Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'bakara   Aya:
سَلْ بَنِیْۤ اِسْرَآءِیْلَ كَمْ اٰتَیْنٰهُمْ مِّنْ اٰیَةٍ بَیِّنَةٍ ؕ— وَمَنْ یُّبَدِّلْ نِعْمَةَ اللّٰهِ مِنْ بَعْدِ مَا جَآءَتْهُ فَاِنَّ اللّٰهَ شَدِیْدُ الْعِقَابِ ۟
२११) (हे मुहम्मद !) इस्राईलका सन्ततिसित सोध कि हामीले तिनीहरूलाई कति स्पष्ट निशानीहरू प्रदान गर्यौं । र जुन मानिस अल्लाहको उपहार आफ्नो छेउ आईपुगेपछि परिवर्तित गर्दछ, (ऊ जानी राखोस्) कि अल्लाह कठोर सजाय दिनेवाला छ ।
Tafsiran larabci:
زُیِّنَ لِلَّذِیْنَ كَفَرُوا الْحَیٰوةُ الدُّنْیَا وَیَسْخَرُوْنَ مِنَ الَّذِیْنَ اٰمَنُوْا ۘ— وَالَّذِیْنَ اتَّقَوْا فَوْقَهُمْ یَوْمَ الْقِیٰمَةِ ؕ— وَاللّٰهُ یَرْزُقُ مَنْ یَّشَآءُ بِغَیْرِ حِسَابٍ ۟
२१२) अनास्थावानहरूको निम्ति सांसारिक जीवन अत्यन्त आकर्षणपूर्ण गरिएको छ, तिनीहरूले मोमिनहरूको उपहास गर्छन्, जबकि परहेजगारहरू कियामतको दिन तिनीहरूभन्दा श्रेष्ठ हुनेछन् । अल्लाह जसलाई चाहन्छ धेरै मात्रामा जीविका प्रदान गर्दछ ।
Tafsiran larabci:
كَانَ النَّاسُ اُمَّةً وَّاحِدَةً ۫— فَبَعَثَ اللّٰهُ النَّبِیّٖنَ مُبَشِّرِیْنَ وَمُنْذِرِیْنَ ۪— وَاَنْزَلَ مَعَهُمُ الْكِتٰبَ بِالْحَقِّ لِیَحْكُمَ بَیْنَ النَّاسِ فِیْمَا اخْتَلَفُوْا فِیْهِ ؕ— وَمَا اخْتَلَفَ فِیْهِ اِلَّا الَّذِیْنَ اُوْتُوْهُ مِنْ بَعْدِ مَا جَآءَتْهُمُ الْبَیِّنٰتُ بَغْیًا بَیْنَهُمْ ۚ— فَهَدَی اللّٰهُ الَّذِیْنَ اٰمَنُوْا لِمَا اخْتَلَفُوْا فِیْهِ مِنَ الْحَقِّ بِاِذْنِهٖ ؕ— وَاللّٰهُ یَهْدِیْ مَنْ یَّشَآءُ اِلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟
२१३) (वास्तवमा सबै) मानिसहरू एउटै सम्प्रदायका थिए । अल्लाहले शुभसन्देश दिन र भय सुनाउन सन्देशवाहकहरू पठायो, र तिनीहरूमाथि सच्चा ग्रन्थहरू उतार्यो जसबाट मानिसहरूबीचका सबै विवादहरूको निर्णय हुन सकोस् ! र, यसमा विवाद पनि आपसी शत्रुता र डाहको कारणले तिनै मानिसहरूले खडा गरे जसलाई किताब प्रदान गरिएको थियो, तिनीहरूसम्म स्पष्ट तर्कहरू आइसके पछि पनि विवाद उठाए । यसको लागि अल्लाहले आफ्नो इच्छा अनुसार त्यस विवादमा पनि मोमिनहरूलाई सत्यमार्गतर्फ मार्गदर्शन गर्यो र अल्लाह जसलाई चाहन्छ सोझो बाटो देखाइदिन्छ ।
Tafsiran larabci:
اَمْ حَسِبْتُمْ اَنْ تَدْخُلُوا الْجَنَّةَ وَلَمَّا یَاْتِكُمْ مَّثَلُ الَّذِیْنَ خَلَوْا مِنْ قَبْلِكُمْ ؕ— مَسَّتْهُمُ الْبَاْسَآءُ وَالضَّرَّآءُ وَزُلْزِلُوْا حَتّٰی یَقُوْلَ الرَّسُوْلُ وَالَّذِیْنَ اٰمَنُوْا مَعَهٗ مَتٰی نَصْرُ اللّٰهِ ؕ— اَلَاۤ اِنَّ نَصْرَ اللّٰهِ قَرِیْبٌ ۟
२१४) के तिमी यस भ्रममा छौ कि स्वर्गमा पुगिहाल्छौ, जबकि तिमीमाथि अहिलेसम्म पहिलेका मानिसहरूको जस्तो अवस्था आएकै छैन । तिनीहरूलाई (ठूला) कठिनाई र दुःखहरू भोग्ने भयले कंपाइयो र तिनीहरूलाई यतिसम्म सताइयो कि रसूल र उहाँका साथीहरूले भन्न थाले कि अल्लाहको मद्दत कहिले आउँला । हेर ! अल्लाहको सहायता एकदम नजिक छ ।
Tafsiran larabci:
یَسْـَٔلُوْنَكَ مَاذَا یُنْفِقُوْنَ ؕ— قُلْ مَاۤ اَنْفَقْتُمْ مِّنْ خَیْرٍ فَلِلْوَالِدَیْنِ وَالْاَقْرَبِیْنَ وَالْیَتٰمٰی وَالْمَسٰكِیْنِ وَابْنِ السَّبِیْلِ ؕ— وَمَا تَفْعَلُوْا مِنْ خَیْرٍ فَاِنَّ اللّٰهَ بِهٖ عَلِیْمٌ ۟
२१५) तपाईसंग सोध्छन् कि कुन किसिमको सम्पत्ति खर्च गरुन् । तपाई भनिदिनुस् कि जुन धन तिमी खर्च गर्नेछौं त्यो आमा–बाबु, नजिकका नातेदार, अनाथ, गरिब र यात्रुहरूको लागि छ । र जुन उपकार तिमीले गर्नेछौ, निःसन्देह त्यसबारे अल्लाहलाई थाहा छ ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'bakara
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa