Check out the new design

ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - មាតិកានៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់ហ្ពាក៏រ៉ោះ   វាក្យខណ្ឌ:
وَاِذْ قَالَ اِبْرٰهٖمُ رَبِّ اَرِنِیْ كَیْفَ تُحْیِ الْمَوْتٰی ؕ— قَالَ اَوَلَمْ تُؤْمِنْ ؕ— قَالَ بَلٰی وَلٰكِنْ لِّیَطْمَىِٕنَّ قَلْبِیْ ؕ— قَالَ فَخُذْ اَرْبَعَةً مِّنَ الطَّیْرِ فَصُرْهُنَّ اِلَیْكَ ثُمَّ اجْعَلْ عَلٰی كُلِّ جَبَلٍ مِّنْهُنَّ جُزْءًا ثُمَّ ادْعُهُنَّ یَاْتِیْنَكَ سَعْیًا ؕ— وَاعْلَمْ اَنَّ اللّٰهَ عَزِیْزٌ حَكِیْمٌ ۟۠
२६०) र, जब इब्राहीमले अल्लाहसित भने कि हे मेरो पालनहार ! मलाई देखाऊ कि तिमीले मृतकहरूलाई कसरी जीवित पार्नेछौ ? अल्लाहले भने कि के तिमीले (यो कुरालाई) विश्वास गरेनौं ? तिनले भने हो, अवश्य विश्वास गर्छु तर यस कारणले (चाहन्छु) ताकि पूर्णरूपले मलाई सन्तोष होस् । अल्लाहले भन्यो कि चारवटा चराहरू समातेर ल्याऊ र तिनलाई टुक्रा–टुक्रा गरिहाल, फेरि तिनका एक–एक टुक्रा प्रत्येक पहाडमा राखिहाल । अनि तिनलाई बोलाऊ तिनीहरू तिमीतिर दगुर्दै आउने छन् र जानिराख कि अल्लाह सर्वशक्तिमान र सर्वबुद्धि सम्पन्न छ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
مَثَلُ الَّذِیْنَ یُنْفِقُوْنَ اَمْوَالَهُمْ فِیْ سَبِیْلِ اللّٰهِ كَمَثَلِ حَبَّةٍ اَنْۢبَتَتْ سَبْعَ سَنَابِلَ فِیْ كُلِّ سُنْۢبُلَةٍ مِّائَةُ حَبَّةٍ ؕ— وَاللّٰهُ یُضٰعِفُ لِمَنْ یَّشَآءُ ؕ— وَاللّٰهُ وَاسِعٌ عَلِیْمٌ ۟
२६१) जुन मानिसहरूले अल्लाहको मार्गमा आफ्नो सम्पत्ति खर्च गदर्छन, त्यसको उदाहरण त्यस दानाको (गेडाको) जस्तो छ जसबाट सातवटा बालाहरू निस्कन्छन् र प्रत्येक बालामा सय–सयवटा दानाहरू हुनेछन् । र अल्लाहले जसको (सम्पतिमा) चाहन्छ, वृद्धि गर्दछ । र अल्लाह अत्यन्त सर्वव्यापी र प्रत्येक कुरोको ज्ञाता छ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
اَلَّذِیْنَ یُنْفِقُوْنَ اَمْوَالَهُمْ فِیْ سَبِیْلِ اللّٰهِ ثُمَّ لَا یُتْبِعُوْنَ مَاۤ اَنْفَقُوْا مَنًّا وَّلَاۤ اَذًی ۙ— لَّهُمْ اَجْرُهُمْ عِنْدَ رَبِّهِمْ ۚ— وَلَا خَوْفٌ عَلَیْهِمْ وَلَا هُمْ یَحْزَنُوْنَ ۟
२६२) जुन मानिसहरूले अल्लाहको बाटोमा आफ्नो धन सम्पत्ति खर्च गदर्छन् र त्यसपछि उपकार गरेको देखाउँदैनन्, नत (कसैलाई) दुःख दिन्छन्, तिनको बदला तिनको पालनहारसित छ, र नत तिनलाई भय–त्रास हुनेछ, नत तिनी दुःखी नै हुनेछन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
قَوْلٌ مَّعْرُوْفٌ وَّمَغْفِرَةٌ خَیْرٌ مِّنْ صَدَقَةٍ یَّتْبَعُهَاۤ اَذًی ؕ— وَاللّٰهُ غَنِیٌّ حَلِیْمٌ ۟
२६३) मीठो कुरा गर्नु र क्षमा गर्नु त्यस दानभन्दा उत्तम हो जसपछि दुःख दिइन्छ । र अल्लाह निस्पृह र नितान्त सहनशील छ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تُبْطِلُوْا صَدَقٰتِكُمْ بِالْمَنِّ وَالْاَذٰی ۙ— كَالَّذِیْ یُنْفِقُ مَالَهٗ رِئَآءَ النَّاسِ وَلَا یُؤْمِنُ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ ؕ— فَمَثَلُهٗ كَمَثَلِ صَفْوَانٍ عَلَیْهِ تُرَابٌ فَاَصَابَهٗ وَابِلٌ فَتَرَكَهٗ صَلْدًا ؕ— لَا یَقْدِرُوْنَ عَلٰی شَیْءٍ مِّمَّا كَسَبُوْا ؕ— وَاللّٰهُ لَا یَهْدِی الْقَوْمَ الْكٰفِرِیْنَ ۟
२६४) हे आस्थावानहरू! आफूले गरेको दानलाई अर्कामाथि उपकार दर्शाएर र अरुलाई कष्ट दिएर बर्बाद नगर । जसरी एउटा मानिसले अरु मानिसहरूलाई देखाउनको निम्ति आफ्नो सम्पत्ति खर्च गर्दछ र उसले अल्लाह र आखिरतको दिनमा विश्वास गर्दैन । उसको उदाहरण त्यस सफा ढुँगा जस्तो छ, जसमाथि माटोको पात्लो तह जमेको हुन्छ र त्यसमाथि ठूलो वृष्टि भई त्यसलाई एकदम सफा गरिदिन्छ । यी मानिसहरूलाई आफ्नो कर्महरूको प्रतिफल प्राप्त हुनेछैन र अल्लाहले यस्ता कृतघ्नहरूलाई मार्गनिर्देशन गर्दैन ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់ហ្ពាក៏រ៉ោះ
មាតិកានៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - មាតិកានៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាទីសនៅនេប៉ាល់។

បិទ