Check out the new design

ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - មាតិកានៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាន់នីសាក   វាក្យខណ្ឌ:
یٰۤاَهْلَ الْكِتٰبِ لَا تَغْلُوْا فِیْ دِیْنِكُمْ وَلَا تَقُوْلُوْا عَلَی اللّٰهِ اِلَّا الْحَقَّ ؕ— اِنَّمَا الْمَسِیْحُ عِیْسَی ابْنُ مَرْیَمَ رَسُوْلُ اللّٰهِ وَكَلِمَتُهٗ ۚ— اَلْقٰىهَاۤ اِلٰی مَرْیَمَ وَرُوْحٌ مِّنْهُ ؗ— فَاٰمِنُوْا بِاللّٰهِ وَرُسُلِهٖ ۫— وَلَا تَقُوْلُوْا ثَلٰثَةٌ ؕ— اِنْتَهُوْا خَیْرًا لَّكُمْ ؕ— اِنَّمَا اللّٰهُ اِلٰهٌ وَّاحِدٌ ؕ— سُبْحٰنَهٗۤ اَنْ یَّكُوْنَ لَهٗ وَلَدٌ ۘ— لَهٗ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— وَكَفٰی بِاللّٰهِ وَكِیْلًا ۟۠
१७१) हे अहले किताब ! (यहूदी–ईसाई) आफ्नो धर्मको सीमा उल्लङघन नगर र अल्लाहको बारेमा सत्य बाहेक अरु केही नभन । मरियमको छोरा ईसा मसीह (न त अल्लाह थिए न अल्लाहका छोरा बरु) अल्लाहका रसूल र उसको पवित्र सन्देशवाहक मात्र थिए, जो अल्लाहको वाणीबाट सृष्टि भए जसलाई अल्लाहले मरियमलाई प्रदान गरेको थियो र उसको तर्फबाट पठाइएका एउटा रूह (आत्मा) थिए, तसर्थ तिमीहरूले अल्लाह र उसका सबै रसूलहरूमाथि आस्था राख र नभन कि अल्लाह तीनवटा छन् र यो धारणाबाट टाढा रह किनकि तिम्रो निम्ति यही नै राम्रो छ । अल्लाह एउटै मात्र पूजनीय छ र यस कुरासँग उसको कुनै सम्बन्ध छैन कि उसका सन्तान छन् । जे जति आकाशहरूमा र जमिनमा छन् सबै उसैको हुन् र अल्लाह नै संरक्षक स्वरूप पर्याप्त छ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
لَنْ یَّسْتَنْكِفَ الْمَسِیْحُ اَنْ یَّكُوْنَ عَبْدًا لِّلّٰهِ وَلَا الْمَلٰٓىِٕكَةُ الْمُقَرَّبُوْنَ ؕ— وَمَنْ یَّسْتَنْكِفْ عَنْ عِبَادَتِهٖ وَیَسْتَكْبِرْ فَسَیَحْشُرُهُمْ اِلَیْهِ جَمِیْعًا ۟
१७२) मसिहले अल्लाहको भक्त हुनुमा कदापि अपमान ठान्दैनन् र नत सान्निघ्य फरिशताहरूले उसको उपासनालाई आफ्नो अपमान ठान्छन् र जसले उसको उपासनालाई आफनो अपमान ठान्छन् र घमण्ड गर्छन अल्लाह उनी सबैलाई आफूनिर एकत्रित गर्नेछ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
فَاَمَّا الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ فَیُوَفِّیْهِمْ اُجُوْرَهُمْ وَیَزِیْدُهُمْ مِّنْ فَضْلِهٖ ۚ— وَاَمَّا الَّذِیْنَ اسْتَنْكَفُوْا وَاسْتَكْبَرُوْا فَیُعَذِّبُهُمْ عَذَابًا اَلِیْمًا ۙ۬— وَّلَا یَجِدُوْنَ لَهُمْ مِّنْ دُوْنِ اللّٰهِ وَلِیًّا وَّلَا نَصِیْرًا ۟
१७३) यसर्थ जसले ईमान ल्याएका छन् र सत्कर्म गरेका छन्, उसले तिनलाई पूरा प्रतिफल प्रदान गर्नेछ र आफ्नो कृपाले अरु बढी नै प्रदान गर्नेछ र जसले अपमान ठाने र घमण्ड गरे, तिनलाई कष्टदायक सजाय दिनेछ र यिनीहरूले अल्लाह बाहेक कसैलाई आफ्नो समर्थक र सहयोगी पाउँने छैनन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
یٰۤاَیُّهَا النَّاسُ قَدْ جَآءَكُمْ بُرْهَانٌ مِّنْ رَّبِّكُمْ وَاَنْزَلْنَاۤ اِلَیْكُمْ نُوْرًا مُّبِیْنًا ۟
१७४) हे मानिसहरू ! तिम्रो प्रतिपालकबाट तिम्रो पासमा स्पष्ट प्रमाण आइसकेको छ र हामीले तिमीतिर चम्किने प्रकाश पठाइसकेका छौं ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
فَاَمَّا الَّذِیْنَ اٰمَنُوْا بِاللّٰهِ وَاعْتَصَمُوْا بِهٖ فَسَیُدْخِلُهُمْ فِیْ رَحْمَةٍ مِّنْهُ وَفَضْلٍ ۙ— وَّیَهْدِیْهِمْ اِلَیْهِ صِرَاطًا مُّسْتَقِیْمًا ۟ؕ
१७५) तसर्थ जसले अल्लाहमाथि आस्था राखे र उसलाई दृढतापुर्वक समातिराखे त त्यसले तिनलाई आफ्नो दया र कृपा छिटै प्रदान गर्नेछ र तिनलाई आफूतिर (पुग्नुको लागि) सोझो बाटो देखाउनेछ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាន់នីសាក
មាតិកានៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - មាតិកានៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាទីសនៅនេប៉ាល់។

បិទ