Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አን-ኒሳዕ   አንቀጽ:
وَلَكُمْ نِصْفُ مَا تَرَكَ اَزْوَاجُكُمْ اِنْ لَّمْ یَكُنْ لَّهُنَّ وَلَدٌ ۚ— فَاِنْ كَانَ لَهُنَّ وَلَدٌ فَلَكُمُ الرُّبُعُ مِمَّا تَرَكْنَ مِنْ بَعْدِ وَصِیَّةٍ یُّوْصِیْنَ بِهَاۤ اَوْ دَیْنٍ ؕ— وَلَهُنَّ الرُّبُعُ مِمَّا تَرَكْتُمْ اِنْ لَّمْ یَكُنْ لَّكُمْ وَلَدٌ ۚ— فَاِنْ كَانَ لَكُمْ وَلَدٌ فَلَهُنَّ الثُّمُنُ مِمَّا تَرَكْتُمْ مِّنْ بَعْدِ وَصِیَّةٍ تُوْصُوْنَ بِهَاۤ اَوْ دَیْنٍ ؕ— وَاِنْ كَانَ رَجُلٌ یُّوْرَثُ كَلٰلَةً اَوِ امْرَاَةٌ وَّلَهٗۤ اَخٌ اَوْ اُخْتٌ فَلِكُلِّ وَاحِدٍ مِّنْهُمَا السُّدُسُ ۚ— فَاِنْ كَانُوْۤا اَكْثَرَ مِنْ ذٰلِكَ فَهُمْ شُرَكَآءُ فِی الثُّلُثِ مِنْ بَعْدِ وَصِیَّةٍ یُّوْصٰی بِهَاۤ اَوْ دَیْنٍ ۙ— غَیْرَ مُضَآرٍّ ۚ— وَصِیَّةً مِّنَ اللّٰهِ ؕ— وَاللّٰهُ عَلِیْمٌ حَلِیْمٌ ۟ؕ
१२) जुन सम्पत्ति तिम्रा स्वास्नीहरू छोडेर मर्दछिन् यदि तिनका सन्तानहरू छैनन् भने, त्यसबाट आधा भाग तिम्रो हुनेछ र यदि उनको सन्तान छन् भने छाडेर गएको सम्पत्तिबाट तिम्रो भाग एक चौथाई हुन्छ । (तर यो विभाजन) मृतकको त्यस इच्छा पत्रको कार्यान्वयन पश्चात हो जुन उसले गरेर गएको छ र उसले लिएकी ऋण तिरिसकेपछि गरिने छ र जुन सम्पत्ति तिमी (पुरुषले) छाडेर मर्छौ र यदि तिम्रा सन्तानहरू छैनन् भने तिम्रा स्वास्नीहरूको त्यसबाट एक चौथाई भाग छ र यदि सन्तान छ भने तिनलाई आठौं भाग छ । (यी भागहरू) तिम्रो इच्छापत्रको कार्यान्वयन पश्चात हो जुन तिमीले गरेका छौ र ऋणको (भुक्तानी पछि) बाँडिने छन् । र यदि यस्तो पुरुष अथवा स्वास्नी मान्छेको सम्पत्ति छ, जसको न बाबु छ न छोरा उसको एक दाजु वा भाइ अथवा एक दिदी वा बहिनी छन् भने त्यसबाट प्रत्येकलाई छैठौं भाग हुन्छ र एकभन्दा बढी छन् भने सबै एक तिहाईमा सहभागी हुनेछन् । (यी अंशहरू पनि) इच्छापत्र पूरा भएपछि तथा ऋण तिरेपछि यो शर्तमा कि कसैलाई हानि नोक्सानी नपुगेको होस् । यो अल्लाहको तर्फबाट निर्धारित गरिएको हो र अल्लाह सर्वज्ञ तथा सहनशील छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
تِلْكَ حُدُوْدُ اللّٰهِ ؕ— وَمَنْ یُّطِعِ اللّٰهَ وَرَسُوْلَهٗ یُدْخِلْهُ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَا ؕ— وَذٰلِكَ الْفَوْزُ الْعَظِیْمُ ۟
१३) यी सीमाहरू अल्लाहबाट निर्धारित गरिएका हुन् र जसले अल्लाह र उसको पैगम्बरको आज्ञा पालन गर्नेछ, उसलाई अल्लाहले जन्नतमा (स्वर्गमा) प्रवेश दिनेछ, जसमुनि नहरहरू बगिराखेका छन् । जसमा तिनीहरू सधैं बास गर्नेछन् र यो ठूलो सफलता हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَنْ یَّعْصِ اللّٰهَ وَرَسُوْلَهٗ وَیَتَعَدَّ حُدُوْدَهٗ یُدْخِلْهُ نَارًا خَالِدًا فِیْهَا ۪— وَلَهٗ عَذَابٌ مُّهِیْنٌ ۟۠
१४) र जसले अल्लाह र उसको रसूलको आज्ञा उल्लघंन गर्नेछ र उसबाट निर्धारित सीमाको अतिक्रमण गर्दछ, त्यसलाई अल्लाहले नर्कमा हाल्नेछ, जसमा कि ऊ सधैं रहनेछ र त्यस्तैका लागि यो अपमानजनक सजाय हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አን-ኒሳዕ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት