Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Ahqāf   Ayah:
وَوَصَّیْنَا الْاِنْسَانَ بِوَالِدَیْهِ اِحْسٰنًا ؕ— حَمَلَتْهُ اُمُّهٗ كُرْهًا وَّوَضَعَتْهُ كُرْهًا ؕ— وَحَمْلُهٗ وَفِصٰلُهٗ ثَلٰثُوْنَ شَهْرًا ؕ— حَتّٰۤی اِذَا بَلَغَ اَشُدَّهٗ وَبَلَغَ اَرْبَعِیْنَ سَنَةً ۙ— قَالَ رَبِّ اَوْزِعْنِیْۤ اَنْ اَشْكُرَ نِعْمَتَكَ الَّتِیْۤ اَنْعَمْتَ عَلَیَّ وَعَلٰی وَالِدَیَّ وَاَنْ اَعْمَلَ صَالِحًا تَرْضٰىهُ وَاَصْلِحْ لِیْ فِیْ ذُرِّیَّتِیْ ؕۚ— اِنِّیْ تُبْتُ اِلَیْكَ وَاِنِّیْ مِنَ الْمُسْلِمِیْنَ ۟
१५) र हामीले मानिसलाई आफ्नो आमा बाबुसँग राम्रो व्यवहार गर्न आदेश दिएका छौं । उसकी आमाले उसलाई पेटमा दुःखको साथ राखिन् र उसलाई दुःखको साथ जन्म पनि दिइन् । र उसको गर्भको अवस्थामा रहने र दूध छोडाउने अवधि ३० महिना छ । यहाँसम्म कि जब ऊ खुब तन्नेरी भयो र ४० वर्षको उमेर भयो । तब उसले भन्योः ‘‘हे मेरो पालनकर्ता ! मलाई अवसर देऊ ताकि म तिम्रो त्यस अनुकम्पाप्रति कृतज्ञता देखाऊँ जुन कि तिमीले ममाथि र मेरा मातापितामाथि गरेका छौ । र यो कि यस्तो राम्रो कार्य गरूँ जुनकि तिमीलाई प्रिय छ, र मेरो लागि मेरो सन्ततिलाई पनि असल बनाइदेऊ । म तिमीतिर प्रवृत्त हुन्छु र म आज्ञाकारीमध्ये छु ।
Arabic explanations of the Qur’an:
اُولٰٓىِٕكَ الَّذِیْنَ نَتَقَبَّلُ عَنْهُمْ اَحْسَنَ مَا عَمِلُوْا وَنَتَجَاوَزُ عَنْ سَیِّاٰتِهِمْ فِیْۤ اَصْحٰبِ الْجَنَّةِ ؕ— وَعْدَ الصِّدْقِ الَّذِیْ كَانُوْا یُوْعَدُوْنَ ۟
१६) यिनै ती मानिसहरू हुन् जसका राम्रा कार्यहरू हामीले स्वीकार गर्दछौं र जसका पापहरूलाई क्षमा गरिदिने छौं, र यिनै जन्नतवालाहरूमा हुनेछन् । त्यस सत्य वचनको कारण जुन उनीहरूसित गरिएको थियो ।
Arabic explanations of the Qur’an:
وَالَّذِیْ قَالَ لِوَالِدَیْهِ اُفٍّ لَّكُمَاۤ اَتَعِدٰنِنِیْۤ اَنْ اُخْرَجَ وَقَدْ خَلَتِ الْقُرُوْنُ مِنْ قَبْلِیْ ۚ— وَهُمَا یَسْتَغِیْثٰنِ اللّٰهَ وَیْلَكَ اٰمِنْ ۖۗ— اِنَّ وَعْدَ اللّٰهِ حَقٌّ ۚ— فَیَقُوْلُ مَا هٰذَاۤ اِلَّاۤ اَسَاطِیْرُ الْاَوَّلِیْنَ ۟
१७) र त्यो व्यक्ति जसले आफ्नो माता– पितासित भन्योः ‘‘तिमीसित म आजिज (हैरान) भइसकेको छु । तिमीले मलाई यही भनिरहन्छौ कि म मरेपछि फेरि जीवित गरिनेछु, जबकि मभन्दा पहिला पनि धेरै मानिसहरू गुज्रिसकेका छन्’’ र ती दुवैले अल्लाहसित विन्ति गर्दै भन्दछन्ः ‘‘अफशोच छ तिम्रो लागि मानिहाल ! निःसन्देह अल्लाहको वाचा सत्य छ ।’’ किन्तु त्यसले भन्दछ ‘‘यी त मात्र पहिलाका मानिसहरूका कथा हुन्” ।
Arabic explanations of the Qur’an:
اُولٰٓىِٕكَ الَّذِیْنَ حَقَّ عَلَیْهِمُ الْقَوْلُ فِیْۤ اُمَمٍ قَدْ خَلَتْ مِنْ قَبْلِهِمْ مِّنَ الْجِنِّ وَالْاِنْسِ ؕ— اِنَّهُمْ كَانُوْا خٰسِرِیْنَ ۟
१८) तिनीहरू हुन जसको बारेमा (अल्लाहको सजाय) को वचन पूरा हुने भएको छ । यी जिन्न र मानिसको समूहहरूका साथ जो यिनीभन्दा पहिला गुज्रिसकेका छन् । निश्चय नै उनीहरू घाटामा रहे ।
Arabic explanations of the Qur’an:
وَلِكُلٍّ دَرَجٰتٌ مِّمَّا عَمِلُوْا ۚ— وَلِیُوَفِّیَهُمْ اَعْمَالَهُمْ وَهُمْ لَا یُظْلَمُوْنَ ۟
१९) र मानिसहरूले जस्ता कर्म गरेका हुन्छन् सोही अनुरूप प्रत्येकलाई स्थान मिल्नेछ ताकि उनको कार्यको पूरा प्रतिफल मिलोस् र उनीमाथि अत्याचार गरिने छैन ।
Arabic explanations of the Qur’an:
وَیَوْمَ یُعْرَضُ الَّذِیْنَ كَفَرُوْا عَلَی النَّارِ ؕ— اَذْهَبْتُمْ طَیِّبٰتِكُمْ فِیْ حَیَاتِكُمُ الدُّنْیَا وَاسْتَمْتَعْتُمْ بِهَا ۚ— فَالْیَوْمَ تُجْزَوْنَ عَذَابَ الْهُوْنِ بِمَا كُنْتُمْ تَسْتَكْبِرُوْنَ فِی الْاَرْضِ بِغَیْرِ الْحَقِّ وَبِمَا كُنْتُمْ تَفْسُقُوْنَ ۟۠
२०) र जुन दिन काफिरहरू नर्कको सामु प्रस्तुत गरिनेछन् ! (भनिनेछ) तिमीले आफ्नो असल कार्य संसारिक जीवनमा नै बर्बाद गरिसक्यौ, र त्यसबाट फाइदा पनि उठाइसक्यौ, तसर्थ आज तिमीलाई अपमानजनक सजाय दिइनेछ यो यसको दण्ड हो कि तिमी धरतीमा अनाहक घमण्ड गर्ने गर्दथ्यौ र यसकारण कि तिमीले आज्ञाको उल्लंघन गर्दथ्यौ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Ahqāf
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close