Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Mā’idah   Ayah:
وَحَسِبُوْۤا اَلَّا تَكُوْنَ فِتْنَةٌ فَعَمُوْا وَصَمُّوْا ثُمَّ تَابَ اللّٰهُ عَلَیْهِمْ ثُمَّ عَمُوْا وَصَمُّوْا كَثِیْرٌ مِّنْهُمْ ؕ— وَاللّٰهُ بَصِیْرٌ بِمَا یَعْمَلُوْنَ ۟
७१) र यो ठाने कि कुनै जवाफदेही हुने छैन । तसर्थ तिनीहरू अन्धा र बहिरा भइहाले । अनि अल्लाहले तिनीहरूको तौबा स्वीकार गर्यो, (तर) फेरि पनि तिनीहरूमध्ये धेरै जसो अन्धा र बहिरा भइहाले । र अल्लाहले तिनीहरूका सम्पूर्ण क्रियाकलापहरूलाई हेरिराखेको छ ।
Arabic explanations of the Qur’an:
لَقَدْ كَفَرَ الَّذِیْنَ قَالُوْۤا اِنَّ اللّٰهَ هُوَ الْمَسِیْحُ ابْنُ مَرْیَمَ ؕ— وَقَالَ الْمَسِیْحُ یٰبَنِیْۤ اِسْرَآءِیْلَ اعْبُدُوا اللّٰهَ رَبِّیْ وَرَبَّكُمْ ؕ— اِنَّهٗ مَنْ یُّشْرِكْ بِاللّٰهِ فَقَدْ حَرَّمَ اللّٰهُ عَلَیْهِ الْجَنَّةَ وَمَاْوٰىهُ النَّارُ ؕ— وَمَا لِلظّٰلِمِیْنَ مِنْ اَنْصَارٍ ۟
७२) तिनीहरू निःसन्देह काफिर हुन् जसले भन्दछन् कि मरियमका छोरा ईसा मसीह अल्लाह हुन् जबकि मसीहले यो भन्दै गर्दथे कि हे बनी इस्राईल ! अल्लाहकै उपसाना गर जो कि मेरो पनि पालनकर्ता हो र तिम्रो पनि । जानिराख कि जसले अल्लाहको साथमा साझेदार ठहराउँछ, अल्लाहले उसको लागि स्वर्गमा प्रवेश हराम (निषेध) गरिदिएको छ र उसको बासस्थान नर्क हुनेछ । र पापीहरूको कोही पनि सहयोगी हुनेछैन ।
Arabic explanations of the Qur’an:
لَقَدْ كَفَرَ الَّذِیْنَ قَالُوْۤا اِنَّ اللّٰهَ ثَالِثُ ثَلٰثَةٍ ۘ— وَمَا مِنْ اِلٰهٍ اِلَّاۤ اِلٰهٌ وَّاحِدٌ ؕ— وَاِنْ لَّمْ یَنْتَهُوْا عَمَّا یَقُوْلُوْنَ لَیَمَسَّنَّ الَّذِیْنَ كَفَرُوْا مِنْهُمْ عَذَابٌ اَلِیْمٌ ۟
७३) निःसन्देह ती मानिसहरू पनि काफिर हुन् जसले भन्दछन् कि अल्लाह तीनमध्येको एक हो, जब कि वास्तवमा अल्लाह बाहेक अरु कोही उपासना योग्य छैन । यदि यी मानिसहरू यस्ता भनाई अथवा विश्वास परित्याग गर्दैनन् भने तिनीहरूमध्ये जो अवज्ञाकारी हुने छन् तिनीहरूलाई कष्टदायक सजाय अवश्य हुनेछ ।
Arabic explanations of the Qur’an:
اَفَلَا یَتُوْبُوْنَ اِلَی اللّٰهِ وَیَسْتَغْفِرُوْنَهٗ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟
७४) (तसर्थ) यिनीहरूले अल्लाह अगाडि किन नतमस्तक हुँदैनन् र किन आफ्ना त्रुटिहरूका लागि क्षमा माँग्दैनन् । अल्लाह त ठूलो क्षमा प्रदान गर्नेवाला कृपालु छ ।
Arabic explanations of the Qur’an:
مَا الْمَسِیْحُ ابْنُ مَرْیَمَ اِلَّا رَسُوْلٌ ۚ— قَدْ خَلَتْ مِنْ قَبْلِهِ الرُّسُلُ ؕ— وَاُمُّهٗ صِدِّیْقَةٌ ؕ— كَانَا یَاْكُلٰنِ الطَّعَامَ ؕ— اُنْظُرْ كَیْفَ نُبَیِّنُ لَهُمُ الْاٰیٰتِ ثُمَّ انْظُرْ اَنّٰی یُؤْفَكُوْنَ ۟
७५) मसीह बिन मरियम त मात्र पैगम्बर (दूत) हुन् अरु केही होइनन् । उनीभन्दा अगाडि पनि धेरै पैगम्बरहरू गुज्रिसकेका छन् र उनकी आमा अल्लाहकी सत्यनिष्ठ आज्ञाकारी नारी थिइन्, दुवै खाना खान्थे । हेर, हामीले यिनीहरूका लागि तर्कहरू कसरी राख्दछौं । फेरि विचार गर्नुस् कि यिनीहरू कसरी त्यसलाई इन्कार गर्दछन् ।
Arabic explanations of the Qur’an:
قُلْ اَتَعْبُدُوْنَ مِنْ دُوْنِ اللّٰهِ مَا لَا یَمْلِكُ لَكُمْ ضَرًّا وَّلَا نَفْعًا ؕ— وَاللّٰهُ هُوَ السَّمِیْعُ الْعَلِیْمُ ۟
७६) भनिदिनुस् कि तिमीहरू अल्लाह बाहेक त्यस्ता कुराको पूजा गर्दछौ जोसँग तिमीलाई नाफा र नोक्सानी पुर्याउने कुनै अधिकारै छैन र अल्लाह नै (सबै कुरा) सुन्दछ र जान्दछ ।
Arabic explanations of the Qur’an:
قُلْ یٰۤاَهْلَ الْكِتٰبِ لَا تَغْلُوْا فِیْ دِیْنِكُمْ غَیْرَ الْحَقِّ وَلَا تَتَّبِعُوْۤا اَهْوَآءَ قَوْمٍ قَدْ ضَلُّوْا مِنْ قَبْلُ وَاَضَلُّوْا كَثِیْرًا وَّضَلُّوْا عَنْ سَوَآءِ السَّبِیْلِ ۟۠
७७) भनिदिनुस् कि हे अहले किताब ! आफ्नो धर्मको बारेमा अनाहक थपघट गर्ने नगर र यस्ता मानिसहरूको इच्छापूर्ति पछि नलाग जो स्वयम् पनि अघि नै मार्गविचलित भए र अरु धेरैलाई पनि पथ विचलित गरिसकेका छन् । र सही बाटोलाई छोडिसकेका छन् ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Mā’idah
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close