Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'bakara   Aya:
وَلَنْ تَرْضٰی عَنْكَ الْیَهُوْدُ وَلَا النَّصٰرٰی حَتّٰی تَتَّبِعَ مِلَّتَهُمْ ؕ— قُلْ اِنَّ هُدَی اللّٰهِ هُوَ الْهُدٰی ؕ— وَلَىِٕنِ اتَّبَعْتَ اَهْوَآءَهُمْ بَعْدَ الَّذِیْ جَآءَكَ مِنَ الْعِلْمِ ۙ— مَا لَكَ مِنَ اللّٰهِ مِنْ وَّلِیٍّ وَّلَا نَصِیْرٍ ۟ؔ
१२०) तपाईसँग यहूदी र ईसाई कहिले पनि सहमत हुने छैनन्, जबसम्म तपाई तिनीहरूको धर्मको अनुयायी बन्नुहुन्न । (हे पैगम्बर !) भनिदिनु कि अल्लाहको मार्गदर्शन नै मार्गदर्शन हो र तपाईसंग ज्ञान आइसके पछि पनि यदि तपाईले उनीहरूको इच्छाको वकालत गर्नुभयो भने अल्लाहसंग तिम्रो न कुनै पक्षधर हुनेछ नकोही सहायता गर्नेवाला ।
Tafsiran larabci:
اَلَّذِیْنَ اٰتَیْنٰهُمُ الْكِتٰبَ یَتْلُوْنَهٗ حَقَّ تِلَاوَتِهٖ ؕ— اُولٰٓىِٕكَ یُؤْمِنُوْنَ بِهٖ ؕ— وَمَنْ یَّكْفُرْ بِهٖ فَاُولٰٓىِٕكَ هُمُ الْخٰسِرُوْنَ ۟۠
१२१) जसलाई हामीले किताब प्रदान गरेका छौं र उनीहरूले त्यसलाई निष्ठाका साथ पढ्छन् भने उनीहरू यस किताबमाथि पनि आस्था राख्दछन् र जो यसको अवज्ञा गर्दछ ऊ नोक्सान (घाटा) उठाउनेछ ।
Tafsiran larabci:
یٰبَنِیْۤ اِسْرَآءِیْلَ اذْكُرُوْا نِعْمَتِیَ الَّتِیْۤ اَنْعَمْتُ عَلَیْكُمْ وَاَنِّیْ فَضَّلْتُكُمْ عَلَی الْعٰلَمِیْنَ ۟
१२२) हे इस्राईलको सन्तति ! मेरा ती उपकारहरू स्मरण गर, जुन कि मैले तिमीलाई प्रदान गरेको छु, मैले त तिमीलाई सबै विश्वमाथि श्रेष्ठता प्रदान गरें ।
Tafsiran larabci:
وَاتَّقُوْا یَوْمًا لَّا تَجْزِیْ نَفْسٌ عَنْ نَّفْسٍ شَیْـًٔا وَّلَا یُقْبَلُ مِنْهَا عَدْلٌ وَّلَا تَنْفَعُهَا شَفَاعَةٌ وَّلَا هُمْ یُنْصَرُوْنَ ۟
१२३) त्यस दिनसित भयभीत होऊ जुन दिन कुनै प्राणी अर्को प्राणीलाई कुनै फाइदा पुर्याउन सक्ने छैन, न कसैबाट कुनै बदला स्वीकार्ने छ, र उसको सम्बन्धमा कुनै सिफारिश स्वीकार्ने छैन र न कुनै मद्दत नै प्राप्त हुनेछ ।
Tafsiran larabci:
وَاِذِ ابْتَلٰۤی اِبْرٰهٖمَ رَبُّهٗ بِكَلِمٰتٍ فَاَتَمَّهُنَّ ؕ— قَالَ اِنِّیْ جَاعِلُكَ لِلنَّاسِ اِمَامًا ؕ— قَالَ وَمِنْ ذُرِّیَّتِیْ ؕ— قَالَ لَا یَنَالُ عَهْدِی الظّٰلِمِیْنَ ۟
१२४) जब इब्राहीमलार्इ उनको पालनहारले अनेक कुराहरूबाट परीक्षा लियो र उनी ती सबैमा उत्तीर्ण भए । त अल्लाहले भन्यो कि म तिमीलाई संसारभरिका मानिसहरूको पथप्रदर्शक बनाउनेछु । उनले भने कि (पालनकर्ता) मेरो सन्ततिलाई पनि, अल्लाहले भन्नु भयो, हाम्रो वाचा अन्यायीहरूको लागि हुनेछैन ।
Tafsiran larabci:
وَاِذْ جَعَلْنَا الْبَیْتَ مَثَابَةً لِّلنَّاسِ وَاَمْنًا ؕ— وَاتَّخِذُوْا مِنْ مَّقَامِ اِبْرٰهٖمَ مُصَلًّی ؕ— وَعَهِدْنَاۤ اِلٰۤی اِبْرٰهٖمَ وَاِسْمٰعِیْلَ اَنْ طَهِّرَا بَیْتِیَ لِلطَّآىِٕفِیْنَ وَالْعٰكِفِیْنَ وَالرُّكَّعِ السُّجُوْدِ ۟
१२५) र हामीले खान–ए–कअ्बा–लाई मानिसहरूको पुण्य र शान्तिको ठाउँ बनायौं, तपाईले इब्राहीम उभेको स्थानलाई नमाज पढ्ने ठाउँ बनाउनु । र हामीले इब्राहीम तथा इस्माईलबाट वाचा लियौं कि तिमीहरू मेरो घर (कअ्बा) लाई परिक्रमा गर्ने, र रुकअ् र सजदा (ढोग) गर्नेहरूको निम्ति सफा र पवित्र राख्ने गर ।
Tafsiran larabci:
وَاِذْ قَالَ اِبْرٰهٖمُ رَبِّ اجْعَلْ هٰذَا بَلَدًا اٰمِنًا وَّارْزُقْ اَهْلَهٗ مِنَ الثَّمَرٰتِ مَنْ اٰمَنَ مِنْهُمْ بِاللّٰهِ وَالْیَوْمِ الْاَخِرِ ؕ— قَالَ وَمَنْ كَفَرَ فَاُمَتِّعُهٗ قَلِیْلًا ثُمَّ اَضْطَرُّهٗۤ اِلٰی عَذَابِ النَّارِ ؕ— وَبِئْسَ الْمَصِیْرُ ۟
१२६) र जब इब्राहीमले प्रार्थना गरे कि हे पालनहार ! यस ठाउँलाई शान्तिको नगर बनाइदेऊ र यसका वासिन्दाहरू जो अल्लाहमाथि र आखिरतको दिनमाथि आस्था राख्ने छन्, तिनीहरूलाई खानको निम्ति फलफूलको आहार प्रदान गर, तब अल्लाहले भन्यो कि मैले अनास्थावानहरूलाई पनि केही लाभ प्रदान गर्नेछु, फेरि तिनलाई आगोको सजाय भोग्नको लागि विवश गरिदिन्छु, जानुपर्ने यो अत्यन्त नराम्रो ठाउँ हो ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'bakara
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa