Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Ahzāb   Ayah:
لَا جُنَاحَ عَلَیْهِنَّ فِیْۤ اٰبَآىِٕهِنَّ وَلَاۤ اَبْنَآىِٕهِنَّ وَلَاۤ اِخْوَانِهِنَّ وَلَاۤ اَبْنَآءِ اِخْوَانِهِنَّ وَلَاۤ اَبْنَآءِ اَخَوٰتِهِنَّ وَلَا نِسَآىِٕهِنَّ وَلَا مَا مَلَكَتْ اَیْمَانُهُنَّ ۚ— وَاتَّقِیْنَ اللّٰهَ ؕ— اِنَّ اللّٰهَ كَانَ عَلٰی كُلِّ شَیْءٍ شَهِیْدًا ۟
५५) ती स्त्रीहरूलाई आफ्ना बुबाहरूसित आफ्ना छोराहरूसित, र आफ्ना भाइहरूसित, र आफ्ना भतिजाहरूसित, र आफ्ना भान्जिहरूसित, र आफ्ना मेलका स्त्रीहरूसित र न उनीहरूसित जसलाई उनीहरूमाथि स्वामित्वको अधिकार प्राप्त छ पर्दा नगर्नुमा कुनै पाप छैन । स्त्रीहरू ! अल्लाहसित डर, निश्चय नै अल्लाह हरेक कुराको साक्षी छ ।
Arabic explanations of the Qur’an:
اِنَّ اللّٰهَ وَمَلٰٓىِٕكَتَهٗ یُصَلُّوْنَ عَلَی النَّبِیِّ ؕ— یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا صَلُّوْا عَلَیْهِ وَسَلِّمُوْا تَسْلِیْمًا ۟
५६) अल्लाह र उसका फरिश्ताहरू यस नबीमाथि रहमत (सलाम–शान्ति) पठाउँदछन् । हे ईमानवालाहरू तिमी पनि उनीमाथि धेरै सलाम र दरूद पठाउने गर ।
Arabic explanations of the Qur’an:
اِنَّ الَّذِیْنَ یُؤْذُوْنَ اللّٰهَ وَرَسُوْلَهٗ لَعَنَهُمُ اللّٰهُ فِی الدُّنْیَا وَالْاٰخِرَةِ وَاَعَدَّ لَهُمْ عَذَابًا مُّهِیْنًا ۟
५७) जुन मानिसहरूले अल्लाह र उसको रसूललाई दुःख पुर्याउँछन्, अल्लाहले उनलाई दुनियाँ र आखिरतमा (लोक परलोकमा) तिरस्कृत गरेको छ र उनीहरूको निम्ति अपमानजनक यातना तयार गरेको छ ।
Arabic explanations of the Qur’an:
وَالَّذِیْنَ یُؤْذُوْنَ الْمُؤْمِنِیْنَ وَالْمُؤْمِنٰتِ بِغَیْرِ مَا اكْتَسَبُوْا فَقَدِ احْتَمَلُوْا بُهْتَانًا وَّاِثْمًا مُّبِیْنًا ۟۠
५८) र जुन मासिनहरूले ईमानवाला पुरुषहरू र ईमानवाली स्त्रीहरूलाई, बिना कुनै कारण यस्तो कुराको आरोप लगाएर दुःख पुर्याएका छन्, जुनकि उनीहरूले गरेका छैनन्, भने उनीहरूले त ठूलो मित्थ्यारोपण र प्रत्यक्ष पापको बोझ (भारी) आफूमाथि उठाएका छन् ।
Arabic explanations of the Qur’an:
یٰۤاَیُّهَا النَّبِیُّ قُلْ لِّاَزْوَاجِكَ وَبَنٰتِكَ وَنِسَآءِ الْمُؤْمِنِیْنَ یُدْنِیْنَ عَلَیْهِنَّ مِنْ جَلَابِیْبِهِنَّ ؕ— ذٰلِكَ اَدْنٰۤی اَنْ یُّعْرَفْنَ فَلَا یُؤْذَیْنَ ؕ— وَكَانَ اللّٰهُ غَفُوْرًا رَّحِیْمًا ۟
५९) हे पैगम्बर ! आफ्ना पत्नीहरू र आफ्ना छोरीहरू र ईमानवाली स्त्रीहरूसँग भनिदिनुस् कि तिनीहरू आफुमाथि ‘‘आफ्ना च्यादर हाल्ने गरुन्’’ । यसबाट छिटै उनीहरूको (भद्रताको) पहिचान भइहाल्छ र उनले दुःख भोग्नु पर्दैन र अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।
Arabic explanations of the Qur’an:
لَىِٕنْ لَّمْ یَنْتَهِ الْمُنٰفِقُوْنَ وَالَّذِیْنَ فِیْ قُلُوْبِهِمْ مَّرَضٌ وَّالْمُرْجِفُوْنَ فِی الْمَدِیْنَةِ لَنُغْرِیَنَّكَ بِهِمْ ثُمَّ لَا یُجَاوِرُوْنَكَ فِیْهَاۤ اِلَّا قَلِیْلًا ۟ۚۛ
६०) यदि अहिले पनि मुनाफिक (कपटी) र ती मानिसहरू, जसका हृदयहरूमा रोग छन् र जसले मदीना (शहरमा) मिथ्या अफवाह फैलाइराखेका छन्, त्यसो गर्न छाडेनन् भने हामीले तपाईलाई उनीहरूको बर्बादीको लागि लगाइदिने छौं, । अनि तिनीहरू केही दिनको लागि मात्र तपाईसंग यहाँ रहनसक्ने छन् ।
Arabic explanations of the Qur’an:
مَّلْعُوْنِیْنَ ۛۚ— اَیْنَمَا ثُقِفُوْۤا اُخِذُوْا وَقُتِّلُوْا تَقْتِیْلًا ۟
६१) यिनीहरू तिरस्कृत रहनेछन् । जहाँ कहीं भेटिनेछन्, समातिनेछन् र नराम्रो तरिकाले मारिनेछन् ।
Arabic explanations of the Qur’an:
سُنَّةَ اللّٰهِ فِی الَّذِیْنَ خَلَوْا مِنْ قَبْلُ ۚ— وَلَنْ تَجِدَ لِسُنَّةِ اللّٰهِ تَبْدِیْلًا ۟
६२) अल्लाहको यहि रीति ती मानिसहरूको विषयमा पनि रहेको छ जो पहिला गुज्रिसकेका छन् ! र तपाईंले अल्लाहको रीतिमा कहिल्यै परिवर्तन पाउने छैनौ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Ahzāb
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close