Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'an'am   Aya:
اِنَّمَا یَسْتَجِیْبُ الَّذِیْنَ یَسْمَعُوْنَ ؔؕ— وَالْمَوْتٰی یَبْعَثُهُمُ اللّٰهُ ثُمَّ اِلَیْهِ یُرْجَعُوْنَ ۟
३६) सत्यलाई स्वीकार तिनैले गर्दछन् जो सुन्दछन् । र मृतकहरूलाई अल्लाहले जीवित गरी उठाउनेछ, अनि सबै उसैतिर फर्काइने छन् ।
Tafsiran larabci:
وَقَالُوْا لَوْلَا نُزِّلَ عَلَیْهِ اٰیَةٌ مِّنْ رَّبِّهٖ ؕ— قُلْ اِنَّ اللّٰهَ قَادِرٌ عَلٰۤی اَنْ یُّنَزِّلَ اٰیَةً وَّلٰكِنَّ اَكْثَرَهُمْ لَا یَعْلَمُوْنَ ۟
३७) र यिनीहरू भन्दछन् कि उसको पालनकर्ताको तर्फबाट तिनीहरूको लागि कुनै चमत्कार किन पठाइएन ? भनिदिनुस् कि अल्लाह निश्चितरूपले चमत्कार पठाउन शक्ति सम्पन्न छ, तर तिनीहरूमध्ये धेरै बेखबर छन् ।
Tafsiran larabci:
وَمَا مِنْ دَآبَّةٍ فِی الْاَرْضِ وَلَا طٰٓىِٕرٍ یَّطِیْرُ بِجَنَاحَیْهِ اِلَّاۤ اُمَمٌ اَمْثَالُكُمْ ؕ— مَا فَرَّطْنَا فِی الْكِتٰبِ مِنْ شَیْءٍ ثُمَّ اِلٰی رَبِّهِمْ یُحْشَرُوْنَ ۟
३८) र पृथ्वीमा जति हिंड्ने जीव छन वा उड्ने चराहरू (प्राणीहरू) छन्, तिनीहरूमा कुनै पनि किसिम यस्तो छैन जुन तिमीहरूको जस्तै समुदायहरू नहोउन् । हामीले किताबमा लेख्न कुनै कुरा छाडेका छैनौं र फेरि सबै आफ्नो पालनकर्ताको अगाडि एकत्रित हुनेछन् ।
Tafsiran larabci:
وَالَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِنَا صُمٌّ وَّبُكْمٌ فِی الظُّلُمٰتِ ؕ— مَنْ یَّشَاِ اللّٰهُ یُضْلِلْهُ ؕ— وَمَنْ یَّشَاْ یَجْعَلْهُ عَلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟
३९) र जसले हाम्रा आयतहरूलाई झूठा भन्दछन् तिनीहरू अनेक प्रकारको अन्धकारमा बहिरा र लाटा भइरहेका छन् । अल्लाह जसलाई चाहोस् पथविचलित गरिदेओस् । र जसलाई चाहोस् सही बाटोमा हिंडाइदेओस् ।
Tafsiran larabci:
قُلْ اَرَءَیْتَكُمْ اِنْ اَتٰىكُمْ عَذَابُ اللّٰهِ اَوْ اَتَتْكُمُ السَّاعَةُ اَغَیْرَ اللّٰهِ تَدْعُوْنَ ۚ— اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
४०) तपाई भनिदिनुस् (काफिरहरू) आफ्नो मनमा विचार गर कि यदि तिमीमाथि अल्लाहको सजाय आइपरेमा वा कियामत आइपुग्छ त के तिमी अल्लाह बाहेक अरु कसैलाई गुहार्ने छौ ? यदि तिमी साँचो हौ ।
Tafsiran larabci:
بَلْ اِیَّاهُ تَدْعُوْنَ فَیَكْشِفُ مَا تَدْعُوْنَ اِلَیْهِ اِنْ شَآءَ وَتَنْسَوْنَ مَا تُشْرِكُوْنَ ۟۠
४१) बरु, खास उसैलाई गुहार्नेछौ (पुकार्नेछौ), अनि जसको लागि तिमी गुहार्नेछौ, यदि ऊ चाहन्छ भने त्यसलाई हटाइदिन्छ र जसलाई तिमी साझेदार ठहाराउँछौ तिनीहरूलाई बिर्सिनेछौ ।
Tafsiran larabci:
وَلَقَدْ اَرْسَلْنَاۤ اِلٰۤی اُمَمٍ مِّنْ قَبْلِكَ فَاَخَذْنٰهُمْ بِالْبَاْسَآءِ وَالضَّرَّآءِ لَعَلَّهُمْ یَتَضَرَّعُوْنَ ۟
४२) र हामीले तिमीभन्दा अगाडि धेरै समुदायहरूतिर पैगम्बरहरू पठाएका थिएँ अनि हामीले तिनीहरूलाई दुःख र कष्टमा पारेका थिएँ कि तिनीहरू विनम्र भई विन्ती गरुन् ।
Tafsiran larabci:
فَلَوْلَاۤ اِذْ جَآءَهُمْ بَاْسُنَا تَضَرَّعُوْا وَلٰكِنْ قَسَتْ قُلُوْبُهُمْ وَزَیَّنَ لَهُمُ الشَّیْطٰنُ مَا كَانُوْا یَعْمَلُوْنَ ۟
४३) त जब हामीबाट तिनीहरूलाई सजाय पुगेको थियो त त्यसबेला तिनीहरूले विनम्रता किन देखाएनन् ? उल्टै तिनका हृदयहरू कठोर भइदिए र शैतानले तिनका अपराधपूर्ण काम तिनीहरूका निम्ति झन् आकर्षणपूर्ण देखिने बनाइदियो ।
Tafsiran larabci:
فَلَمَّا نَسُوْا مَا ذُكِّرُوْا بِهٖ فَتَحْنَا عَلَیْهِمْ اَبْوَابَ كُلِّ شَیْءٍ ؕ— حَتّٰۤی اِذَا فَرِحُوْا بِمَاۤ اُوْتُوْۤا اَخَذْنٰهُمْ بَغْتَةً فَاِذَا هُمْ مُّبْلِسُوْنَ ۟
४४) तर जब तिनीहरूले, जुन उपदेश तिनलाई दिइएको थियो त्यसलाई बिर्सिदिए, तब हामीले तिनीहरूको लागि सबै ढोकाहरू खोलिदियौं, यहाँसम्म कि जब ती कुराहरूसित जुन तिनलाई दिइएको थियो, निकै प्रसन्न भइहाले तब हामीले तिनलाई एका–एक समातिहाल्यौं र तिनीहरू त्यति बेला एक्कासी निराशामा डुबिहाले ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'an'am
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa