Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አን-ኒሳዕ   አንቀጽ:
وَّالْمُحْصَنٰتُ مِنَ النِّسَآءِ اِلَّا مَا مَلَكَتْ اَیْمَانُكُمْ ۚ— كِتٰبَ اللّٰهِ عَلَیْكُمْ ۚ— وَاُحِلَّ لَكُمْ مَّا وَرَآءَ ذٰلِكُمْ اَنْ تَبْتَغُوْا بِاَمْوَالِكُمْ مُّحْصِنِیْنَ غَیْرَ مُسٰفِحِیْنَ ؕ— فَمَا اسْتَمْتَعْتُمْ بِهٖ مِنْهُنَّ فَاٰتُوْهُنَّ اُجُوْرَهُنَّ فَرِیْضَةً ؕ— وَلَا جُنَاحَ عَلَیْكُمْ فِیْمَا تَرٰضَیْتُمْ بِهٖ مِنْ بَعْدِ الْفَرِیْضَةِ ؕ— اِنَّ اللّٰهَ كَانَ عَلِیْمًا حَكِیْمًا ۟
२४) र विवाहित स्त्रीहरू पनि (वर्जित छिन्) तर ती बाहेक जुनकि (दासीको रूपमा) तिम्रो अधिकारमा आउँछिन् । यो आदेश अल्लाहको तर्फबाट तिम्रो लागि अनिवार्य गरिएको हो र यी वर्जित स्त्रीहरू बाहेक अन्य स्त्रीहरू तिम्रो लागि हलाल छिन्, आफ्नो धनबाट महर दिएर तिनीहरूसँग विवाह गर्न चाहन्छौ भने, तर यो शर्तमा निकाहको उद्देश्य दुराचारबाट बच्नु हुनुपर्छ न कि वासनाको पूर्तिको निम्ति । तसर्थ जुन स्त्रीहरूसँग तिमीले लाभ प्राप्त गर्दछौ, तिनलाई महरमा निर्धारित गरिएको धन दिइहाल र यदि महर निर्धारित गरिसकेपछि आपसी सहमतिबाट अन्यथा तय गर्दछौ भने त्यसमा तिमीलाई कुनै पाप लाग्दैन । निःसन्देह अल्लाह सबै कुराको ज्ञाता छ (र) सम्पूर्णरूपले तत्वज्ञ छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَنْ لَّمْ یَسْتَطِعْ مِنْكُمْ طَوْلًا اَنْ یَّنْكِحَ الْمُحْصَنٰتِ الْمُؤْمِنٰتِ فَمِنْ مَّا مَلَكَتْ اَیْمَانُكُمْ مِّنْ فَتَیٰتِكُمُ الْمُؤْمِنٰتِ ؕ— وَاللّٰهُ اَعْلَمُ بِاِیْمَانِكُمْ ؕ— بَعْضُكُمْ مِّنْ بَعْضٍ ۚ— فَانْكِحُوْهُنَّ بِاِذْنِ اَهْلِهِنَّ وَاٰتُوْهُنَّ اُجُوْرَهُنَّ بِالْمَعْرُوْفِ مُحْصَنٰتٍ غَیْرَ مُسٰفِحٰتٍ وَّلَا مُتَّخِذٰتِ اَخْدَانٍ ۚ— فَاِذَاۤ اُحْصِنَّ فَاِنْ اَتَیْنَ بِفَاحِشَةٍ فَعَلَیْهِنَّ نِصْفُ مَا عَلَی الْمُحْصَنٰتِ مِنَ الْعَذَابِ ؕ— ذٰلِكَ لِمَنْ خَشِیَ الْعَنَتَ مِنْكُمْ ؕ— وَاَنْ تَصْبِرُوْا خَیْرٌ لَّكُمْ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟۠
२५) र तिमीहरूमध्ये जुन मानिससलाई स्वतन्त्र मुसलमान स्त्रीसँग निकाह गर्ने पूरा क्षमता छैन, त्यसले मुसलमान दासीसँगै, जोकी तिम्रा अधिकारमा आइसकेकाछिन्, निकाह गरिहालोस् र अल्लाहलाई तिम्रो ईमानबारे राम्ररी थाहा छ ! तिमीहरू एक आपसमा सजातीय हौ, तसर्थ ती दासीहरूसँग, तिनका मालिकहरूबाट अनुमति प्राप्त गरी निकाह गरिहाल र निर्धारित गरिए बमोजिम तिनका महर पनि दिइहाल तर यो शर्त छ कि तिनीहरू पवित्र हुनुपर्दछ न कि व्यभिचारीणी, जसले खुल्लम खुल्ला वा लुकिछिपी अन्य व्यक्तिहरूसँग सम्बन्ध स्थापित गर्दछिन् । तर यदि निकाह भइसकेपछि तिनीहरू ब्यभिचार गर्दछिन भने जुन स्वतन्त्र स्त्रीहरूलाई छ, त्यसको आधा तिनीहरूलाई सजाय दिनुपर्दछ । (दासी संग निकाह गर्ने) यो अनुमति उस व्यक्तिलाई छ जसलाई व्यभिचार गरिहाल्ने भय छ । र तिमीले धैर्य राख्नु धेरै राम्रो छ, र अल्लाह क्षमादाता र अत्यन्त दयावान छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یُرِیْدُ اللّٰهُ لِیُبَیِّنَ لَكُمْ وَیَهْدِیَكُمْ سُنَنَ الَّذِیْنَ مِنْ قَبْلِكُمْ وَیَتُوْبَ عَلَیْكُمْ ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟
२६) अल्लाह चाहन्छ कि (आफ्ना आयतहरू) तिम्रो सामु अति स्पष्ट रूपमा वर्णन गरोस् र तिमीलाई तिमीभन्दा अगाडिका संयमीहरूकै बाटोमा हिडाओस् र तिम्रो पश्चाताप स्वीकार गरोस् र अल्लाह सर्वज्ञ छ (र) सर्वबुद्धि सम्पन्न छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አን-ኒሳዕ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት