Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Mā’idah   Ayah:
وَلَوْ اَنَّ اَهْلَ الْكِتٰبِ اٰمَنُوْا وَاتَّقَوْا لَكَفَّرْنَا عَنْهُمْ سَیِّاٰتِهِمْ وَلَاَدْخَلْنٰهُمْ جَنّٰتِ النَّعِیْمِ ۟
६५) र यदि यी अहले किताब ईमान ल्याएको र आत्मसंयम अपनाएको भए हामीले तिनका सबै पापहरूलाई क्षमा गरिदिन्थ्यौं । र तिनीहरूलाई अवश्य आराम गरिने स्वर्गमा लान्थ्यौं ।
Arabic explanations of the Qur’an:
وَلَوْ اَنَّهُمْ اَقَامُوا التَّوْرٰىةَ وَالْاِنْجِیْلَ وَمَاۤ اُنْزِلَ اِلَیْهِمْ مِّنْ رَّبِّهِمْ لَاَكَلُوْا مِنْ فَوْقِهِمْ وَمِنْ تَحْتِ اَرْجُلِهِمْ ؕ— مِنْهُمْ اُمَّةٌ مُّقْتَصِدَةٌ ؕ— وَكَثِیْرٌ مِّنْهُمْ سَآءَ مَا یَعْمَلُوْنَ ۟۠
६६) र यदि तिनीहरू तौरात र इन्जीललाई र जुन (किताबहरू) तिनका पालनकर्ताबाट तिनलाई प्रदान गरिएको छ त्यसप्रति प्रतिवद्ध भएको भए तिनीहरूले आफ्नो माथिबाट र तलबाट पनि खाद्य सामग्रीहरू पाउने थिए, यिनीहरूमध्ये एउटा समूहले मध्यमार्ग अपनाउनेवाला छ र धेरै जसोका कर्महरू नराम्रा छन् ।
Arabic explanations of the Qur’an:
یٰۤاَیُّهَا الرَّسُوْلُ بَلِّغْ مَاۤ اُنْزِلَ اِلَیْكَ مِنْ رَّبِّكَ ؕ— وَاِنْ لَّمْ تَفْعَلْ فَمَا بَلَّغْتَ رِسَالَتَهٗ ؕ— وَاللّٰهُ یَعْصِمُكَ مِنَ النَّاسِ ؕ— اِنَّ اللّٰهَ لَا یَهْدِی الْقَوْمَ الْكٰفِرِیْنَ ۟
६७) हे पैगम्बर ! जुन सन्देश अल्लाहबाट तपाईंलाई प्रदान गरिएको छ, त्यसलाई सबै मानिसहरूसम्म पुर्याइदिनुस् यदि यस्तो नगरेमा आफ्नो रसूलको कर्तव्य पालनबाट च्यूत हुनुहुने छ र अल्लाहले मानिसहरूबाट तपार्इंको रक्षा गर्नेछ । निःसन्देह अल्लाह आस्था नराख्नेहरूलाई मार्गदर्शन गर्दैनन् ।
Arabic explanations of the Qur’an:
قُلْ یٰۤاَهْلَ الْكِتٰبِ لَسْتُمْ عَلٰی شَیْءٍ حَتّٰی تُقِیْمُوا التَّوْرٰىةَ وَالْاِنْجِیْلَ وَمَاۤ اُنْزِلَ اِلَیْكُمْ مِّنْ رَّبِّكُمْ ؕ— وَلَیَزِیْدَنَّ كَثِیْرًا مِّنْهُمْ مَّاۤ اُنْزِلَ اِلَیْكَ مِنْ رَّبِّكَ طُغْیَانًا وَّكُفْرًا ۚ— فَلَا تَاْسَ عَلَی الْقَوْمِ الْكٰفِرِیْنَ ۟
६८) तपार्इं भनिदिनुस् कि हे अहले किताब ! जबसम्म तिमी तौरात र इंजीललाई र जुन (किताबहरू) तिम्रो पालनकर्ताबाट तिमीहरूलाई प्रदान गरियो, ती सबैलाई कायम राख्दैनौ, तबसम्म अलिकति पनि सत्य बाटोमा रहन सक्दैनौ र (यो कुरआन) जुन तिम्रो पालनकर्ताबाट तिमीलाई प्रदान गरिएको छ, यसबाट तिनीहरूमध्ये धेरैको हठधर्मीं र नास्तिकतामा झन् वृद्धि हुनेछ र तपाईं अनास्थावानहरूका लागि दुःखी नहुनुस् ।
Arabic explanations of the Qur’an:
اِنَّ الَّذِیْنَ اٰمَنُوْا وَالَّذِیْنَ هَادُوْا وَالصّٰبِـُٔوْنَ وَالنَّصٰرٰی مَنْ اٰمَنَ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ وَعَمِلَ صَالِحًا فَلَا خَوْفٌ عَلَیْهِمْ وَلَا هُمْ یَحْزَنُوْنَ ۟
६९) जो कोहि अल्लाह र आखिरतको दिनमा विश्वास गर्दछन् र असल कर्म गर्दछन् तिनीहरू चाहे मुसलमान हुन् वा यहूदी वा पारसी वा ईसाई, तिनलाई (कयामतको दिन) न त कुनै भय–त्रास हुनेछ न त तिनीहरू दुःखी नै हुनेछन् ।
Arabic explanations of the Qur’an:
لَقَدْ اَخَذْنَا مِیْثَاقَ بَنِیْۤ اِسْرَآءِیْلَ وَاَرْسَلْنَاۤ اِلَیْهِمْ رُسُلًا ؕ— كُلَّمَا جَآءَهُمْ رَسُوْلٌۢ بِمَا لَا تَهْوٰۤی اَنْفُسُهُمْ ۙ— فَرِیْقًا كَذَّبُوْا وَفَرِیْقًا یَّقْتُلُوْنَ ۟ۗ
७०) हामीले निश्चयरूपले बनी इस्राईलबाट वाचा लिऔं र तिनीहरूतर्फ पैगम्बरहरू पनि पठायौं (तर) जब कुनै पैगम्बर उनीहरूसम्म यस्तो कुरा (अल्लाहको आदेश) लिएर आउँदथ्यो जुन उनी मनले रुचाउँन्नथे त उनीहरूले (पैगम्बरहरूको) एक समूहलाई झूठा भनिहाले र अर्को समूहलाई हत्या गरिदिए ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Mā’idah
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close