Check out the new design

ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - មាតិកានៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់ហ្ពាក៏រ៉ោះ   វាក្យខណ្ឌ:
فَلَمَّا فَصَلَ طَالُوْتُ بِالْجُنُوْدِ ۙ— قَالَ اِنَّ اللّٰهَ مُبْتَلِیْكُمْ بِنَهَرٍ ۚ— فَمَنْ شَرِبَ مِنْهُ فَلَیْسَ مِنِّیْ ۚ— وَمَنْ لَّمْ یَطْعَمْهُ فَاِنَّهٗ مِنِّیْۤ اِلَّا مَنِ اغْتَرَفَ غُرْفَةً بِیَدِهٖ ۚ— فَشَرِبُوْا مِنْهُ اِلَّا قَلِیْلًا مِّنْهُمْ ؕ— فَلَمَّا جَاوَزَهٗ هُوَ وَالَّذِیْنَ اٰمَنُوْا مَعَهٗ ۙ— قَالُوْا لَا طَاقَةَ لَنَا الْیَوْمَ بِجَالُوْتَ وَجُنُوْدِهٖ ؕ— قَالَ الَّذِیْنَ یَظُنُّوْنَ اَنَّهُمْ مُّلٰقُوا اللّٰهِ ۙ— كَمْ مِّنْ فِئَةٍ قَلِیْلَةٍ غَلَبَتْ فِئَةً كَثِیْرَةً بِاِذْنِ اللّٰهِ ؕ— وَاللّٰهُ مَعَ الصّٰبِرِیْنَ ۟
२४९) (तसर्थ) जब ‘‘तालूत’’ आफ्नो सेनाहरूलाई लिएर प्रस्थान गर्नुभयो, तब उनले भने, सुन अल्लाहले एउटा नहर (खोला)बाट तिम्रो परीक्षा गर्नेछ, जुन मानिस त्यस नहरबाट पानी पिउँछ त्यो मेरो होइन, र जसले पिउँदैन त्यो मेरो हो । हो, यदि कसैले एक अञ्जुली मात्र पिउँछ (भने त्यो क्षम्य छ) तर केही मानिसहरू बाहेक सबैले पानी पिइहाले । जब ‘‘तालूत’’ र उनको साथमा अन्य सबै नहर पारी पुगे, त तिनीहरूले भन्नथाले कि आज हामीमा जालूत र उसको सेनासंग लड्न शक्ति छैन । तर अल्लाहको अगाडि उपस्थित हुनुमा आस्था राख्नेहरूले भन्नथाले कि कहिलेकाहीं सानो छोटो टुक्डीले पनि अल्लाहको आदेशबाट ठूलो समूहमाथि विजय प्राप्त गर्दछन्, र अल्लाह सहनशीलहरूसँग छ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَلَمَّا بَرَزُوْا لِجَالُوْتَ وَجُنُوْدِهٖ قَالُوْا رَبَّنَاۤ اَفْرِغْ عَلَیْنَا صَبْرًا وَّثَبِّتْ اَقْدَامَنَا وَانْصُرْنَا عَلَی الْقَوْمِ الْكٰفِرِیْنَ ۟ؕ
२५०) जब तिनीहरूको ‘‘जालूत’’ र उसको सेनासंग मुकाबिला भयो अनि उनिहरूले प्रार्थना गरे कि हे पालनहार ! हामीलाई सहनशीलता र दृढता प्रदान गर र हामीलाई युद्धमा अनास्थावानहरूमाथि विजय प्रदान गर ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
فَهَزَمُوْهُمْ بِاِذْنِ اللّٰهِ ۙ۫— وَقَتَلَ دَاوٗدُ جَالُوْتَ وَاٰتٰىهُ اللّٰهُ الْمُلْكَ وَالْحِكْمَةَ وَعَلَّمَهٗ مِمَّا یَشَآءُ ؕ— وَلَوْلَا دَفْعُ اللّٰهِ النَّاسَ بَعْضَهُمْ بِبَعْضٍ لَّفَسَدَتِ الْاَرْضُ وَلٰكِنَّ اللّٰهَ ذُوْ فَضْلٍ عَلَی الْعٰلَمِیْنَ ۟
२५१) अनि उनीहरूले अल्लाहको आदेशबाट जालूतको सेनालाई पराजित गरे । र हजरत दाऊदले जालुतलाई मार्नु भयो (वध गर्नु भयो) र अल्लाहले दाऊदलाई राजसत्ता र ज्ञान प्रदान गर्यो र जेजति चाह्यो, सिकायो । यदि अल्लाहले मानिसहरूलाई एक अर्काको आक्रमण र अतिक्रमणबाट सुरक्षा प्रदान नगरेको भए पृथ्वीमा उपद्रव हुने थियो । तर अल्लाह संसारका (सम्पूर्ण) मानिसहरूमाथि अत्यन्त दयावान छ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
تِلْكَ اٰیٰتُ اللّٰهِ نَتْلُوْهَا عَلَیْكَ بِالْحَقِّ ؕ— وَاِنَّكَ لَمِنَ الْمُرْسَلِیْنَ ۟
२५२) यी अल्लाहका आयतहरू हुन् जसलाई हामीले तिमीलाई सत्यतापूर्वक पढी सुनाउँदछौं । (र हे मुहम्मद !) तिमी निःसन्देह पैगम्बरहरूमध्येकै एक हौ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់ហ្ពាក៏រ៉ោះ
មាតិកានៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - មាតិកានៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាទីសនៅនេប៉ាល់។

បិទ