Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Qiyāmah   Ayah:

कियामः

لَاۤ اُقْسِمُ بِیَوْمِ الْقِیٰمَةِ ۟ۙ
१) म कियामतको दिनको कसम खान्छु,
Arabic explanations of the Qur’an:
وَلَاۤ اُقْسِمُ بِالنَّفْسِ اللَّوَّامَةِ ۟
२) र म कसम खान्छु त्यस नफ्सको (आत्मा) जो निन्दा गर्नेवाला हो ।
Arabic explanations of the Qur’an:
اَیَحْسَبُ الْاِنْسَانُ اَلَّنْ نَّجْمَعَ عِظَامَهٗ ۟ؕ
३) के मानिसले यो ठान्दछ कि हामीले कदापि उसका हाडहरूलाई एकत्र (एकत्रित) गर्नेछैनौं ?
Arabic explanations of the Qur’an:
بَلٰى قٰدِرِیْنَ عَلٰۤی اَنْ نُّسَوِّیَ بَنَانَهٗ ۟
४) अवश्य गर्नेछौं (र) हामी यस कुरामा सामथ्र्यवान छौं कि उसका औंलाका टुप्पाहरू दुरुस्त गरिदेऔं।
Arabic explanations of the Qur’an:
بَلْ یُرِیْدُ الْاِنْسَانُ لِیَفْجُرَ اَمَامَهٗ ۟ۚ
५) (होइन) बरु मानिसले चाहन्छ कि आफ्नो अगाडि–अगाडि अवज्ञा गर्दै जाओस् ।
Arabic explanations of the Qur’an:
یَسْـَٔلُ اَیَّانَ یَوْمُ الْقِیٰمَةِ ۟ؕ
६) सोध्छ कि कियामतको दिन कहिले आउँछ ?
Arabic explanations of the Qur’an:
فَاِذَا بَرِقَ الْبَصَرُ ۟ۙ
७) जब आँखाहरू तिर्मीराइहाल्नेछन् ।
Arabic explanations of the Qur’an:
وَخَسَفَ الْقَمَرُ ۟ۙ
८) र चन्द्र प्रकाशहीन भइहाल्नेछ ।
Arabic explanations of the Qur’an:
وَجُمِعَ الشَّمْسُ وَالْقَمَرُ ۟ۙ
९) र सूर्य र चन्द्र एकत्रित गरिनेछन् ।
Arabic explanations of the Qur’an:
یَقُوْلُ الْاِنْسَانُ یَوْمَىِٕذٍ اَیْنَ الْمَفَرُّ ۟ۚ
१०) त्यस दिन मानिसले भन्नेछ कि आज भागेर जाने ठाउँ कहाँ छ ?
Arabic explanations of the Qur’an:
كَلَّا لَا وَزَرَ ۟ؕ
११) निःसन्देह कुनै शरणस्थल (आश्रय) छैन ।
Arabic explanations of the Qur’an:
اِلٰى رَبِّكَ یَوْمَىِٕذِ ١لْمُسْتَقَرُّ ۟ؕ
१२) आज त तिम्रो पालनकर्तातिरै सुख चैन पाइने ठाउँ छ ।
Arabic explanations of the Qur’an:
یُنَبَّؤُا الْاِنْسَانُ یَوْمَىِٕذٍ بِمَا قَدَّمَ وَاَخَّرَ ۟ؕ
१३) मानिसहरूलाई आज त्यसले अगाडि बढाएको र पछाडि छाडेको कुराहरूसित अवगत गराइनेछ ।
Arabic explanations of the Qur’an:
بَلِ الْاِنْسَانُ عَلٰی نَفْسِهٖ بَصِیْرَةٌ ۟ۙ
१४) बरु मानिस स्वयं आफ्नो साक्षी छ ।
Arabic explanations of the Qur’an:
وَّلَوْ اَلْقٰى مَعَاذِیْرَهٗ ۟ؕ
१५) यद्यपि उसले जति क्षमायाचना गर्न खोजोस् ।
Arabic explanations of the Qur’an:
لَا تُحَرِّكْ بِهٖ لِسَانَكَ لِتَعْجَلَ بِهٖ ۟ؕ
१६) र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) कुरआनलाई छिटै कण्ठस्थ गर्न आफ्नो जिब्रो नचलाउनुस् ।
Arabic explanations of the Qur’an:
اِنَّ عَلَیْنَا جَمْعَهٗ وَقُرْاٰنَهٗ ۟ۚۖ
१७) त्यसलाई एकत्रित (संकलन) गर्नु र उसलाई पठनीय बनाउनु हाम्रो जिम्मामा छ ।
Arabic explanations of the Qur’an:
فَاِذَا قَرَاْنٰهُ فَاتَّبِعْ قُرْاٰنَهٗ ۟ۚ
१८) अतः जब हामीले त्यसलाई पढ्छौ तब तपाईले त्यस पढाईको अनुशरण गर्नुस् ।
Arabic explanations of the Qur’an:
ثُمَّ اِنَّ عَلَیْنَا بَیَانَهٗ ۟ؕ
१९) अनि उसको स्पष्टिकरण गर्नु हाम्रो जिम्मामा छ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Qiyāmah
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close