Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'ma'ida   Aya:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَتَّخِذُوا الْیَهُوْدَ وَالنَّصٰرٰۤی اَوْلِیَآءَ ؔۘ— بَعْضُهُمْ اَوْلِیَآءُ بَعْضٍ ؕ— وَمَنْ یَّتَوَلَّهُمْ مِّنْكُمْ فَاِنَّهٗ مِنْهُمْ ؕ— اِنَّ اللّٰهَ لَا یَهْدِی الْقَوْمَ الظّٰلِمِیْنَ ۟
५१) हे ईमान ल्याएका मानिसहरू! यहूद र नसाराहरूलाई तिमी मित्र नबनाऊ । यिनीहरू त आपसमै एक अर्काको मित्र हुन् । तिमीहरूमध्ये जसले तिनीहरूलाई मित्र बनाउँछ ऊ निःसन्देह तिनीहरूमध्ये कै हुनेछ । निःसन्देह अल्लाह अत्याचारीहरूलाई असल बाटो देखाउँदैन ।
Tafsiran larabci:
فَتَرَی الَّذِیْنَ فِیْ قُلُوْبِهِمْ مَّرَضٌ یُّسَارِعُوْنَ فِیْهِمْ یَقُوْلُوْنَ نَخْشٰۤی اَنْ تُصِیْبَنَا دَآىِٕرَةٌ ؕ— فَعَسَی اللّٰهُ اَنْ یَّاْتِیَ بِالْفَتْحِ اَوْ اَمْرٍ مِّنْ عِنْدِهٖ فَیُصْبِحُوْا عَلٰی مَاۤ اَسَرُّوْا فِیْۤ اَنْفُسِهِمْ نٰدِمِیْنَ ۟ؕ
५२) तपाईंले हेर्नुहुनेछ कि जुन मानिसहरूको हृदयमा (कपट) अर्थात रोग छ, तिनीहरूले उनीहरूको माँझमा दौडी दौडी जान्छन् र भन्दछन् कि हामीलाई खतरा छ यस्तो नहोस् कि हामीमाथि कुनै आपत्ति आइलागोस् । धेरै सम्भव छ कि अल्लाहले छिट्टै विजय प्रदान गरोस् वा आफूबाट कुनै निर्णय देओस् । अनि त्यसपछि यिनीहरूले आफ्ना हृदयमा लुकाएर राखेका कुरामा लज्जित हुन थाल्ने छन् ।
Tafsiran larabci:
وَیَقُوْلُ الَّذِیْنَ اٰمَنُوْۤا اَهٰۤؤُلَآءِ الَّذِیْنَ اَقْسَمُوْا بِاللّٰهِ جَهْدَ اَیْمَانِهِمْ ۙ— اِنَّهُمْ لَمَعَكُمْ ؕ— حَبِطَتْ اَعْمَالُهُمْ فَاَصْبَحُوْا خٰسِرِیْنَ ۟
५३) (त्यति बेला) ईमानवालाहरूले भन्ने छन् कि के यी तिनै हुन् जसले कि अल्लाहको शपथ लिदै भन्ने गर्दथे कि हामी तिम्रो साथमा छौं । तिनीहरूका कर्महरू खेर जाने छन् र तिनीहरू घाटामा पर्नेछन् ।
Tafsiran larabci:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا مَنْ یَّرْتَدَّ مِنْكُمْ عَنْ دِیْنِهٖ فَسَوْفَ یَاْتِی اللّٰهُ بِقَوْمٍ یُّحِبُّهُمْ وَیُحِبُّوْنَهٗۤ ۙ— اَذِلَّةٍ عَلَی الْمُؤْمِنِیْنَ اَعِزَّةٍ عَلَی الْكٰفِرِیْنَ ؗ— یُجَاهِدُوْنَ فِیْ سَبِیْلِ اللّٰهِ وَلَا یَخَافُوْنَ لَوْمَةَ لَآىِٕمٍ ؕ— ذٰلِكَ فَضْلُ اللّٰهِ یُؤْتِیْهِ مَنْ یَّشَآءُ ؕ— وَاللّٰهُ وَاسِعٌ عَلِیْمٌ ۟
५४) हे ईमान ल्याएका मानिसहरू ! यदि तिमीहरूमध्ये कोही आफ्नो धर्मबाट विमुख भइहाल्छ भने अल्लाहले यस्ता मानिसहरूको सृष्टि गर्नेछ जसलाई उसले मायाँ गर्दछ र तिनीहरूले पनि अल्लाहलाई मायाँ गर्नेछन् । तिनीहरू मोमिनहरूसँग नर्मीको व्यवहार गर्नेछन् र काफिरहरूसित कठोरताको । अल्लाहको मार्गमा जिहाद (धर्मयुद्ध) गर्नेछन् र कुनै तिरस्कृत मानिसको तिरस्कारको वास्ता पनि गर्ने छैनन् । यो अल्लाहको वरदान हो उसले जसलाई चाहन्छ प्रदान गर्दछ । अल्लाह सर्वव्यापक र सर्वज्ञाता हो ।
Tafsiran larabci:
اِنَّمَا وَلِیُّكُمُ اللّٰهُ وَرَسُوْلُهٗ وَالَّذِیْنَ اٰمَنُوا الَّذِیْنَ یُقِیْمُوْنَ الصَّلٰوةَ وَیُؤْتُوْنَ الزَّكٰوةَ وَهُمْ رٰكِعُوْنَ ۟
५५) (मुस्लिमहरू !) तिम्रा मित्र त अल्लाह स्वयम् र उसका पैगम्बर र मोमिनहरू नै हुन् जसले नमाज पढ्दछन् र जकात (धर्मदाय) दिन्छन् र (अल्लाहको अगाडि) नतमस्तक हुन्छन् ।
Tafsiran larabci:
وَمَنْ یَّتَوَلَّ اللّٰهَ وَرَسُوْلَهٗ وَالَّذِیْنَ اٰمَنُوْا فَاِنَّ حِزْبَ اللّٰهِ هُمُ الْغٰلِبُوْنَ ۟۠
५६) र जुन मानिसले अल्लाह र उसको पैगम्बर र मोमिनहरूलाई मित्र बनाउँछ उसले विश्वास गरोस् कि अल्लाहकै समूह विजयी हुनेछ ।
Tafsiran larabci:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَتَّخِذُوا الَّذِیْنَ اتَّخَذُوْا دِیْنَكُمْ هُزُوًا وَّلَعِبًا مِّنَ الَّذِیْنَ اُوْتُوا الْكِتٰبَ مِنْ قَبْلِكُمْ وَالْكُفَّارَ اَوْلِیَآءَ ۚ— وَاتَّقُوا اللّٰهَ اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۟
५७) हे ईमानवालाहरू ! अहले किताब र अनास्थावानहरूमध्ये त्यस्ता मानिसहरूलाई आफ्नो मित्र नबनाऊ जसले तिम्रो धर्म (आस्था) लाई हाँसो–खेलको कुरा ठानिराखेका छन् । यदि तिमी मोमिन हौ भने अल्लाहसित डर मान्नेगर ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'ma'ida
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa