Check out the new design

ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - មាតិកានៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាន់នីសាក   វាក្យខណ្ឌ:
وَالَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ سَنُدْخِلُهُمْ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَاۤ اَبَدًا ؕ— وَعْدَ اللّٰهِ حَقًّا ؕ— وَمَنْ اَصْدَقُ مِنَ اللّٰهِ قِیْلًا ۟
१२२) र जसले ईमान ल्याउँछन् र सत्कर्म गर्दछन्, तिनलाई हामीले ती स्वर्गमा प्रवेश दिनेछौं, जसमुनि नहरहरू बगिराखेका छन् । यिनी सधैं त्यसैमा रहनेछन् । यो अल्लाहको सत्य वाचा हो र अल्लाहभन्दा वचनको पक्का को हुनसक्दछ ?
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
لَیْسَ بِاَمَانِیِّكُمْ وَلَاۤ اَمَانِیِّ اَهْلِ الْكِتٰبِ ؕ— مَنْ یَّعْمَلْ سُوْٓءًا یُّجْزَ بِهٖ ۙ— وَلَا یَجِدْ لَهٗ مِنْ دُوْنِ اللّٰهِ وَلِیًّا وَّلَا نَصِیْرًا ۟
१२३) वास्तविक स्थिति न त तिम्रो इच्छा अनुसार हुन्छ, न त अहले–किताबको इच्छामा निर्भर हुन्छ । जसले नराम्रो कर्म गर्नेछ, त्यसले सोही अनुसारको दण्ड पाउनेछ र उसले कसैलाई पाउने छैन जसले अल्लाह समक्ष उसको सिफारिश वा मद्दत गर्न सकोस् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَمَنْ یَّعْمَلْ مِنَ الصّٰلِحٰتِ مِنْ ذَكَرٍ اَوْ اُنۡثٰى وَهُوَ مُؤْمِنٌ فَاُولٰٓىِٕكَ یَدْخُلُوْنَ الْجَنَّةَ وَلَا یُظْلَمُوْنَ نَقِیْرًا ۟
१२४) जसले सद्कर्म गर्दछ, चाहे त्यो पुरुष होस् वा स्त्री, ईमान भएको छ भने यस्ता मानिसहरूले जन्नतमा (स्वर्गमा) प्रवेश पाउने छन् र तिनीहरूप्रति खजूरको गुठली माथिको निकै पात्लो झिल्ली बराबर (अलिकति) पनि अन्याय गरिने छैन ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَمَنْ اَحْسَنُ دِیْنًا مِّمَّنْ اَسْلَمَ وَجْهَهٗ لِلّٰهِ وَهُوَ مُحْسِنٌ وَّاتَّبَعَ مِلَّةَ اِبْرٰهِیْمَ حَنِیْفًا ؕ— وَاتَّخَذَ اللّٰهُ اِبْرٰهِیْمَ خَلِیْلًا ۟
१२५) त्यो मानिसभन्दा राम्रो कसको धर्म हुन सक्दछ जसले अल्लाहको आदेश स्वीकार गर्दछ र सद्कर्म पनि गर्दछ र साथै इब्राहीम (अलैहिस्सलाम)को धर्मको पनि अनुपालन गर्दछ जुन एकेश्वरवादी हुनु हुन्थियो अल्लाहले इब्राहीमलाई आफ्नो मित्र बनाएको छ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَلِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— وَكَانَ اللّٰهُ بِكُلِّ شَیْءٍ مُّحِیْطًا ۟۠
१२६) आकाशहरू र पृथ्वीमा जे जति छ सबै अल्लाहको हो र सम्पूर्ण ब्रह्माण्ड उसैको घेरामा छ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَیَسْتَفْتُوْنَكَ فِی النِّسَآءِ ؕ— قُلِ اللّٰهُ یُفْتِیْكُمْ فِیْهِنَّ ۙ— وَمَا یُتْلٰی عَلَیْكُمْ فِی الْكِتٰبِ فِیْ یَتٰمَی النِّسَآءِ الّٰتِیْ لَا تُؤْتُوْنَهُنَّ مَا كُتِبَ لَهُنَّ وَتَرْغَبُوْنَ اَنْ تَنْكِحُوْهُنَّ وَالْمُسْتَضْعَفِیْنَ مِنَ الْوِلْدَانِ ۙ— وَاَنْ تَقُوْمُوْا لِلْیَتٰمٰی بِالْقِسْطِ ؕ— وَمَا تَفْعَلُوْا مِنْ خَیْرٍ فَاِنَّ اللّٰهَ كَانَ بِهٖ عَلِیْمًا ۟
१२७) तपाईसँग स्त्रीहरूको बारेमा आदेश माँग्दछन्, भनिदिनुस् कि अल्लाह आफैले तिनीहरूको सम्बन्धमा आदेश दिइरहेको छ र कुरआनका जो आयतहरू जुन अनाथ स्त्रीहरूको बारेमा छ, जसलाई तिमीले तिनले पाउनु पर्ने हक (मेहर) दिदैनौ र तिनीहरूसँग निकाह गरिहाल्ने इच्छा राख्दछौ र साथै निःसहाय केटाकेटीहरूको बारेमा र अनाथहरूको साथ न्यायपूर्ण व्यवहार गर्नेगर । तिमीले जे जति उपकारको काम गर्दछौ, त्यो सबै अल्लाहलाई थाहा छ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាន់នីសាក
មាតិកានៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - មាតិកានៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាទីសនៅនេប៉ាល់។

បិទ