Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'an'am   Aya:
وَهُوَ الَّذِیْ یَتَوَفّٰىكُمْ بِالَّیْلِ وَیَعْلَمُ مَا جَرَحْتُمْ بِالنَّهَارِ ثُمَّ یَبْعَثُكُمْ فِیْهِ لِیُقْضٰۤی اَجَلٌ مُّسَمًّی ۚ— ثُمَّ اِلَیْهِ مَرْجِعُكُمْ ثُمَّ یُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟۠
६०) र उही यस्तो छ जसले कि रातीमा तिम्रो ज्यानलाई (केही अंशमा) आफ्नो नियन्त्रणमा लिन्छ र जे–जति तिमीले दिनमा गर्दछौ त्यो जान्दछ, फेरि तिमीलाई दिनमा ब्युझाइदिन्छ, ताकि निर्धारित समय पूरा गरियोस्, अनि तिमीलाई उसैतिर फर्केर जानुछ । फेरि उसले तिमीलाई बताउनेछ जुन तिमीले गर्नेगरेका थियौ ।
Tafsiran larabci:
وَهُوَ الْقَاهِرُ فَوْقَ عِبَادِهٖ وَیُرْسِلُ عَلَیْكُمْ حَفَظَةً ؕ— حَتّٰۤی اِذَا جَآءَ اَحَدَكُمُ الْمَوْتُ تَوَفَّتْهُ رُسُلُنَا وَهُمْ لَا یُفَرِّطُوْنَ ۟
६१) र उही आफ्ना दासहरूमाथि अधिपत्य सम्पन्न छ श्रेष्ठछ र तिमीमाथि संरक्षक पठाएको छ, यहाँसम्म कि जब तिमीहरूमध्ये कसैको मृत्यु आउँछ, त्यतिखेर हामीले पठाएका फरिश्ताहरूले उसको प्राण झिकिहाल्छन् र आफ्नो कर्तव्य पालनमा ढिलो गर्दैनन् ।
Tafsiran larabci:
ثُمَّ رُدُّوْۤا اِلَی اللّٰهِ مَوْلٰىهُمُ الْحَقِّ ؕ— اَلَا لَهُ الْحُكْمُ ۫— وَهُوَ اَسْرَعُ الْحٰسِبِیْنَ ۟
६२) अनि सबै मानिसहरू आफ्नो वास्तविक मालिक अल्लाहछेउ फिर्ता गराइनेछन् । सुनिहाल कि आदेश उसैको हो र उसले छिटै हिसाब लिनेछ ।
Tafsiran larabci:
قُلْ مَنْ یُّنَجِّیْكُمْ مِّنْ ظُلُمٰتِ الْبَرِّ وَالْبَحْرِ تَدْعُوْنَهٗ تَضَرُّعًا وَّخُفْیَةً ۚ— لَىِٕنْ اَنْجٰىنَا مِنْ هٰذِهٖ لَنَكُوْنَنَّ مِنَ الشّٰكِرِیْنَ ۟
६३) तपाई भनिदिनुस् तिमीलाई जंगल र समुन्द्रको अँध्यारोमा भएका बिपत्तिहरूबाट कसले मुक्ति प्रदान गर्दछ जब तिमीले उसलाई ठूलो आवाजमा वा चुपचाप विन्तीपूर्ण गुहार्छौ कि यदि तिमी हामीलाई यस संकटबाट मुक्ति प्रदान गर्दछौ भने हामी निःसन्देह धेरै आभारी हुनेवालाहरूमध्यका हुनेछौं ।
Tafsiran larabci:
قُلِ اللّٰهُ یُنَجِّیْكُمْ مِّنْهَا وَمِنْ كُلِّ كَرْبٍ ثُمَّ اَنْتُمْ تُشْرِكُوْنَ ۟
६४) तपाई भन्नुस् कि अल्लाहले नै तिमीलाई त्यस (खतरा)बाट र हरेक संकटबाट मुक्ति प्रदान गर्दछ, र तैपनि तिमीले ऊसँग अरुलाई साझेदार ठहराउन थाल्दछौ ।
Tafsiran larabci:
قُلْ هُوَ الْقَادِرُ عَلٰۤی اَنْ یَّبْعَثَ عَلَیْكُمْ عَذَابًا مِّنْ فَوْقِكُمْ اَوْ مِنْ تَحْتِ اَرْجُلِكُمْ اَوْ یَلْبِسَكُمْ شِیَعًا وَّیُذِیْقَ بَعْضَكُمْ بَاْسَ بَعْضٍ ؕ— اُنْظُرْ كَیْفَ نُصَرِّفُ الْاٰیٰتِ لَعَلَّهُمْ یَفْقَهُوْنَ ۟
६५) तपाई भन्नुस् कि तिमीमाथि तिम्रो माथिबाट वा खुट्टा मुनिबाट कुनै सजाय पठाउन ऊ सक्षम छ । अथवा तिमीहरूलाई विभिन्न समूहमा विभाजित गरी झगडा गराइहालोस् र तिम्रो आपसको भिडन्तको स्वाद चखाइहालोस् । हेर्नुस् हामीले आफ्ना आयतहरूलाई कुन–कुन तरिकाले वर्णन गर्दछौं ताकि यिनीहरू बुझ्न सकुन् ।
Tafsiran larabci:
وَكَذَّبَ بِهٖ قَوْمُكَ وَهُوَ الْحَقُّ ؕ— قُلْ لَّسْتُ عَلَیْكُمْ بِوَكِیْلٍ ۟ؕ
६६) र तपाईको समुदाय यस (कुरआन) लाई झूठो भन्दछ जबकि त्यो सत्य हो । तपाई भनिदिनुस् तिमीलाई संयमी बनाउने जिम्मेवारी ममाथि छैन ।
Tafsiran larabci:
لِكُلِّ نَبَاٍ مُّسْتَقَرٌّ ؗ— وَّسَوْفَ تَعْلَمُوْنَ ۟
६७) हरेक खबरको एउटा समय निर्धारित छ र तिमीलाई छिटै थाहा भइहाल्छ ।
Tafsiran larabci:
وَاِذَا رَاَیْتَ الَّذِیْنَ یَخُوْضُوْنَ فِیْۤ اٰیٰتِنَا فَاَعْرِضْ عَنْهُمْ حَتّٰی یَخُوْضُوْا فِیْ حَدِیْثٍ غَیْرِهٖ ؕ— وَاِمَّا یُنْسِیَنَّكَ الشَّیْطٰنُ فَلَا تَقْعُدْ بَعْدَ الذِّكْرٰی مَعَ الْقَوْمِ الظّٰلِمِیْنَ ۟
६८) र जब तपाईले यस्ता मानिसहरूलाई देख्नुहुन्छ जो हाम्रा आयतहरूको बारेमा अनर्गल बक्वास गरिराखेका छन् भने तिनीहरूबाट अलग भइहाल्नुस्, यहाँसम्म कि तिनीहरू अरु कुरामा व्यस्त भइहालुन् । र यदि शैतानले यो कुरा तपाइलाई विर्साइदिन्छ भने याद भएपछि अपराधी अन्यायीहरूको साथमा नबस्नुस् ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'an'am
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa