Check out the new design

ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - មាតិកានៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាន់នីសាក   វាក្យខណ្ឌ:
فَبِمَا نَقْضِهِمْ مِّیْثَاقَهُمْ وَكُفْرِهِمْ بِاٰیٰتِ اللّٰهِ وَقَتْلِهِمُ الْاَنْۢبِیَآءَ بِغَیْرِ حَقٍّ وَّقَوْلِهِمْ قُلُوْبُنَا غُلْفٌ ؕ— بَلْ طَبَعَ اللّٰهُ عَلَیْهَا بِكُفْرِهِمْ فَلَا یُؤْمِنُوْنَ اِلَّا قَلِیْلًا ۪۟
१५५) यो सजाय पनि तिनीहरूको वचन भंग गर्नाले र अल्लाहका आयतहरूबाट इन्कार गर्नाले र नबीहरूको (अल्लाहका दूतको) अवज्ञा गरी बिना कारण हत्या गर्नाले र यो भन्नाले कि हाम्रो हृदय आवरणले ढाकिएका छन्, अपितु उनीहरूको कुफ्र (अवज्ञा) को कारण तिनीहरूको हृदयलाई अल्लाहले मोहरबन्द गरिदिएका छन त्यस कारण तिनीहरूले थोरै ईमान ल्याउँछन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَّبِكُفْرِهِمْ وَقَوْلِهِمْ عَلٰی مَرْیَمَ بُهْتَانًا عَظِیْمًا ۟ۙ
१५६) र तिनीहरूको नास्तिकतालेगर्दा र मरियममाथि गम्भीर दोषारोपणको कारणले पनि ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَّقَوْلِهِمْ اِنَّا قَتَلْنَا الْمَسِیْحَ عِیْسَی ابْنَ مَرْیَمَ رَسُوْلَ اللّٰهِ ۚ— وَمَا قَتَلُوْهُ وَمَا صَلَبُوْهُ وَلٰكِنْ شُبِّهَ لَهُمْ ؕ— وَاِنَّ الَّذِیْنَ اخْتَلَفُوْا فِیْهِ لَفِیْ شَكٍّ مِّنْهُ ؕ— مَا لَهُمْ بِهٖ مِنْ عِلْمٍ اِلَّا اتِّبَاعَ الظَّنِّ ۚ— وَمَا قَتَلُوْهُ یَقِیْنًا ۟ۙ
१५७) र यो भन्नाको कारणले कि हामीले मरियमको छोरा अल्लाहको रसूल ईसा मसीहलाई हत्या गरिसकेका छौं जबकि न तिनीहरूले ईसाको हत्या गरे न त उनलाई सूलीमा चढाए बरु तिनीहरूलाई उनीकै (ईसा मसीहकै) रूप जस्तो प्रतीत हुने आकार बनाइएको थियो । विश्वास गर जुन मानिसहरू उनको सम्बन्धमा मतभेद गर्दछन् तिनीहरू उनको वास्तविक स्थितिबारे शंकामा परेका छन् र भ्रम बाहेक तिनीहरूलाई अरु कुनै ज्ञान छैन, र तिनीहरूले निःसन्देह ईसाको हत्या गर्न सकेनन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
بَلْ رَّفَعَهُ اللّٰهُ اِلَیْهِ ؕ— وَكَانَ اللّٰهُ عَزِیْزًا حَكِیْمًا ۟
१५८) बरु अल्लाहले उनलाई आफूतिर उठाई लग्यो र अल्लाह सर्वशक्तिशाली तत्वदर्शी हो ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَاِنْ مِّنْ اَهْلِ الْكِتٰبِ اِلَّا لَیُؤْمِنَنَّ بِهٖ قَبْلَ مَوْتِهٖ ۚ— وَیَوْمَ الْقِیٰمَةِ یَكُوْنُ عَلَیْهِمْ شَهِیْدًا ۟ۚ
१५९) र ‘‘अहले किताबमध्ये कोही बाँकी रहनेछैन जसले हजरत ईसाको मुत्युभन्दा अगाडि नै उनीमाथि विश्वास’’ नगरोस् र कियामतको दिन उनी (हजरत र्इसा) तिनीहरू विरुद्ध साक्षी हुनेछन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
فَبِظُلْمٍ مِّنَ الَّذِیْنَ هَادُوْا حَرَّمْنَا عَلَیْهِمْ طَیِّبٰتٍ اُحِلَّتْ لَهُمْ وَبِصَدِّهِمْ عَنْ سَبِیْلِ اللّٰهِ كَثِیْرًا ۟ۙ
१६०) तसर्थ यहूदीहरूको अत्याचारको कारणले धेरै जसो वैध (हलाल) वस्तुहरूलाई तिनीहरूको निम्ति हराम (अवैध) बनाइदिऔं र यस कारणले पनि कि तिनीहरू धेरै मानिसहरूलाई अल्लाहको मार्गबाट रोकदथे ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَّاَخْذِهِمُ الرِّبٰوا وَقَدْ نُهُوْا عَنْهُ وَاَكْلِهِمْ اَمْوَالَ النَّاسِ بِالْبَاطِلِ ؕ— وَاَعْتَدْنَا لِلْكٰفِرِیْنَ مِنْهُمْ عَذَابًا اَلِیْمًا ۟
१६१) र यस कारणले पनि कि निषेधित गरिए तापनि सूद (व्याज) लिने गर्दथे र यस कारणले पनि कि अरुको धन–सम्पत्ति गलत तरिकाले खाइदिन्थे र तिनीहरूमध्ये जो काफिर छन्, तिनका निम्ति हामीले कष्टदायक सजाय तयार गरिसकेका छौं ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
لٰكِنِ الرّٰسِخُوْنَ فِی الْعِلْمِ مِنْهُمْ وَالْمُؤْمِنُوْنَ یُؤْمِنُوْنَ بِمَاۤ اُنْزِلَ اِلَیْكَ وَمَاۤ اُنْزِلَ مِنْ قَبْلِكَ وَالْمُقِیْمِیْنَ الصَّلٰوةَ وَالْمُؤْتُوْنَ الزَّكٰوةَ وَالْمُؤْمِنُوْنَ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ ؕ— اُولٰٓىِٕكَ سَنُؤْتِیْهِمْ اَجْرًا عَظِیْمًا ۟۠
१६२) तर तिनीहरूमध्ये जो राम्रो ज्ञानी छन् र जो मोमिन छन्, तिनीहरूले यस किताबमाथि जुन तपाईमाथि उतारियो र जुन किताब तपाईभन्दा पहिला उतारिए सबैमाथि आस्था राख्दछन् र नमाज पढ्दछन् र जकात (धर्मदाय) दिन्छन् र अल्लाह र कियामतको दिनमाथि आस्था राख्दछन्, तिनीहरूलाई हामीले (शीघ्र नै) ठूलो पुरस्कार प्रदान गर्नेछौं ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាន់នីសាក
មាតិកានៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - មាតិកានៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាទីសនៅនេប៉ាល់។

បិទ