Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አን-ኒሳዕ   አንቀጽ:
وَاللّٰهُ یُرِیْدُ اَنْ یَّتُوْبَ عَلَیْكُمْ ۫— وَیُرِیْدُ الَّذِیْنَ یَتَّبِعُوْنَ الشَّهَوٰتِ اَنْ تَمِیْلُوْا مَیْلًا عَظِیْمًا ۟
२७) र अल्लाह चाहन्छ कि तिम्रो पश्चाताप स्वीकार गरोस् र जुन मानिसहरू आफ्नै स्वार्थपूर्ण चाहनाबाट दोषित हुन्छन्, तिनीहरू चाहन्छन् कि तिमी आफ्नो सत्य मार्गबाट धेरै विचलित भइहाल ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یُرِیْدُ اللّٰهُ اَنْ یُّخَفِّفَ عَنْكُمْ ۚ— وَخُلِقَ الْاِنْسَانُ ضَعِیْفًا ۟
२८) अल्लाह चाहन्छ कि तिमीहरूमाथिको भार हलुको पारोस्, किनभने मानिस कमजोर सृष्टि गरिएको हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَاْكُلُوْۤا اَمْوَالَكُمْ بَیْنَكُمْ بِالْبَاطِلِ اِلَّاۤ اَنْ تَكُوْنَ تِجَارَةً عَنْ تَرَاضٍ مِّنْكُمْ ۫— وَلَا تَقْتُلُوْۤا اَنْفُسَكُمْ ؕ— اِنَّ اللّٰهَ كَانَ بِكُمْ رَحِیْمًا ۟
२९) हे मोमिनहरू ! तिमीहरू आपसमा एक अर्काको सम्पत्ति अनुचितरूपमा नखाऊ । तर आपसी सहमतिले व्यापारको माध्यमबाट लेनदेनमा लाभ जायज हुन्छ, र आफूलाई आफै नमार । यसमा कुनै सन्देह छैन कि अल्लाह तिमीमाथि धेरै कृपालु छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَنْ یَّفْعَلْ ذٰلِكَ عُدْوَانًا وَّظُلْمًا فَسَوْفَ نُصْلِیْهِ نَارًا ؕ— وَكَانَ ذٰلِكَ عَلَی اللّٰهِ یَسِیْرًا ۟
३०) यदि कसैले यस्तो अटेरिपन र अत्याचार गर्छ भने हामीले त्यसलाई शीघ्र नै नर्कको आगोमा हाल्ने छौं । यो अल्लाहको लागि अति सरल काम हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنْ تَجْتَنِبُوْا كَبَآىِٕرَ مَا تُنْهَوْنَ عَنْهُ نُكَفِّرْ عَنْكُمْ سَیِّاٰتِكُمْ وَنُدْخِلْكُمْ مُّدْخَلًا كَرِیْمًا ۟
३१) यदि तिमीहरू यी ठूला–ठूला पापहरूबाट जुन तिम्रो लागि निषेधित गरिएका छन्, बच्ने गर्छौ भने हामी तिम्रा स–साना पापहरू माफ गरिदिनेछौं र तिमीलाई सम्मान र आदरको ठाउँमा प्रवेश गराउने छौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَا تَتَمَنَّوْا مَا فَضَّلَ اللّٰهُ بِهٖ بَعْضَكُمْ عَلٰی بَعْضٍ ؕ— لِلرِّجَالِ نَصِیْبٌ مِّمَّا اكْتَسَبُوْا ؕ— وَلِلنِّسَآءِ نَصِیْبٌ مِّمَّا اكْتَسَبْنَ ؕ— وَسْـَٔلُوا اللّٰهَ مِنْ فَضْلِهٖ ؕ— اِنَّ اللّٰهَ كَانَ بِكُلِّ شَیْءٍ عَلِیْمًا ۟
३२) र जुन कुरामा अल्लाहले तिमीहरूमध्ये केहीलाई केहीमाथि श्रेष्ठता प्रदान गरेको छ, त्यसको लागि लोभ नगर । पुरुषहरूलाई तिनीहरूले गरेको कर्म अनुसार प्रतिफल निर्धारित छ, र स्त्रीहरूलाई तिनीहरूले गरेको कर्म अनुसार फल प्रदान गरिनेछ, र अल्लाहसित उसको कृपा माँग्दै गर । निःसन्देह अल्लाह प्रत्येक कुरो जान्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلِكُلٍّ جَعَلْنَا مَوَالِیَ مِمَّا تَرَكَ الْوَالِدٰنِ وَالْاَقْرَبُوْنَ ؕ— وَالَّذِیْنَ عَقَدَتْ اَیْمَانُكُمْ فَاٰتُوْهُمْ نَصِیْبَهُمْ ؕ— اِنَّ اللّٰهَ كَانَ عَلٰی كُلِّ شَیْءٍ شَهِیْدًا ۟۠
३३) र जुन सम्पत्ति आमा–बाबु र नातेदार छोडेर मर्दछन्, त्यसबाट हामीले प्रत्येकको हक निर्धारित गरिसकेका छौं र जुन मानिसहरूसित तिमीले आफै करार गरिसकेका छौ, तिनीहरूलाई तिनको हक देऊ । निःसन्देह अल्लाह सम्पूर्ण कुराहरूको साक्षी छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አን-ኒሳዕ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት