उत्तरदायित्वको भारी त्यति नै राख्दछौ जति कि उसको सामथ्र्य छ । र जब तिमी कुरा गर्छौ न्यायको गर, चाहे त्यो विषय तिम्रा नातेदार आफन्तीको नै किन नहोस् र अल्लाहसँग गरेको वाचा पूरा गर, यी कुराहरूको लागि अल्लाहले तिमीलाई विशेष आदेश दिएको छ कि सदैंव तिमीले सम्झिराख ।
Arabic explanations of the Qur’an:
وَاَنَّ هٰذَا صِرَاطِیْ مُسْتَقِیْمًا فَاتَّبِعُوْهُ ۚ— وَلَا تَتَّبِعُوا السُّبُلَ فَتَفَرَّقَ بِكُمْ عَنْ سَبِیْلِهٖ ؕ— ذٰلِكُمْ وَصّٰىكُمْ بِهٖ لَعَلَّكُمْ تَتَّقُوْنَ ۟
१५३) र आदेश यो छ कि यो धर्म मेरो सोझो बाटो हो, तिमी यसैमा हिंड्नु र अन्य मार्गमा नहिंड्नु किनभने त्यसमा हिंडेपछि अल्लाहको मार्गबाट विचलित भैहाल्नेछौं । यसको विशेष आदेश तिमीलाई अल्लाहले दिएको छ जसबाट तिमी आत्मसंयमी बन्नसकौ ।
Arabic explanations of the Qur’an:
ثُمَّ اٰتَیْنَا مُوْسَی الْكِتٰبَ تَمَامًا عَلَی الَّذِیْۤ اَحْسَنَ وَتَفْصِیْلًا لِّكُلِّ شَیْءٍ وَّهُدًی وَّرَحْمَةً لَّعَلَّهُمْ بِلِقَآءِ رَبِّهِمْ یُؤْمِنُوْنَ ۟۠
१५४) फेरि हामीले मूसालाई यस्तो किताब प्रदान गरेका थियौं, जुन राम्रोकाम गर्ने मानिसहरूको लागि पुरा उपहार होस्, र सम्पूर्ण वस्तुहरूबारे आवश्यक निर्देशन होस् र जसमा सही मार्गको सूचना र दयालुताको वर्णन गरिएको होस्, जसको कारण उनका अनुयायीहरूले आफ्नो पालनकर्तासंगको साक्षात्कारमा विश्वास गरुन् ।
Arabic explanations of the Qur’an:
وَهٰذَا كِتٰبٌ اَنْزَلْنٰهُ مُبٰرَكٌ فَاتَّبِعُوْهُ وَاتَّقُوْا لَعَلَّكُمْ تُرْحَمُوْنَ ۟ۙ
१५५) र यो किताब (कुरआन) हामीले उतारेका हौं, भलाई र वरदानको रूपमा तसर्थ यसको अनुशरण गर र डर मान जसबाट तिमीमाथि दया गरियोस् ।
Arabic explanations of the Qur’an:
اَنْ تَقُوْلُوْۤا اِنَّمَاۤ اُنْزِلَ الْكِتٰبُ عَلٰی طَآىِٕفَتَیْنِ مِنْ قَبْلِنَا ۪— وَاِنْ كُنَّا عَنْ دِرَاسَتِهِمْ لَغٰفِلِیْنَ ۟ۙ
१५६) तिमीले यसो नभनः कि हामीभन्दा पहिला दुईवटा समूहमाथि मात्र किताब उतारिएको हो र हामी यसको पाठनबाट अनभिज्ञ थियौं ।
Arabic explanations of the Qur’an:
اَوْ تَقُوْلُوْا لَوْ اَنَّاۤ اُنْزِلَ عَلَیْنَا الْكِتٰبُ لَكُنَّاۤ اَهْدٰی مِنْهُمْ ۚ— فَقَدْ جَآءَكُمْ بَیِّنَةٌ مِّنْ رَّبِّكُمْ وَهُدًی وَّرَحْمَةٌ ۚ— فَمَنْ اَظْلَمُ مِمَّنْ كَذَّبَ بِاٰیٰتِ اللّٰهِ وَصَدَفَ عَنْهَا ؕ— سَنَجْزِی الَّذِیْنَ یَصْدِفُوْنَ عَنْ اٰیٰتِنَا سُوْٓءَ الْعَذَابِ بِمَا كَانُوْا یَصْدِفُوْنَ ۟
१५७) अथवा यो नभन कि यदि हामीमाथि पनि किताब उतारिएको भए हामी तिनीहरूको दाँजो अझ सही बाटोमा हुने थियौं । तसर्थ तिम्रो समीपमा तिम्रो पालनकर्ताको तर्फबाट स्पष्ट, मार्गदर्शनको माध्यम र वरदान आइसकेको छ । अब त्योभन्दा ठूलो अत्याचारी को होला, जसले अल्लाहको आयतहरूलाई झुठो भन्दछ र त्यसबाट अरुलाई विमुख गर्दछ । जसले हाम्रो आयतहरूबाट विमुख गर्दैछन् (त्यस विमुखताको कारण) छिटै हामीले तिनलाई कडाभन्दा कडा सजाय दिने नै छौं ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-An‘ām
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close