Check out the new design

Ibisobanuro bya qoran ntagatifu - Ibisobanuro bya Qur'an Ntagatifu mu rurimi rw'ikinepali - Ishyirahamwe ry'abamenyi ba Hadith. * - Ishakiro ry'ibisobanuro


Ibisobanuro by'amagambo Isura: Twaha   Umurongo:

ताहा

طٰهٰ ۟
१) ताहा
Ibisobanuro by'icyarabu:
مَاۤ اَنْزَلْنَا عَلَیْكَ الْقُرْاٰنَ لِتَشْقٰۤی ۟ۙ
२) (हे मुहम्मद !) हामीले कुरआन तपाईमाथि यस कारण अवतरित गरेका होइनौं कि तपाई दुःखमा पर्नुस् ।
Ibisobanuro by'icyarabu:
اِلَّا تَذْكِرَةً لِّمَنْ یَّخْشٰی ۟ۙ
३) अपितु उसको उपदेशको निम्ति जो अल्लाहसँग डर्छ ।
Ibisobanuro by'icyarabu:
تَنْزِیْلًا مِّمَّنْ خَلَقَ الْاَرْضَ وَالسَّمٰوٰتِ الْعُلٰی ۟ؕ
४) यसको अवतरण उसको तर्फबाट भएको हो जसले धरती र उच्च आकाशहरूको सृष्टि गरेको छ ।
Ibisobanuro by'icyarabu:
اَلرَّحْمٰنُ عَلَی الْعَرْشِ اسْتَوٰی ۟
५) जो असीम दयालु हो, जो उच्चासन (अर्श) माथि उच्च छ ।
Ibisobanuro by'icyarabu:
لَهٗ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ وَمَا بَیْنَهُمَا وَمَا تَحْتَ الثَّرٰی ۟
६) जे जति आकाशहरूमा छ र जे जति धरतीमा छ र जे जति यी दुवैको बीचमा छ, र जे जति धरतीको (माटो) मुनि छ, सबै उसैको हो ।
Ibisobanuro by'icyarabu:
وَاِنْ تَجْهَرْ بِالْقَوْلِ فَاِنَّهٗ یَعْلَمُ السِّرَّ وَاَخْفٰی ۟
७) तिमी चाहे ठूलो स्वरमा पुकार अथवा (मसिनो स्वरमा) उसले त लुकेको कुरा र अत्यन्त गोप्य कुरा पनि जान्दछ ।
Ibisobanuro by'icyarabu:
اَللّٰهُ لَاۤ اِلٰهَ اِلَّا هُوَ ؕ— لَهُ الْاَسْمَآءُ الْحُسْنٰی ۟
८) उही अल्लाह हो, जस बाहेक अरु कोही सत्य पूज्य छैन । उसका नामहरू धेरै राम्रा छन् ।
Ibisobanuro by'icyarabu:
وَهَلْ اَتٰىكَ حَدِیْثُ مُوْسٰی ۟ۘ
९) तपाईलाई मूसा (अलैहिस्सलाम) को घटना (कथा) पनि थाहा छ ?
Ibisobanuro by'icyarabu:
اِذْ رَاٰ نَارًا فَقَالَ لِاَهْلِهِ امْكُثُوْۤا اِنِّیْۤ اٰنَسْتُ نَارًا لَّعَلِّیْۤ اٰتِیْكُمْ مِّنْهَا بِقَبَسٍ اَوْ اَجِدُ عَلَی النَّارِ هُدًی ۟
१०) जबकि उनले आगो देखेर आफ्नो घरवालासित भने कि तिमी केही बेर पर्ख म आगो देखेको छु । धेरै सम्भव छ कि म त्यसबाट बलिराखेको एउटा अगुल्टो ल्याउन सकूँ वा आगोको ठाउँमा बाटो थाहा पाउन सकूँ ।
Ibisobanuro by'icyarabu:
فَلَمَّاۤ اَتٰىهَا نُوْدِیَ یٰمُوْسٰی ۟ؕ
११) जब उनी त्यहाँ पुगे तब आवाज आयो हे मूसा !
Ibisobanuro by'icyarabu:
اِنِّیْۤ اَنَا رَبُّكَ فَاخْلَعْ نَعْلَیْكَ ۚ— اِنَّكَ بِالْوَادِ الْمُقَدَّسِ طُوًی ۟ؕ
१२) निःसन्देह म नै तेरो पालनकर्ता हूँ । आफ्नो जुत्ता फुकालिदेऊ, तिमी पवित्र घाटी ‘तुवा’ मा छौ ।
Ibisobanuro by'icyarabu:
 
Ibisobanuro by'amagambo Isura: Twaha
Urutonde rw'amasura numero y'urupapuro
 
Ibisobanuro bya qoran ntagatifu - Ibisobanuro bya Qur'an Ntagatifu mu rurimi rw'ikinepali - Ishyirahamwe ry'abamenyi ba Hadith. - Ishakiro ry'ibisobanuro

Yasohowe n'umuryango Central Society of Ahlul-Hadith mu gihugu cya Nepali.

Gufunga