Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Ahqāf   Ayah:
وَاذْكُرْ اَخَا عَادٍ اِذْ اَنْذَرَ قَوْمَهٗ بِالْاَحْقَافِ وَقَدْ خَلَتِ النُّذُرُ مِنْ بَیْنِ یَدَیْهِ وَمِنْ خَلْفِهٖۤ اَلَّا تَعْبُدُوْۤا اِلَّا اللّٰهَ ؕ— اِنِّیْۤ اَخَافُ عَلَیْكُمْ عَذَابَ یَوْمٍ عَظِیْمٍ ۟
२१) र आदको भाइ (हूद)लाई यादगर, जबकि उनले आफ्नो कौमलाई अहकाफबाट सावधान गरे, उनीभन्दा पहिला र पछि उनीलाई सावधान गर्नेहरू गुज्रिसकेका छन् कि ‘‘तिमी अल्लाह बाहेक अरु कसैको पूजा नगर । मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।’’
Arabic explanations of the Qur’an:
قَالُوْۤا اَجِئْتَنَا لِتَاْفِكَنَا عَنْ اٰلِهَتِنَا ۚ— فَاْتِنَا بِمَا تَعِدُنَاۤ اِنْ كُنْتَ مِنَ الصّٰدِقِیْنَ ۟
२२) (उनको समूहले) भन्न थालेः कि ‘‘के तिमी हाम्रो पासमा यसकारण आएका हौ कि हामीलाई हाम्रा पूज्यहरूबाट विमुख गरिदेऊ ? यदि साँचो हौ भने जुन कुरोबाट हामीलाई तर्साउँछौ त्यो हामीमाथि ल्याइदेऊ ।’’
Arabic explanations of the Qur’an:
قَالَ اِنَّمَا الْعِلْمُ عِنْدَ اللّٰهِ ؗ— وَاُبَلِّغُكُمْ مَّاۤ اُرْسِلْتُ بِهٖ وَلٰكِنِّیْۤ اَرٰىكُمْ قَوْمًا تَجْهَلُوْنَ ۟
२३) उनले भनेः कि ‘‘यसको ज्ञान त मात्र अल्लाहलाई नै छ र म त जुन संदेश दिइएर पठाइएको हूँ त्यो तिमीलाई पुर्याइराखेको छु । तर म देख्छु कि तिमीहरू अज्ञानतामा फसिराखेका छौ ।’’
Arabic explanations of the Qur’an:
فَلَمَّا رَاَوْهُ عَارِضًا مُّسْتَقْبِلَ اَوْدِیَتِهِمْ ۙ— قَالُوْا هٰذَا عَارِضٌ مُّمْطِرُنَا ؕ— بَلْ هُوَ مَا اسْتَعْجَلْتُمْ بِهٖ ؕ— رِیْحٌ فِیْهَا عَذَابٌ اَلِیْمٌ ۟ۙ
२४) अनि जब उनीहरूले सजायलाई बादलको रूपमा उनीहरूका ठाउँतिर आइरहेको देखे, तब भन्नथालेः कि ‘‘यो त बादल हो जसले हामीमाथि वर्षा गर्छ,’’ (होइन) ‘‘बरु यो त्यो (सजाय) अजाब हो जसको निम्ति तिमीले हतार गथ्र्यौ हवा हो जसमा कष्टदायक यातना छ ।
Arabic explanations of the Qur’an:
تُدَمِّرُ كُلَّ شَیْ بِاَمْرِ رَبِّهَا فَاَصْبَحُوْا لَا یُرٰۤی اِلَّا مَسٰكِنُهُمْ ؕ— كَذٰلِكَ نَجْزِی الْقَوْمَ الْمُجْرِمِیْنَ ۟
२५) जसले हरेक वस्तुालाई आफ्नो पालनकर्ताको आदेशले नष्ट गरिदिनेछ ।’’ अतः उनीहरू यस्ता भइहाले कि उनीहरूका घरहरू बाहेक अरु केही देखिन्नथ्यो । पापीहरूलाई हामीले यस्तै प्रकारको प्रतिफल दिन्छौं ।
Arabic explanations of the Qur’an:
وَلَقَدْ مَكَّنّٰهُمْ فِیْمَاۤ اِنْ مَّكَّنّٰكُمْ فِیْهِ وَجَعَلْنَا لَهُمْ سَمْعًا وَّاَبْصَارًا وَّاَفْـِٕدَةً ۖؗ— فَمَاۤ اَغْنٰی عَنْهُمْ سَمْعُهُمْ وَلَاۤ اَبْصَارُهُمْ وَلَاۤ اَفْـِٕدَتُهُمْ مِّنْ شَیْءٍ اِذْ كَانُوْا یَجْحَدُوْنَ بِاٰیٰتِ اللّٰهِ وَحَاقَ بِهِمْ مَّا كَانُوْا بِهٖ یَسْتَهْزِءُوْنَ ۟۠
२६) निःसन्देह हामीले (कौमेआदलाई) त्यो सामथ्र्य प्रदान गरेका थियौं, जुन तिमीहरूलाई प्रदान गरेका छैनौं । र हामीले उनीहरूलाई कान, आँखा र हृदय पनि प्रदान गरेका थियौं । तर उनका कान आँखाहरू र उनका हृदयहरूले उनीहरूको कुनै काम आएनन् । जब उनीहरूले अल्लाहका आयतहरूलाई नकार्न थाले र जुन कुराको उनीहरूले हाँसो उडाउँथे त्यसैले उनीहरूलाई आइघेर्यो ।
Arabic explanations of the Qur’an:
وَلَقَدْ اَهْلَكْنَا مَا حَوْلَكُمْ مِّنَ الْقُرٰی وَصَرَّفْنَا الْاٰیٰتِ لَعَلَّهُمْ یَرْجِعُوْنَ ۟
२७) निःसन्देह हामीले तिम्रो छरछिमेकका बस्तीहरूलाई नष्ट गर्यौं र किसिम–किसिमका निशानीहरू वर्णन गर्यौं, ताकि उनीहरू प्रवृत्त होउन् ।
Arabic explanations of the Qur’an:
فَلَوْلَا نَصَرَهُمُ الَّذِیْنَ اتَّخَذُوْا مِنْ دُوْنِ اللّٰهِ قُرْبَانًا اٰلِهَةً ؕ— بَلْ ضَلُّوْا عَنْهُمْ ۚ— وَذٰلِكَ اِفْكُهُمْ وَمَا كَانُوْا یَفْتَرُوْنَ ۟
२८) अनि अल्लाहको सामीप्य हासिल गर्न जस–जसलाई उनीहरूले अल्लाह बाहेक आफ्ना पूज्य बनाएका थिए । तिनीहरूले उनीहरूको मद्दत किन गरेनन् ? बरु उनीहरू तिनीहरूका अगाडिबाट हराए । र (वास्तवमा) यो उनीहरूको मात्र मिथ्यारोपण थियो र झूठो आरोप थियो ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Ahqāf
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close