Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-A‘rāf   Ayah:
وَاكْتُبْ لَنَا فِیْ هٰذِهِ الدُّنْیَا حَسَنَةً وَّفِی الْاٰخِرَةِ اِنَّا هُدْنَاۤ اِلَیْكَ ؕ— قَالَ عَذَابِیْۤ اُصِیْبُ بِهٖ مَنْ اَشَآءُ ۚ— وَرَحْمَتِیْ وَسِعَتْ كُلَّ شَیْءٍ ؕ— فَسَاَكْتُبُهَا لِلَّذِیْنَ یَتَّقُوْنَ وَیُؤْتُوْنَ الزَّكٰوةَ وَالَّذِیْنَ هُمْ بِاٰیٰتِنَا یُؤْمِنُوْنَ ۟ۚ
१५६) र हाम्रो निम्ति संसारमा पनि भलो लेखिदेऊ र आखिरत (परलोक)मा पनि, हामी तिमीतिर उन्मुख हुन्छौ । अल्लाहले भन्योः म आफ्नो यातनाले उसैलाई ग्रस्त गर्छु, जसलाई चाहन्छु तर मेरो दयालुताबाट सबैकुरा अच्छादित छन् । र त्यो दया ती मानिसहरूको नाममा अवश्य लेख्नेछु जो अल्लाहसित डराउँछन् र जकात (धर्मदाय) दिन्छन् र जो हाम्रा आयतमाथि ईमान ल्याउँछन् ।
Arabic explanations of the Qur’an:
اَلَّذِیْنَ یَتَّبِعُوْنَ الرَّسُوْلَ النَّبِیَّ الْاُمِّیَّ الَّذِیْ یَجِدُوْنَهٗ مَكْتُوْبًا عِنْدَهُمْ فِی التَّوْرٰىةِ وَالْاِنْجِیْلِ ؗ— یَاْمُرُهُمْ بِالْمَعْرُوْفِ وَیَنْهٰىهُمْ عَنِ الْمُنْكَرِ وَیُحِلُّ لَهُمُ الطَّیِّبٰتِ وَیُحَرِّمُ عَلَیْهِمُ الْخَبٰٓىِٕثَ وَیَضَعُ عَنْهُمْ اِصْرَهُمْ وَالْاَغْلٰلَ الَّتِیْ كَانَتْ عَلَیْهِمْ ؕ— فَالَّذِیْنَ اٰمَنُوْا بِهٖ وَعَزَّرُوْهُ وَنَصَرُوْهُ وَاتَّبَعُوا النُّوْرَ الَّذِیْۤ اُنْزِلَ مَعَهٗۤ ۙ— اُولٰٓىِٕكَ هُمُ الْمُفْلِحُوْنَ ۟۠
१५७) जुन मानिसहरूले यस्ता रसूल, नबी उम्मी (निरक्षर) को अनुशरण गर्छन्, जसलाई उनीहरूले आफुकहाँ तौरात र इन्जीलमा लेखिएको पाउँछन् । उनले उनीहरूलाई असल कुराको आदेश गर्दछन् र नराम्रा कुराहरूबाट मनाही गर्दछन् र स्वच्छ कुरालाई हलाल (वैध) बताउँछन् र अपवित्र कुरालाई हराम (वर्जित) बताउँछन् र तिनीहरूमाथिबाट त्यो बोझ उतार्दछन् जुन अहिलेसम्म उनीहरूमाथि लादिएका थिए बन्धनहरूलाई फुक्का गर्दछन् जसमा उनीहरू जकडिएका थिए । अतः जो मानिसहरू त्यस नबीमाथि (सन्देष्टामाथि) विश्वास गर्दछन्(र्इमान ल्याउँछन्) र उनको समर्थन गर्दछन् र उनको सहायता गर्दछन्, र त्यस प्रकाशलाई मान्दछन् जो उनको साथमा पठाइएको छ । यस्ता मानिसहरू पूर्ण सफलता प्राप्त गर्नेवाला हुन् ।
Arabic explanations of the Qur’an:
قُلْ یٰۤاَیُّهَا النَّاسُ اِنِّیْ رَسُوْلُ اللّٰهِ اِلَیْكُمْ جَمِیْعَا ١لَّذِیْ لَهٗ مُلْكُ السَّمٰوٰتِ وَالْاَرْضِ ۚ— لَاۤ اِلٰهَ اِلَّا هُوَ یُحْیٖ وَیُمِیْتُ ۪— فَاٰمِنُوْا بِاللّٰهِ وَرَسُوْلِهِ النَّبِیِّ الْاُمِّیِّ الَّذِیْ یُؤْمِنُ بِاللّٰهِ وَكَلِمٰتِهٖ وَاتَّبِعُوْهُ لَعَلَّكُمْ تَهْتَدُوْنَ ۟
१५८) तपाईले भनिदिनुस् ‘‘हे मानिसहरू ! म तिमीहरू सबैको लागि त्यस अल्लाहबाट पठाइएको रसूल (सन्देष्टा) हूँ जो आकाशहरू र धर्तीको राज्यको स्वामी हो । उस बाहेक कोही सत्य पूज्य छैन, उसैले जीवन प्रदान गर्दछ र उसैले प्राण लिन्छ । तसर्थ अल्लाहमाथि ईमान ल्याऊ र उसको नबी उम्मीमा, जो स्वयं महान अल्लाह र उसको आदेशमा आस्था राख्दछन् । उनको अनुशरण गर ताकि तिमी (सही) मार्ग पाउन सक ।’’
Arabic explanations of the Qur’an:
وَمِنْ قَوْمِ مُوْسٰۤی اُمَّةٌ یَّهْدُوْنَ بِالْحَقِّ وَبِهٖ یَعْدِلُوْنَ ۟
१५९) मूसाको जातिमा एउटा समूह यस्तो पनि छ, जसले सत्यमार्ग देखाउँदछ, र त्यसै अनुरूप न्याय गर्दछ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-A‘rāf
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close