Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'bakara   Aya:
سَیَقُوْلُ السُّفَهَآءُ مِنَ النَّاسِ مَا وَلّٰىهُمْ عَنْ قِبْلَتِهِمُ الَّتِیْ كَانُوْا عَلَیْهَا ؕ— قُلْ لِّلّٰهِ الْمَشْرِقُ وَالْمَغْرِبُ ؕ— یَهْدِیْ مَنْ یَّشَآءُ اِلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟
१४२) चाँडै नै मूर्खहरूले भन्नेछन् कि (मुसलमान) जुन किब्लासंग आबद्ध थिए, (अहिले) त्यसबाट उनीहरूलाई कुन कुराले विमुख गराएको छ ? तपाई भनिदिनुस् कि, पूर्व र पश्चिम सबैको स्वामी अल्लाह हो । उसले जसलाई चाहन्छ, सही बाटोमा हिंड्ने मार्गदर्शन दिन्छ ।
Tafsiran larabci:
وَكَذٰلِكَ جَعَلْنٰكُمْ اُمَّةً وَّسَطًا لِّتَكُوْنُوْا شُهَدَآءَ عَلَی النَّاسِ وَیَكُوْنَ الرَّسُوْلُ عَلَیْكُمْ شَهِیْدًا ؕ— وَمَا جَعَلْنَا الْقِبْلَةَ الَّتِیْ كُنْتَ عَلَیْهَاۤ اِلَّا لِنَعْلَمَ مَنْ یَّتَّبِعُ الرَّسُوْلَ مِمَّنْ یَّنْقَلِبُ عَلٰی عَقِبَیْهِ ؕ— وَاِنْ كَانَتْ لَكَبِیْرَةً اِلَّا عَلَی الَّذِیْنَ هَدَی اللّٰهُ ؕ— وَمَا كَانَ اللّٰهُ لِیُضِیْعَ اِیْمَانَكُمْ ؕ— اِنَّ اللّٰهَ بِالنَّاسِ لَرَءُوْفٌ رَّحِیْمٌ ۟
१४३) हामीले यस्तै तिमीलाई मध्यमार्गी समुदाय बनाएका हौं जसलेगर्दा तिमी अरु मानिसहरूको साक्षी बन र (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पैगम्बर तिम्रो लागि साक्षी बनुन् र जुन किब्लामा तिमी पहिलादेखि लागेका थियौ, त्यसलाई हामीले यस कारण निर्धारित गरेका थियौं ताकि थाहा होस् कि, को (हाम्रो) पैगम्बरको सच्चा अनुयायी हो र को हो जो विचलित हुन्छ ? यो काम गाह्रो छ, तर जसलाई अल्लाहले मार्गदर्शित गरेको छ । (तिनीहरूलाई गाह्रो छैन) । र अल्लाहले तिम्रो आस्थालाई निरर्थक तुल्याउने छैन । अल्लाह त मानिसहरूसंग अत्यन्त कृपा र दयाको व्यवहार गर्नेवाला छ ।
Tafsiran larabci:
قَدْ نَرٰی تَقَلُّبَ وَجْهِكَ فِی السَّمَآءِ ۚ— فَلَنُوَلِّیَنَّكَ قِبْلَةً تَرْضٰىهَا ۪— فَوَلِّ وَجْهَكَ شَطْرَ الْمَسْجِدِ الْحَرَامِ ؕ— وَحَیْثُ مَا كُنْتُمْ فَوَلُّوْا وُجُوْهَكُمْ شَطْرَهٗ ؕ— وَاِنَّ الَّذِیْنَ اُوْتُوا الْكِتٰبَ لَیَعْلَمُوْنَ اَنَّهُ الْحَقُّ مِنْ رَّبِّهِمْ ؕ— وَمَا اللّٰهُ بِغَافِلٍ عَمَّا یَعْمَلُوْنَ ۟
१४४) (हे मुहम्मद) मैले तपाईको मुख पटक–पटक आकाशतिर उठ्दै गरेको देख्दैछु । अब हामीले तपाईलाई यस किब्लातिर, ध्यानाकर्षण गराउँदैछौ जसबाट तपाई खुशी हुनु हुनेछ । तपाईले आफ्नो मुख मस्जिदे हराम (अर्थात् खानए–कअ्बा) तिर फर्काउनुस् र तपाई जहाँ भए पनि (नमाज पढ्ने बेलामा) त्यही मस्जिदतर्फ आफ्नो अनुहार फर्काउने गर्नुस् । किताब मान्नेहरूलाई यो कुरा राम्ररी थाहा छ कि अल्लाहको तर्फबाट यो नै सत्य हो । र जुन काम यिनीहरू गर्दछन्, त्यसबाट अल्लाह अनभिज्ञ छैन ।
Tafsiran larabci:
وَلَىِٕنْ اَتَیْتَ الَّذِیْنَ اُوْتُوا الْكِتٰبَ بِكُلِّ اٰیَةٍ مَّا تَبِعُوْا قِبْلَتَكَ ۚ— وَمَاۤ اَنْتَ بِتَابِعٍ قِبْلَتَهُمْ ۚ— وَمَا بَعْضُهُمْ بِتَابِعٍ قِبْلَةَ بَعْضٍ ؕ— وَلَىِٕنِ اتَّبَعْتَ اَهْوَآءَهُمْ مِّنْ بَعْدِ مَا جَآءَكَ مِنَ الْعِلْمِ ۙ— اِنَّكَ اِذًا لَّمِنَ الظّٰلِمِیْنَ ۟ۘ
१४५) र यदि तपाईले ग्रन्थ प्रदान भएकाहरु सामु जति तर्कहरूराखे पनि तिनीहरूले (यहुदी र ईसाई) तपाईको किब्लालाई स्वीकार्ने छैनन् र न त तपाईले उनीहरूको किब्लालाई स्वीकार्नु हुन्छ र न त उनीहरू परस्परमा एक अर्काको किब्लालाई मान्ने छन् । र यदि तिमी आफ्नो छेउ ज्ञान आइसके पछि तिनीहरूको इच्छा अनुसार हिंड्छौ भने तिमी पनि अन्यायीहरूमध्येका हुनेछौ ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'bakara
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa