Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-A‘rāf   Ayah:
قُلْ لَّاۤ اَمْلِكُ لِنَفْسِیْ نَفْعًا وَّلَا ضَرًّا اِلَّا مَا شَآءَ اللّٰهُ ؕ— وَلَوْ كُنْتُ اَعْلَمُ الْغَیْبَ لَاسْتَكْثَرْتُ مِنَ الْخَیْرِ ۛۚ— وَمَا مَسَّنِیَ السُّوْٓءُ ۛۚ— اِنْ اَنَا اِلَّا نَذِیْرٌ وَّبَشِیْرٌ لِّقَوْمٍ یُّؤْمِنُوْنَ ۟۠
१८८) भनिदिनुस्ः मसंग आफ्नो निम्ति पनि कुनै लाभको अधिकार छैन, र न कुनै हानिको, तर त्यति मात्र जति अल्लाहले चाहेको हुन्छ, र यदि म अदृश्यको कुरा जान्ने भए, मैले धेरै नाफा प्राप्त गरिहाल्थें र मलाई कुनै नोक्सानी हुने थिएन । म त मात्र सचेत गराउने र शुभसमाचार दिनेवाला हूँ, त्यस्ता मानिसहरूलाई जसले ईमान ल्याएका छन् ।
Arabic explanations of the Qur’an:
هُوَ الَّذِیْ خَلَقَكُمْ مِّنْ نَّفْسٍ وَّاحِدَةٍ وَّجَعَلَ مِنْهَا زَوْجَهَا لِیَسْكُنَ اِلَیْهَا ۚ— فَلَمَّا تَغَشّٰىهَا حَمَلَتْ حَمْلًا خَفِیْفًا فَمَرَّتْ بِهٖ ۚ— فَلَمَّاۤ اَثْقَلَتْ دَّعَوَا اللّٰهَ رَبَّهُمَا لَىِٕنْ اٰتَیْتَنَا صَالِحًا لَّنَكُوْنَنَّ مِنَ الشّٰكِرِیْنَ ۟
१८९) त्यो अल्लाह नै हो, जसले तिमीलाई एउटै शरीरबाट सृष्टि गर्यो र त्यसैबाट उसको जोडी बनायो ताकि आफ्नो जोडीबाट शान्ति प्राप्त गर्न सकोस् । अनि जब लोग्नेले स्वास्नीसित सम्पर्क गर्यो त त्यसलाई हलुका गर्भ रह्यो । यसर्थ तिनले त्यसलाई लिई हिंडडुल गरिरहिन् । अनि जब तिनी गह्रुँगो भइन् तब लोग्ने स्वास्नी दुवैले अल्लाहसित जो उनको पालनकर्ता हो, प्रार्थना गर्न थाले कि यदि तिमीले हामीलाई पूर्ण स्वस्थ्य बच्चा दियौ भने निश्चय नै हामी तिमी प्रति ठुलो कृतज्ञता प्रकट गर्नेछौं ।
Arabic explanations of the Qur’an:
فَلَمَّاۤ اٰتٰىهُمَا صَالِحًا جَعَلَا لَهٗ شُرَكَآءَ فِیْمَاۤ اٰتٰىهُمَا ۚ— فَتَعٰلَی اللّٰهُ عَمَّا یُشْرِكُوْنَ ۟
१९०) तसर्थ अल्लाहले जब दुबैलाई पूर्ण स्वस्थ बच्चा दियो त ती दुवैले अल्लाहबाट प्रदान गरिएको कुरामा त्यसको साझेदार निर्धारित गर्नथाले । किन्तु अल्लाह पवित्र छ उनको शिर्क (साझेदारी) बाट ।
Arabic explanations of the Qur’an:
اَیُشْرِكُوْنَ مَا لَا یَخْلُقُ شَیْـًٔا وَّهُمْ یُخْلَقُوْنَ ۟ۚ
१९१) के तिनीहरू त्यस्तालाई साझेदार ठहराउँछन्, जो कुनै कुराको सृष्टि गर्न सक्दैनन्, र स्वयं नै सृष्टि गरिएका हुन् ।
Arabic explanations of the Qur’an:
وَلَا یَسْتَطِیْعُوْنَ لَهُمْ نَصْرًا وَّلَاۤ اَنْفُسَهُمْ یَنْصُرُوْنَ ۟
१९२) र तिनीहरूले उनीहरूलाई कुनै प्रकारको सहायता गर्न सक्दैनन् र आफूलाई पनि सहायता गर्न सक्दैनन् ।
Arabic explanations of the Qur’an:
وَاِنْ تَدْعُوْهُمْ اِلَی الْهُدٰی لَا یَتَّبِعُوْكُمْ ؕ— سَوَآءٌ عَلَیْكُمْ اَدَعَوْتُمُوْهُمْ اَمْ اَنْتُمْ صَامِتُوْنَ ۟
१९३) र यदि तिमीले यिनीहरूलाई कुनै कुरा बताउन पुकार्छौ भने तिनीले भनेको मान्दैनन् । तिम्रो निम्ति दुवै कुरा समान छन् चाहे तिमीले बोलाऊ वा चुप लाग ।
Arabic explanations of the Qur’an:
اِنَّ الَّذِیْنَ تَدْعُوْنَ مِنْ دُوْنِ اللّٰهِ عِبَادٌ اَمْثَالُكُمْ فَادْعُوْهُمْ فَلْیَسْتَجِیْبُوْا لَكُمْ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
१९४) वास्तवमा तिमीले अल्लाहलाई छाडेर जसलाई पुकार्दछौ, तिनीहरू तिमी जस्तै बन्दा (उपासक) हुन् । तसर्थ तिमी साँचो हौ भने तिमीले तिनीहरूलाई पुकार ताकि तिनीहरूले तिमीले चाहेको कुरा पूरा गरिदेउन् ।
Arabic explanations of the Qur’an:
اَلَهُمْ اَرْجُلٌ یَّمْشُوْنَ بِهَاۤ ؗ— اَمْ لَهُمْ اَیْدٍ یَّبْطِشُوْنَ بِهَاۤ ؗ— اَمْ لَهُمْ اَعْیُنٌ یُّبْصِرُوْنَ بِهَاۤ ؗ— اَمْ لَهُمْ اٰذَانٌ یَّسْمَعُوْنَ بِهَا ؕ— قُلِ ادْعُوْا شُرَكَآءَكُمْ ثُمَّ كِیْدُوْنِ فَلَا تُنْظِرُوْنِ ۟
१९५) के उनका खुट्टा छन् जसबाट हिंडछन् वा हात छन् जसबाट कुनै कुरा समात्दछन् वा आँखा छन् जसबाट देख्छन् वा उनको कान छन् जसबाट सुनिराखेका छन् । तपाई भनिदिनुस् कि आफ्ना सबै सहभागीहरूलाई पुकार र मेरो नोक्सानी गर्ने उपाय गर यस प्रकार कि मलाई अलि कति पनि मोहलत नमिलोस् ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-A‘rāf
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close