Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Ahzāb   Ayah:
وَمَنْ یَّقْنُتْ مِنْكُنَّ لِلّٰهِ وَرَسُوْلِهٖ وَتَعْمَلْ صَالِحًا نُّؤْتِهَاۤ اَجْرَهَا مَرَّتَیْنِ ۙ— وَاَعْتَدْنَا لَهَا رِزْقًا كَرِیْمًا ۟
३१) (तर) तिमीमध्ये जो अल्लाह र उसको रसूलप्रति निष्ठापूर्वक आज्ञाकारीताको नीति अपनाउँनेछिन् र असलकर्म गर्दछिन, त्यसलाई हामीले दुईगुणा प्रतिफल प्रदान गर्नेछौं र त्यसको निम्ति हामीले सम्मानपूर्ण आजीविका तयार गरेका छौं ।
Arabic explanations of the Qur’an:
یٰنِسَآءَ النَّبِیِّ لَسْتُنَّ كَاَحَدٍ مِّنَ النِّسَآءِ اِنِ اتَّقَیْتُنَّ فَلَا تَخْضَعْنَ بِالْقَوْلِ فَیَطْمَعَ الَّذِیْ فِیْ قَلْبِهٖ مَرَضٌ وَّقُلْنَ قَوْلًا مَّعْرُوْفًا ۟ۚ
३२) हे नबीका पत्नीहरू ! तिमीहरू साधारण स्त्रीहरू जस्तो होइनौ, यदि तिमी परहेजगार (संयमी) रहन चाहन्छौ भने, (व्यक्तिहरूसित) लोचपूर्ण कुरा नगर, कि त्यो व्यक्ति जसको हृदयमा कुनै प्रकारको रोग छ, कुनै नराम्रो विचार गरोस् ! र उनीहरूसित सामान्यरूपमा कुरा गर्नेगर ।
Arabic explanations of the Qur’an:
وَقَرْنَ فِیْ بُیُوْتِكُنَّ وَلَا تَبَرَّجْنَ تَبَرُّجَ الْجَاهِلِیَّةِ الْاُوْلٰی وَاَقِمْنَ الصَّلٰوةَ وَاٰتِیْنَ الزَّكٰوةَ وَاَطِعْنَ اللّٰهَ وَرَسُوْلَهٗ ؕ— اِنَّمَا یُرِیْدُ اللّٰهُ لِیُذْهِبَ عَنْكُمُ الرِّجْسَ اَهْلَ الْبَیْتِ وَیُطَهِّرَكُمْ تَطْهِیْرًا ۟ۚ
३३) र आफ्नो घरमा राम्रोसंग बसिराख र विगत अज्ञानकाल जस्तो सज–धज गरी नदेखाऊ । नमाजको आयोजन गर्दैगर जकात दिनेगर । र अल्लाह र उसको रसूलको आज्ञा पालनगर । हे पैगम्बरका घरवालीहरू अल्लाह चाहन्छ कि तिमीबाट (सबै प्रकारको) फोहोरलाई टाढा राखोस्, र तिमीलाई पूर्णरूपले पवित्र राखोस् ।
Arabic explanations of the Qur’an:
وَاذْكُرْنَ مَا یُتْلٰی فِیْ بُیُوْتِكُنَّ مِنْ اٰیٰتِ اللّٰهِ وَالْحِكْمَةِ ؕ— اِنَّ اللّٰهَ كَانَ لَطِیْفًا خَبِیْرًا ۟۠
३४) र तिम्रा घरहरूमा जुन अल्लाहका आयतहरू र रसूलका हदीसहरू पढिन्छन् तिनको चर्चा गर्नेगर । निश्चय नै अल्लाह अत्यन्त सूक्ष्मदर्शी, जानकार छ ।
Arabic explanations of the Qur’an:
اِنَّ الْمُسْلِمِیْنَ وَالْمُسْلِمٰتِ وَالْمُؤْمِنِیْنَ وَالْمُؤْمِنٰتِ وَالْقٰنِتِیْنَ وَالْقٰنِتٰتِ وَالصّٰدِقِیْنَ وَالصّٰدِقٰتِ وَالصّٰبِرِیْنَ وَالصّٰبِرٰتِ وَالْخٰشِعِیْنَ وَالْخٰشِعٰتِ وَالْمُتَصَدِّقِیْنَ وَالْمُتَصَدِّقٰتِ وَالصَّآىِٕمِیْنَ وَالصّٰٓىِٕمٰتِ وَالْحٰفِظِیْنَ فُرُوْجَهُمْ وَالْحٰفِظٰتِ وَالذّٰكِرِیْنَ اللّٰهَ كَثِیْرًا وَّالذّٰكِرٰتِ ۙ— اَعَدَّ اللّٰهُ لَهُمْ مَّغْفِرَةً وَّاَجْرًا عَظِیْمًا ۟
३५) बिना सन्देह मुस्लिम पुरुष र मुस्लिम स्त्रीहरू, ईमानवाला पुरुष र ईमानवाली स्त्रीहरू, निष्ठापूर्वक, आज्ञापालन गर्ने पुरुष र निष्ठावान स्त्रीहरू, र सत्यवादी पुरुषहरू र सत्यवादी स्त्रीहरू, धैर्यवान् पुरुषहरू र धैर्य गर्ने स्त्रीहरू, विनम्रता देखाउने पुरुषहरू र विनम्रता देखाउने स्त्रीहरू, सद्का (दान) दिने पुरुष, र दान दिने स्त्रीहरू, रोजा (व्रत) बस्ने पुरुष र रोजा बस्ने स्त्रीहरू, आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्ने पुरुष र रक्षा गर्ने स्त्रीहरू र अल्लाहलाई धेरै स्मरण गर्ने पुरुष र स्मरण गर्ने स्त्रीहरू यिनीहरूका निम्ति अल्लाहले क्षमा र ठूलो प्रतिफल तयार गरेको छ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Ahzāb
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close