Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አን-ኒሳዕ   አንቀጽ:
اَلَمْ تَرَ اِلَی الَّذِیْنَ یَزْعُمُوْنَ اَنَّهُمْ اٰمَنُوْا بِمَاۤ اُنْزِلَ اِلَیْكَ وَمَاۤ اُنْزِلَ مِنْ قَبْلِكَ یُرِیْدُوْنَ اَنْ یَّتَحَاكَمُوْۤا اِلَی الطَّاغُوْتِ وَقَدْ اُمِرُوْۤا اَنْ یَّكْفُرُوْا بِهٖ ؕ— وَیُرِیْدُ الشَّیْطٰنُ اَنْ یُّضِلَّهُمْ ضَلٰلًا بَعِیْدًا ۟
६०) के तपाईले तिनीहरूलाई देखनु भएन ? जसले दावी त गर्दछन् कि जुन (ग्रन्थहरू) तपाईलाई प्रदान गरिएको छ र जुन ग्रन्थहरू तपाईभन्दा पहिला उतारिएका थिए ती सबैमा तिनले ईमान राख्दछन् तर वास्तवमा तिनीहरूले आफ्ना विवादका कुराहरू निसाफको लागि अल्लाह बाहेक अन्यतिर लग्न चाहन्छन्, जबकि तिनलाई आदेश गरिएको थियो कि शैतानलाई विश्वास नगरुन् र शैतानले चाहन्छ कि तिनलाई सही मार्गबाट विचलित गराइहालोस् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِذَا قِیْلَ لَهُمْ تَعَالَوْا اِلٰی مَاۤ اَنْزَلَ اللّٰهُ وَاِلَی الرَّسُوْلِ رَاَیْتَ الْمُنٰفِقِیْنَ یَصُدُّوْنَ عَنْكَ صُدُوْدًا ۟ۚ
६१) र जब तिनीहरूलाई भन्निछ कि अल्लाहले जे आदेश गरेको छ त्यतातिर र पैगम्बरतिर लाग, त तिमीले देख्नेछौ कि मुनाफिकहरूले (कपटीहरुले) आफ्ना मुख फर्काई अर्कैतिर लाग्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَكَیْفَ اِذَاۤ اَصَابَتْهُمْ مُّصِیْبَةٌ بِمَا قَدَّمَتْ اَیْدِیْهِمْ ثُمَّ جَآءُوْكَ یَحْلِفُوْنَ ۖۗ— بِاللّٰهِ اِنْ اَرَدْنَاۤ اِلَّاۤ اِحْسَانًا وَّتَوْفِیْقًا ۟
६२) तसर्थ यो कस्तो कुरा हो कि तिनीहरूमाथि कुनै प्रकारको विपत्ति आइपरे पछि तिनीहरूले तपाई समक्ष आएर अल्लाहको शपथ खान्छन् कि हाम्रो उद्देश्य त सौहार्द र सम्झौता बाहेक अरु केही थिएन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اُولٰٓىِٕكَ الَّذِیْنَ یَعْلَمُ اللّٰهُ مَا فِیْ قُلُوْبِهِمْ ۗ— فَاَعْرِضْ عَنْهُمْ وَعِظْهُمْ وَقُلْ لَّهُمْ فِیْۤ اَنْفُسِهِمْ قَوْلًا بَلِیْغًا ۟
६३) यी ती मानिस हुन् कि तिनका हृदयहरूमा जे जति छ, त्यो सबै अल्लाह राम्ररी जान्दछ । तपाईले तिनीहरूलाई नदेखे जस्तो गर्नुस् र तिनलाई नसीहत दिदै गर्नुस् र यस्तो कुरा भन्नुस् जसले कि तिनका हृदयमा प्रभाव पारोस् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَاۤ اَرْسَلْنَا مِنْ رَّسُوْلٍ اِلَّا لِیُطَاعَ بِاِذْنِ اللّٰهِ ؕ— وَلَوْ اَنَّهُمْ اِذْ ظَّلَمُوْۤا اَنْفُسَهُمْ جَآءُوْكَ فَاسْتَغْفَرُوا اللّٰهَ وَاسْتَغْفَرَ لَهُمُ الرَّسُوْلُ لَوَجَدُوا اللّٰهَ تَوَّابًا رَّحِیْمًا ۟
६४) हामीले प्रत्येक सन्देष्टालाई यसकारण पठायौं कि अल्लाहको आज्ञा अनुसार उसको आज्ञापालन गरियोस् । तिनीहरूले जब आफूप्रति नै अन्याय गरिरहेका थिए, तपाईतिर आएर पश्चाताप गरेको भए र अल्लाहसँग क्षमायाचना गरेको भए र रसूलले पनि तिनीहरूको निम्ति माफीको याचना गरेको भए, अल्लाहलाई क्षमादाता र अत्यन्त दयालु पाउने थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَلَا وَرَبِّكَ لَا یُؤْمِنُوْنَ حَتّٰی یُحَكِّمُوْكَ فِیْمَا شَجَرَ بَیْنَهُمْ ثُمَّ لَا یَجِدُوْا فِیْۤ اَنْفُسِهِمْ حَرَجًا مِّمَّا قَضَیْتَ وَیُسَلِّمُوْا تَسْلِیْمًا ۟
६५) यसर्थ तिम्रो पालनहारको शपथ लिन्छु कि, यिनीहरू जबसम्म आफ्ना सम्पूर्ण विवादमा तपाईलाई इन्साफकर्ता स्वीकार गर्दैनन् र तपाईले गरेको निर्णयप्रति हृदयमा कुनै संकुचित विचार नराखी प्रसन्नतापूर्वक त्यसलाई अंगीकार गर्दैनन्, तबसम्म मोमिन (आस्थावान) हुन सक्दैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አን-ኒሳዕ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት