Check out the new design

ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - មាតិកានៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់ហ្ពាក៏រ៉ោះ   វាក្យខណ្ឌ:
وَقَالَتِ الْیَهُوْدُ لَیْسَتِ النَّصٰرٰی عَلٰی شَیْءٍ ۪— وَّقَالَتِ النَّصٰرٰی لَیْسَتِ الْیَهُوْدُ عَلٰی شَیْءٍ ۙ— وَّهُمْ یَتْلُوْنَ الْكِتٰبَ ؕ— كَذٰلِكَ قَالَ الَّذِیْنَ لَا یَعْلَمُوْنَ مِثْلَ قَوْلِهِمْ ۚ— فَاللّٰهُ یَحْكُمُ بَیْنَهُمْ یَوْمَ الْقِیٰمَةِ فِیْمَا كَانُوْا فِیْهِ یَخْتَلِفُوْنَ ۟
११३) यहूदीहरू भन्दछन् कि ईसाईहरू सत्य बाटोमा छैनन् र ईसाईहरू भन्दछन् कि यहूदीहरू सत्य मार्गमा छैनन्, जबकि यिनीहरू तौरात पढ्छन् । यसरी नै ठीक यस्तै कुरा अज्ञानीहरूले पनि गर्दछन् । अल्लाहले कियामतको दिन (प्रलयको दिन) तिनीहरूको यस विवादको फैसला तिनीहरूबीच गर्नेछ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَمَنْ اَظْلَمُ مِمَّنْ مَّنَعَ مَسٰجِدَ اللّٰهِ اَنْ یُّذْكَرَ فِیْهَا اسْمُهٗ وَسَعٰی فِیْ خَرَابِهَا ؕ— اُولٰٓىِٕكَ مَا كَانَ لَهُمْ اَنْ یَّدْخُلُوْهَاۤ اِلَّا خَآىِٕفِیْنَ ؕ۬— لَهُمْ فِی الدُّنْیَا خِزْیٌ وَّلَهُمْ فِی الْاٰخِرَةِ عَذَابٌ عَظِیْمٌ ۟
११४) त्यसभन्दा ठूलो अन्यायी को हुनसक्छ जसले अल्लाहका मस्जिदहरूमा अल्लाहकै नामको चर्चा गर्न मनाही गर्दछ र तिनलाई बरबाद बनाउने प्रयास गर्दछ ? त्यस्ता मानिसले डर मान्दै त्यसमा जानु पर्छ । तिनीहरूका लागि संसारमा अपमान र आखिरतमा ठूलो सजाय छ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَلِلّٰهِ الْمَشْرِقُ وَالْمَغْرِبُ ۗ— فَاَیْنَمَا تُوَلُّوْا فَثَمَّ وَجْهُ اللّٰهِ ؕ— اِنَّ اللّٰهَ وَاسِعٌ عَلِیْمٌ ۟
११५) पूर्व र पश्चिमको स्वामी अल्लाह नै हो । तिमी जतातिर फर्के पनि अल्लाहको अनुहारलाई उतैतिर पाउने छौ । निःसन्देह अल्लाह सर्वव्यापी, सर्वत्र र सर्वज्ञानी छ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَقَالُوا اتَّخَذَ اللّٰهُ وَلَدًا ۙ— سُبْحٰنَهٗ ؕ— بَلْ لَّهٗ مَا فِی السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— كُلٌّ لَّهٗ قٰنِتُوْنَ ۟
११६) यिनीहरू भन्दछन् कि अल्लाहका सन्तान छन् । (होइन) बरु अल्लाह पवित्र छ, आकाश र जमिनका सबै सृजनाहरू उसै अधीन छन् र प्रत्येक उसैको आज्ञाकारी छन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
بَدِیْعُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— وَاِذَا قَضٰۤی اَمْرًا فَاِنَّمَا یَقُوْلُ لَهٗ كُنْ فَیَكُوْنُ ۟
११७) ऊ आकाशहरू र जमिनको स्रष्टा हो । जब कुनै काम गर्न चाहन्छ तब त्यसलाई आदेश दिन्छ कि भइहाल, अनि त्यो भइहाल्छ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَقَالَ الَّذِیْنَ لَا یَعْلَمُوْنَ لَوْلَا یُكَلِّمُنَا اللّٰهُ اَوْ تَاْتِیْنَاۤ اٰیَةٌ ؕ— كَذٰلِكَ قَالَ الَّذِیْنَ مِنْ قَبْلِهِمْ مِّثْلَ قَوْلِهِمْ ؕ— تَشَابَهَتْ قُلُوْبُهُمْ ؕ— قَدْ بَیَّنَّا الْاٰیٰتِ لِقَوْمٍ یُّوْقِنُوْنَ ۟
११८) यस्तै अज्ञानी मानिसहरू भन्दछन् कि अल्लाह हामीसँग वार्तालाप किन गर्दैन, अथवा हाम्रो लागि कुनै चिनो किन आउँदैन ? यस्तै यस प्रकारको कुरा उनीभन्दा अघिकाले पनि गरेका थिए । उनीहरूका र यिनीहरूका हृदयहरू एक जस्ता भइसके र हामीले त आस्थावानहरूका लागि चिनोको वर्णन गरिसकेका छौं ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
اِنَّاۤ اَرْسَلْنٰكَ بِالْحَقِّ بَشِیْرًا وَّنَذِیْرًا ۙ— وَّلَا تُسْـَٔلُ عَنْ اَصْحٰبِ الْجَحِیْمِ ۟
११९) (हे मुहम्मद !) हामीले तपाईलाई सत्यको साथमा शुभसन्देश सुनाउने र डर देखाउनेवाला बनाएर पठाएका छौं र नर्कमा जानेहरूको सम्बन्धमा तपाईसँग केही जवाफदेही हुने छैन ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់ហ្ពាក៏រ៉ោះ
មាតិកានៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - មាតិកានៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាទីសនៅនេប៉ាល់។

បិទ