Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-A‘rāf   Ayah:
وَاِذْ قَالَتْ اُمَّةٌ مِّنْهُمْ لِمَ تَعِظُوْنَ قَوْمَا ۙ— ١للّٰهُ مُهْلِكُهُمْ اَوْ مُعَذِّبُهُمْ عَذَابًا شَدِیْدًا ؕ— قَالُوْا مَعْذِرَةً اِلٰی رَبِّكُمْ وَلَعَلَّهُمْ یَتَّقُوْنَ ۟
१६४) र जब तिनीहरूको एक समूहले यस्तो भन्योः कि ‘‘तिमी यस्ता मानिसहरूलाई किन उपदेश दिन्छौ, जसलाई अल्लाह नष्ट गर्नेवाला छ, वा जसलाई कठोर यातना दिनेवाला छ ?’’ उनले भनेः ‘‘तिम्रो पालनकर्ता समक्ष आफूलाई निरपराध सिद्ध गर्नुको निम्ति, र यसकारण कि कदाचित यिनीहरू डराउन् ।’’
Arabic explanations of the Qur’an:
فَلَمَّا نَسُوْا مَا ذُكِّرُوْا بِهٖۤ اَنْجَیْنَا الَّذِیْنَ یَنْهَوْنَ عَنِ السُّوْٓءِ وَاَخَذْنَا الَّذِیْنَ ظَلَمُوْا بِعَذَابٍۭ بَىِٕیْسٍ بِمَا كَانُوْا یَفْسُقُوْنَ ۟
१६५) अनि जब तिनीहरूले त्यो कुरा बिर्सिहाले जुन कुरा उनलाई सम्झाइएको थियो, त हामीले उनीहरूलाई त बचाइहाल्यौं जसले नराम्रो कुराबाट रोक्दथे, र अत्याचारीहरूलाई उनको अवज्ञाको कारणले कठोर यातनामा जकडिहाल्यौं ।
Arabic explanations of the Qur’an:
فَلَمَّا عَتَوْا عَنْ مَّا نُهُوْا عَنْهُ قُلْنَا لَهُمْ كُوْنُوْا قِرَدَةً خٰسِىِٕیْنَ ۟
१६६) अर्थात जब उनीहरू त्यसमा सीमा उल्लघंन गरे, जुन कुराबाट उनीहरूलाई मनाही गरिएको थियो, त हामीले उनीहरूसित भन्यौं, तिमी अपमानित र तिरस्कृत बाँदर भइहाल ।’’
Arabic explanations of the Qur’an:
وَاِذْ تَاَذَّنَ رَبُّكَ لَیَبْعَثَنَّ عَلَیْهِمْ اِلٰی یَوْمِ الْقِیٰمَةِ مَنْ یَّسُوْمُهُمْ سُوْٓءَ الْعَذَابِ ؕ— اِنَّ رَبَّكَ لَسَرِیْعُ الْعِقَابِ ۖۚ— وَاِنَّهٗ لَغَفُوْرٌ رَّحِیْمٌ ۟
१६७) र त्यो समय स्मरण गर्नु योग्य छ जबकि तपाईको पालनकर्ताले यो कुरा भन्योः कि उसले यी यहूदीहरूमाथि कियामतसम्म यस्तो व्यक्तिलाई अवश्य नियुक्त गरिराख्ने छ, जसले उनीहरूलाई दुखद् (पीडादायक) सजाय दिई रहनेछ । निःसन्देह तिम्रो पालनहार छिटै सजाय दिइहाल्छ, र निःसन्देह ऊ बडो क्षमाशील, अत्यन्त दयावान छ ।
Arabic explanations of the Qur’an:
وَقَطَّعْنٰهُمْ فِی الْاَرْضِ اُمَمًا ۚ— مِنْهُمُ الصّٰلِحُوْنَ وَمِنْهُمْ دُوْنَ ذٰلِكَ ؗ— وَبَلَوْنٰهُمْ بِالْحَسَنٰتِ وَالسَّیِّاٰتِ لَعَلَّهُمْ یَرْجِعُوْنَ ۟
१६८) र हामीले पृथ्वीमा तिनीहरूलाई विभिन्न वर्गमा विभाजित गरी फिँजाइदियौं । यिनीमध्ये केही राम्रो काम गर्नेवाला (नेक) थिए र केही भिन्न प्रकारका, र हामीले दुःख र सुख दुवैबाट तिनीहरूको परीक्षा लिदैं गरें ताकि कदाचित तिनीहरू खराब कामबाट रुकि जाउन् ।
Arabic explanations of the Qur’an:
فَخَلَفَ مِنْ بَعْدِهِمْ خَلْفٌ وَّرِثُوا الْكِتٰبَ یَاْخُذُوْنَ عَرَضَ هٰذَا الْاَدْنٰی وَیَقُوْلُوْنَ سَیُغْفَرُ لَنَا ۚ— وَاِنْ یَّاْتِهِمْ عَرَضٌ مِّثْلُهٗ یَاْخُذُوْهُ ؕ— اَلَمْ یُؤْخَذْ عَلَیْهِمْ مِّیْثَاقُ الْكِتٰبِ اَنْ لَّا یَقُوْلُوْا عَلَی اللّٰهِ اِلَّا الْحَقَّ وَدَرَسُوْا مَا فِیْهِ ؕ— وَالدَّارُ الْاٰخِرَةُ خَیْرٌ لِّلَّذِیْنَ یَتَّقُوْنَ ؕ— اَفَلَا تَعْقِلُوْنَ ۟
१६९) अनि उनीहरूपछि यस्ता मानिसहरू उनीहरूको ठाउँ ओगटे (उत्तराधिकारी भए), जो किताबका वारिस भई यस संसारको सम्पत्ति लिन्छन्, र भन्छन्ः ‘‘हामीलाई अवश्य क्षमा गरिने छ ।’’ र यदि यस्तै अरु सम्पत्तिहरू पनि उनको पासमा आउँछन् भने त्यसलाई पनि लिइहाल्नेछन् । के उनीहरूसित यस किताबको यो वाचा लिएको थिएन कि अल्लाहको बारेमा सत्य बाहेक अरु केही नभनुन्, र उनीहरूले यस किताबमा जे छ त्यसलाई पढिसकेका छन् । र आखिरतको घर उनीहरूकै निम्ति उत्तम छ, जो असल काम गर्दछन्, त के तिमी बुझ्दैनौं ?
Arabic explanations of the Qur’an:
وَالَّذِیْنَ یُمَسِّكُوْنَ بِالْكِتٰبِ وَاَقَامُوا الصَّلٰوةَ ؕ— اِنَّا لَا نُضِیْعُ اَجْرَ الْمُصْلِحِیْنَ ۟
१७०) जुन मानिसहरूले किताबलाई दृढतापूर्वक समातेका छन्, र नियमित रूपमा नमाज पढिराखेका छन्, हामीले यस्ता आफूलाई सुधार्ने सदाचारीहरूको प्रतिफल (पुण्य) नष्ट गर्दैनौं ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-A‘rāf
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close