Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Mā’idah   Ayah:
قَالَ عِیْسَی ابْنُ مَرْیَمَ اللّٰهُمَّ رَبَّنَاۤ اَنْزِلْ عَلَیْنَا مَآىِٕدَةً مِّنَ السَّمَآءِ تَكُوْنُ لَنَا عِیْدًا لِّاَوَّلِنَا وَاٰخِرِنَا وَاٰیَةً مِّنْكَ ۚ— وَارْزُقْنَا وَاَنْتَ خَیْرُ الرّٰزِقِیْنَ ۟
११४) (अनि) ईसा बिन मरियमले प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! हामीलाई आकाशबाट खाना प्रदान गर, जसले कि हाम्रो निम्ति र हाम्रा अघि र पछि (सबैका) लागि त्यो खुशीको कुरा भइहालोस् र तिम्रो तर्फबाट एउटा निशानी पनि होस् ! र हामीलाई जीविका प्रदान गर, तिमी सबैभन्दा राम्रो आहारदाता हौ ।
Arabic explanations of the Qur’an:
قَالَ اللّٰهُ اِنِّیْ مُنَزِّلُهَا عَلَیْكُمْ ۚ— فَمَنْ یَّكْفُرْ بَعْدُ مِنْكُمْ فَاِنِّیْۤ اُعَذِّبُهٗ عَذَابًا لَّاۤ اُعَذِّبُهٗۤ اَحَدًا مِّنَ الْعٰلَمِیْنَ ۟۠
११५) अल्लाहले भन्यो, मैले अवश्य नै त्यो खाना तिमीलाई पठाउने छु तर यसपछि तिमीहरूमध्ये यदि, कसैले कुफ्रको कुरो गर्नेछ त्यसलाई मैले यस्तो सजाय दिनेछु जुन समस्त संसारमा बस्नेहरूमध्ये अरु कसैलाई दिनेछैन ।
Arabic explanations of the Qur’an:
وَاِذْ قَالَ اللّٰهُ یٰعِیْسَی ابْنَ مَرْیَمَ ءَاَنْتَ قُلْتَ لِلنَّاسِ اتَّخِذُوْنِیْ وَاُمِّیَ اِلٰهَیْنِ مِنْ دُوْنِ اللّٰهِ ؕ— قَالَ سُبْحٰنَكَ مَا یَكُوْنُ لِیْۤ اَنْ اَقُوْلَ مَا لَیْسَ لِیْ ۗ— بِحَقٍّ ؔؕ— اِنْ كُنْتُ قُلْتُهٗ فَقَدْ عَلِمْتَهٗ ؕ— تَعْلَمُ مَا فِیْ نَفْسِیْ وَلَاۤ اَعْلَمُ مَا فِیْ نَفْسِكَ ؕ— اِنَّكَ اَنْتَ عَلَّامُ الْغُیُوْبِ ۟
११६) र त्यो समय पनि वर्णन योग्य छ जब अल्लाहले भन्ने छः हे ईसा बिन मरियम ! के तिमीले मानिसहरूसित भनेका थियौ कि अल्लाह बाहेक मलाई र मेरी आमालाई पूज्य बनाइहाल ? ईसाले भन्ने छन् कि तिमी पवित्र छौ, मलाई त्यो कुरो भन्न उचित कसरी हुन सक्दथ्यौ जुन कुराको मलाई अधिकार छैन ? मैले त्यसो भनेको भए तिमीलाई थाहा होला, (किनभने) जुन कुरो मेरो मनमा छ त्यो पनि तिमीलाई थाहा छ र जुन कुरो तिम्रो मनमा छ त्यो मलाई थाहा छैन । निःसन्देह तिमी सबै गुप्त कुराको ज्ञाता हौ ।
Arabic explanations of the Qur’an:
مَا قُلْتُ لَهُمْ اِلَّا مَاۤ اَمَرْتَنِیْ بِهٖۤ اَنِ اعْبُدُوا اللّٰهَ رَبِّیْ وَرَبَّكُمْ ۚ— وَكُنْتُ عَلَیْهِمْ شَهِیْدًا مَّا دُمْتُ فِیْهِمْ ۚ— فَلَمَّا تَوَفَّیْتَنِیْ كُنْتَ اَنْتَ الرَّقِیْبَ عَلَیْهِمْ ؕ— وَاَنْتَ عَلٰی كُلِّ شَیْءٍ شَهِیْدٌ ۟
११७) मैले त तिनीहरूसित अरु केही पनि भनेको थिएन तर त्यो बाहेक जुनकि तिमीले मलाई भन्न आदेश गरेका थियौ, यो कि तिमीहरूले अल्लाहको उपासना गर, जो मेरो र तिम्रो सबैको पालनकर्ता हो र जबसम्म म तिनीहरूको बीचमा थिएँ, तिनीहरूको अवस्थाको साक्षी थिएँ, फेरि जब तिमीले मलाई उठाइहाल्यौ तब तिमी नै तिनीहरूको संरक्षक भयौ र तिमी प्रत्येक कुराको ज्ञाता हौ ।
Arabic explanations of the Qur’an:
اِنْ تُعَذِّبْهُمْ فَاِنَّهُمْ عِبَادُكَ ۚ— وَاِنْ تَغْفِرْ لَهُمْ فَاِنَّكَ اَنْتَ الْعَزِیْزُ الْحَكِیْمُ ۟
११८) यदि तिमी तिनीहरूलाई दण्ड दिन्छौ भने तिनीहरू तिम्रा दास हुन् र यदि तिमी क्षमा गरिदिन्छौ भने निःसन्देह तिमी सर्वशक्तिमान र कौशल सम्पन्न छौ ।
Arabic explanations of the Qur’an:
قَالَ اللّٰهُ هٰذَا یَوْمُ یَنْفَعُ الصّٰدِقِیْنَ صِدْقُهُمْ ؕ— لَهُمْ جَنّٰتٌ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَاۤ اَبَدًا ؕ— رَضِیَ اللّٰهُ عَنْهُمْ وَرَضُوْا عَنْهُ ؕ— ذٰلِكَ الْفَوْزُ الْعَظِیْمُ ۟
११९) अल्लाह भन्ने छ कि आज त्यो दिन हो जबकि सत्यनिष्ठहरूलाई तिनीहरूको सत्यताले फाइदा पुर्याउने छ । तिनीहरूका लागि बगैंचाहरू छन् जसमुनि नहरहरू बगिराखेका छन् । सधैं तिनीहरू त्यसमा बास गर्ने छन् । अल्लाह तिनीहरूसित प्रसन्न छ र तिनीहरू अल्लासँग खुशी छन्, यो अत्यन्त ठूलो सफलता हो ।
Arabic explanations of the Qur’an:
لِلّٰهِ مُلْكُ السَّمٰوٰتِ وَالْاَرْضِ وَمَا فِیْهِنَّ ؕ— وَهُوَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟۠
१२०) आकाशहरू र जमिन (पृथ्वी) र जे–जति तिनीहरूको बीचमा छ सबै अल्लाहको राज्य हो र ऊ प्रत्येक कुरामाथि शक्ति सम्पन्न छ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Mā’idah
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close