Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'an'am   Aya:
وَكَذٰلِكَ فَتَنَّا بَعْضَهُمْ بِبَعْضٍ لِّیَقُوْلُوْۤا اَهٰۤؤُلَآءِ مَنَّ اللّٰهُ عَلَیْهِمْ مِّنْ بَیْنِنَا ؕ— اَلَیْسَ اللّٰهُ بِاَعْلَمَ بِالشّٰكِرِیْنَ ۟
५३) र यस्तै किसिमबाट हामीले कोहीलाई केही मानिसहरूबाट परीक्षा गरिराखेका छौं जसबाट तिनीहरू भन्दै गरुन् कि के यी नै हुन हामीमध्येका जसमाथि अल्लाहले कृपा गरेको छ ? के यस्तो छैन कि अल्लाह आभारी हुनेहरूलाई राम्ररी जान्दछ ।
Tafsiran larabci:
وَاِذَا جَآءَكَ الَّذِیْنَ یُؤْمِنُوْنَ بِاٰیٰتِنَا فَقُلْ سَلٰمٌ عَلَیْكُمْ كَتَبَ رَبُّكُمْ عَلٰی نَفْسِهِ الرَّحْمَةَ ۙ— اَنَّهٗ مَنْ عَمِلَ مِنْكُمْ سُوْٓءًا بِجَهَالَةٍ ثُمَّ تَابَ مِنْ بَعْدِهٖ وَاَصْلَحَ ۙ— فَاَنَّهٗ غَفُوْرٌ رَّحِیْمٌ ۟
५४) र जब तिमीछेउ यस्ता मानिसहरू आउँछन् जसले हाम्रा आयतहरूमा विश्वास गर्दछन् त तिनीहरूसित (तिनीहरूको भलाईको लगि) सलामुन, अलैकुम भन्दै गर । अल्लाहले आफूमाथि कृपागर्नु अनिवार्य गरिहालेको छ । यदि तिमीहरूमध्ये कसैले अज्ञानता वश कुनै दुष्कर्म गरिहालेको छ र पछि प्रायश्चित गरिहाल्यो र आफ्नो आचरण सुधार गरिहाल्यो भने अल्लाह ठुलो मुक्तिदाता र अत्यन्त दयावान छ ।
Tafsiran larabci:
وَكَذٰلِكَ نُفَصِّلُ الْاٰیٰتِ وَلِتَسْتَبِیْنَ سَبِیْلُ الْمُجْرِمِیْنَ ۟۠
५५) यस्तै किसिमले हामी आफ्ना आयतहरू स्पष्टरूपले वर्णन गर्नेगर्छौ र यस कारणले कि अपराध गर्नेहरूको काम गर्ने तरिका जाहेर भइहालोस् ।
Tafsiran larabci:
قُلْ اِنِّیْ نُهِیْتُ اَنْ اَعْبُدَ الَّذِیْنَ تَدْعُوْنَ مِنْ دُوْنِ اللّٰهِ ؕ— قُلْ لَّاۤ اَتَّبِعُ اَهْوَآءَكُمْ ۙ— قَدْ ضَلَلْتُ اِذًا وَّمَاۤ اَنَا مِنَ الْمُهْتَدِیْنَ ۟
५६) (हे पैगम्बर) तपाई भनिदिनुस् कि अल्लाह बाहेक जसको उपासना तिमीले गर्छौ मलाई तिनीहरूको पूजा गर्नुबाट मनाही गरिएको छ । तपाई यो पनि भन्नुस् कि म तिम्रा इच्छाहरूको पछि–पछि लाग्दिन । यदि यस्तो गर्दछु भने पथविचलित हुनेछु र सही मार्गप्राप्त मानिसहरूमध्येबाट रहनेछैन ।
Tafsiran larabci:
قُلْ اِنِّیْ عَلٰی بَیِّنَةٍ مِّنْ رَّبِّیْ وَكَذَّبْتُمْ بِهٖ ؕ— مَا عِنْدِیْ مَا تَسْتَعْجِلُوْنَ بِهٖ ؕ— اِنِ الْحُكْمُ اِلَّا لِلّٰهِ ؕ— یَقُصُّ الْحَقَّ وَهُوَ خَیْرُ الْفٰصِلِیْنَ ۟
५७) तपार्इ भनिदिनुस् कि मेरो आफ्नो पालनकर्ताको तर्फबाट एउटा प्रमाण छ र तिमीले त्यसलाई असत्य भन्दछौ जुन कुराको लागि हतार गरिराखेका छौ त्यो मसित छैन । आदेश दिन अल्लाहकै अधिकारमा छ अरु कसैको छैन । उसले सत्यकुरा बताइदिन्छ र उही नै सबभन्दा राम्रो इन्साफ गर्नेवाला छ ।
Tafsiran larabci:
قُلْ لَّوْ اَنَّ عِنْدِیْ مَا تَسْتَعْجِلُوْنَ بِهٖ لَقُضِیَ الْاَمْرُ بَیْنِیْ وَبَیْنَكُمْ ؕ— وَاللّٰهُ اَعْلَمُ بِالظّٰلِمِیْنَ ۟
५८) तपार्इ भनिदिनुस् कि जुन कुरोको लागि तिमीले हतार गरिराखेका छौ, यदि त्यो मसंग भएको भए, मेरो र तिम्रोबीचको कुराको टुङ्गो लागिसक्दथ्यो र अल्लाह अत्याचारीहरूलाई राम्ररी जान्दछ ।
Tafsiran larabci:
وَعِنْدَهٗ مَفَاتِحُ الْغَیْبِ لَا یَعْلَمُهَاۤ اِلَّا هُوَ ؕ— وَیَعْلَمُ مَا فِی الْبَرِّ وَالْبَحْرِ ؕ— وَمَا تَسْقُطُ مِنْ وَّرَقَةٍ اِلَّا یَعْلَمُهَا وَلَا حَبَّةٍ فِیْ ظُلُمٰتِ الْاَرْضِ وَلَا رَطْبٍ وَّلَا یَابِسٍ اِلَّا فِیْ كِتٰبٍ مُّبِیْنٍ ۟
५९) र अदृश्य कुराको साँचो अल्लाहसँग नै छ जसको बारेमा उस बाहेक अरु कसैलाई थाहा छैन र जे–जति पृथ्वी र समुन्द्रमा छन् उसैलाई त्यसको ज्ञान छ । एउटा पात झर्दा पनि उसलाई थाहा हुन्छ र पृथ्वीको अँध्यारोमा कुनै दाना (गेडा) उसको जानकारी बेगैर झर्दैन कुनै हरियो, सुकेको कुरा जे–जति छन् सबै स्पष्टरूपले किताबमा (लौहेमहफूजमा) छन् ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'an'am
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa