Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'ma'ida   Aya:
سَمّٰعُوْنَ لِلْكَذِبِ اَكّٰلُوْنَ لِلسُّحْتِ ؕ— فَاِنْ جَآءُوْكَ فَاحْكُمْ بَیْنَهُمْ اَوْ اَعْرِضْ عَنْهُمْ ۚ— وَاِنْ تُعْرِضْ عَنْهُمْ فَلَنْ یَّضُرُّوْكَ شَیْـًٔا ؕ— وَاِنْ حَكَمْتَ فَاحْكُمْ بَیْنَهُمْ بِالْقِسْطِ ؕ— اِنَّ اللّٰهَ یُحِبُّ الْمُقْسِطِیْنَ ۟
४२) यिनी कान थापेर झूठ सुन्नेहरू हुन् र पेट भरी हराम (वर्जित) कुरा खानेहरू हुन् । यदि यिनीहरू तिमीकहाँ आउँछन् भने तिमीले त्यसको फैसला गरिदिनु वा इन्कार गरिदिनु र यदि तिमीले इन्कार गर्दछौ भने तिनीहरूले तिम्रो केही बिगार्न सक्ने छैनन् । र यदि फैसला गर्न चाहन्छौ भने इन्साफका साथ न्याय गर्नु किनकि अल्लाहले निसाफ गर्नेहरूलाई माया गर्दछ ।
Tafsiran larabci:
وَكَیْفَ یُحَكِّمُوْنَكَ وَعِنْدَهُمُ التَّوْرٰىةُ فِیْهَا حُكْمُ اللّٰهِ ثُمَّ یَتَوَلَّوْنَ مِنْ بَعْدِ ذٰلِكَ ؕ— وَمَاۤ اُولٰٓىِٕكَ بِالْمُؤْمِنِیْنَ ۟۠
४३) (आश्चर्यको कुरा छ कि) यिनीहरू तिमीबाट कसरी फैसला गराउने छन् जबकि स्वयं यिनीहरूसँग तौरात छँदैछ जसमा कि अल्लाहको आदेश छ, फेरि पनि त्यसलाई इन्कार गर्दछन् । वास्तवमा यिनीहरूमा आस्था र ईमान नै छैन ।
Tafsiran larabci:
اِنَّاۤ اَنْزَلْنَا التَّوْرٰىةَ فِیْهَا هُدًی وَّنُوْرٌ ۚ— یَحْكُمُ بِهَا النَّبِیُّوْنَ الَّذِیْنَ اَسْلَمُوْا لِلَّذِیْنَ هَادُوْا وَالرَّبّٰنِیُّوْنَ وَالْاَحْبَارُ بِمَا اسْتُحْفِظُوْا مِنْ كِتٰبِ اللّٰهِ وَكَانُوْا عَلَیْهِ شُهَدَآءَ ۚ— فَلَا تَخْشَوُا النَّاسَ وَاخْشَوْنِ وَلَا تَشْتَرُوْا بِاٰیٰتِیْ ثَمَنًا قَلِیْلًا ؕ— وَمَنْ لَّمْ یَحْكُمْ بِمَاۤ اَنْزَلَ اللّٰهُ فَاُولٰٓىِٕكَ هُمُ الْكٰفِرُوْنَ ۟
४४) हामीले नै तौरात अवतरित गर्यौं जसमा मार्गदर्शन र प्रकाश थियो, त्यसै अनुसार नबी र ज्ञानीहरूले जो (अल्लाहका) आज्ञाकारी थिए, यहूदीमा यसै तौरात अनुसार फैसला गर्दथे । किनभने तिनीहरूलाई अल्लाहको किताबको रक्षा गर्ने आदेश थियो, र तिनीहरू यसको गवाह पनि थिए, तसर्थ तिमी मानिसहरूसित नडराउनु र मसँग डर मान्नु र मेरो आयतहरूलाई अलिकति (थोरै) मूल्यमा नबेच्नु । जसले अल्लाहले प्रदान गरेको आदेशहरू बमोजिम फैसला गर्दैनन् तिनीहरू नै काफिर हुन् ।
Tafsiran larabci:
وَكَتَبْنَا عَلَیْهِمْ فِیْهَاۤ اَنَّ النَّفْسَ بِالنَّفْسِ ۙ— وَالْعَیْنَ بِالْعَیْنِ وَالْاَنْفَ بِالْاَنْفِ وَالْاُذُنَ بِالْاُذُنِ وَالسِّنَّ بِالسِّنِّ ۙ— وَالْجُرُوْحَ قِصَاصٌ ؕ— فَمَنْ تَصَدَّقَ بِهٖ فَهُوَ كَفَّارَةٌ لَّهٗ ؕ— وَمَنْ لَّمْ یَحْكُمْ بِمَاۤ اَنْزَلَ اللّٰهُ فَاُولٰٓىِٕكَ هُمُ الظّٰلِمُوْنَ ۟
४५) र हामीले तिनीहरूका लागि तौरातमा यो आदेश लेखिदिएका थियौं कि ज्यानको बदला ज्यान र आँखाको बदला आाँखा र नाकको बदला नाक र कानको बदला कान र दाँतको बदला दाँत र खास–खास घाउहरूको यस्तै किसिमबाट बदला हुनेछ, तर जुन मानिसले बदला (प्रतिशोध) नलिई माफ गरिदिन्छ भने त्यो उसको लागि कफ्फारह (प्रायश्चित) हुनेछ । र जसले अल्लाहले प्रदान गरेका आदेशहरू बमोजिम निर्णय गर्दैनन् त्यस्ता मानिसहरू नै अत्याचारी हुन् ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'ma'ida
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya a Nibal suka fitar.

Rufewa