Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Ahzāb   Ayah:
تَحِیَّتُهُمْ یَوْمَ یَلْقَوْنَهٗ سَلٰمٌ ۖۚ— وَّاَعَدَّ لَهُمْ اَجْرًا كَرِیْمًا ۟
४४) जुन दिन उनीहरू अल्लाहसँग भेट्नेछन्, उनको (अभिवादन) सलाम हुनेछ र उनीहरूको निम्ति (अल्लाहले) प्रतिष्ठापूर्ण प्रतिफल तयार गरिसकेको छ ।
Arabic explanations of the Qur’an:
یٰۤاَیُّهَا النَّبِیُّ اِنَّاۤ اَرْسَلْنٰكَ شَاهِدًا وَّمُبَشِّرًا وَّنَذِیْرًا ۟ۙ
४५) हे पैगम्बर ! निश्चय नै हामीले तपाईंलाई रसूल बनाएर साक्षी, र शुभसूचना दिनेवाला र सचेत गर्नेवाला बनाएर पठाएका छौं ।
Arabic explanations of the Qur’an:
وَّدَاعِیًا اِلَی اللّٰهِ بِاِذْنِهٖ وَسِرَاجًا مُّنِیْرًا ۟
४६) र अल्लाहको हुकुमबाट अल्लाहतिर बोलाउनेवाला र प्रकाशमान्, ज्योति बनाएर ।
Arabic explanations of the Qur’an:
وَبَشِّرِ الْمُؤْمِنِیْنَ بِاَنَّ لَهُمْ مِّنَ اللّٰهِ فَضْلًا كَبِیْرًا ۟
४७) र तपाईंले आस्थावानहरूलाई शुभसूचना सुनाइदिनुस् कि अल्लाहको तर्फबाट तिनीहरूको लागि ठूलो पुरस्कार (फजल) छ ।
Arabic explanations of the Qur’an:
وَلَا تُطِعِ الْكٰفِرِیْنَ وَالْمُنٰفِقِیْنَ وَدَعْ اَذٰىهُمْ وَتَوَكَّلْ عَلَی اللّٰهِ ؕ— وَكَفٰی بِاللّٰهِ وَكِیْلًا ۟
४८) र इन्कार गर्नेहरू र कपटीहरूको भनाई नमान्नु । र उनीहरूले दिएको दुःखलाई वास्ता नगर्नु । र अल्लाहमाथि भरोसा गर्नु ! र अल्लाह कुनै कामलाई पनि परिणाममुखी बनाउन पर्याप्त छ ।
Arabic explanations of the Qur’an:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِذَا نَكَحْتُمُ الْمُؤْمِنٰتِ ثُمَّ طَلَّقْتُمُوْهُنَّ مِنْ قَبْلِ اَنْ تَمَسُّوْهُنَّ فَمَا لَكُمْ عَلَیْهِنَّ مِنْ عِدَّةٍ تَعْتَدُّوْنَهَا ۚ— فَمَتِّعُوْهُنَّ وَسَرِّحُوْهُنَّ سَرَاحًا جَمِیْلًا ۟
४९) हे ईमानवालाहरू ! जब तिमी ईमानवाली स्त्रीहरूसँग विवाह गर्दछौ फेरि उनीहरूलाई स्पर्श गर्नुभन्दा अगाडि नै तलाक (पारपाचुके) दिन्छौ भने तिम्रो निम्ति उनीहरूमाथि कुनै इद्दतको अधिकार छैन जसको तिमी गन्ती गर । उनीहरूलाई केही फाइदा (खर्च) दिएर राम्रो तरिकाले बिदा गर ।
Arabic explanations of the Qur’an:
یٰۤاَیُّهَا النَّبِیُّ اِنَّاۤ اَحْلَلْنَا لَكَ اَزْوَاجَكَ الّٰتِیْۤ اٰتَیْتَ اُجُوْرَهُنَّ وَمَا مَلَكَتْ یَمِیْنُكَ مِمَّاۤ اَفَآءَ اللّٰهُ عَلَیْكَ وَبَنٰتِ عَمِّكَ وَبَنٰتِ عَمّٰتِكَ وَبَنٰتِ خَالِكَ وَبَنٰتِ خٰلٰتِكَ الّٰتِیْ هَاجَرْنَ مَعَكَ ؗ— وَامْرَاَةً مُّؤْمِنَةً اِنْ وَّهَبَتْ نَفْسَهَا لِلنَّبِیِّ اِنْ اَرَادَ النَّبِیُّ اَنْ یَّسْتَنْكِحَهَا ۗ— خَالِصَةً لَّكَ مِنْ دُوْنِ الْمُؤْمِنِیْنَ ؕ— قَدْ عَلِمْنَا مَا فَرَضْنَا عَلَیْهِمْ فِیْۤ اَزْوَاجِهِمْ وَمَا مَلَكَتْ اَیْمَانُهُمْ لِكَیْلَا یَكُوْنَ عَلَیْكَ حَرَجٌ ؕ— وَكَانَ اللّٰهُ غَفُوْرًا رَّحِیْمًا ۟
५०) हे नबी ! हामीले तपाईको निम्ति ती पत्नीहरू ग्राह्य गरिदिएका छौं जसका महर तपाईंले दिइसक्नु भएको छ, र ती दासीहरूलाई पनि जुन अल्लाहले तपाईंको अधीनमा (धर्मयुद्धबाट) गनिमतको मालको रूपमा दियो र तपाईको काकाका छोरीहरू र फुफूहरूका छोरीहरू र मामाका छोरीहरू र तपाईंको आमाकी दिदी बहिनीकी छोरीहरू जसले तपाईको साथमा प्रवास (हिजरत) गरेका छिन् र त्यो ईमानवाली स्त्री जसले आफूलाई नबीको निम्ति अर्पित गर्दछे, यदि नबीले उसित बिहे गर्न चाहनुहुन्छ । त (हे मुहम्मद !) यो खासगरी तपाईंको लागि हो, सबै मुसलमानहरूको लागि होइन, हामीले उनीहरूका पत्नीहरू र दासीहरूको बारेमा जुन नियमहरू निर्धारित गरेका छौं, हामीलाई थाहा छ । यो यसकारण कि तपाईलाई कुनै अप्ठ्यारो नहोस् । र अल्लाह धेरै क्षमाशील, दयावान् छ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Ahzāb
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close