Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: An-Nisā’   Ayah:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا كُوْنُوْا قَوّٰمِیْنَ بِالْقِسْطِ شُهَدَآءَ لِلّٰهِ وَلَوْ عَلٰۤی اَنْفُسِكُمْ اَوِ الْوَالِدَیْنِ وَالْاَقْرَبِیْنَ ۚ— اِنْ یَّكُنْ غَنِیًّا اَوْ فَقِیْرًا فَاللّٰهُ اَوْلٰی بِهِمَا ۫— فَلَا تَتَّبِعُوا الْهَوٰۤی اَنْ تَعْدِلُوْا ۚ— وَاِنْ تَلْوٗۤا اَوْ تُعْرِضُوْا فَاِنَّ اللّٰهَ كَانَ بِمَا تَعْمَلُوْنَ خَبِیْرًا ۟
१३५) हे मोमिनहरू ! न्यायमा ढृदताका साथ कायम रहनेवालाहरू र अल्लाहको प्रसन्नताको लागि साँचो गवाही दिनेवाला बन । त्यो तिम्रो वा तिम्रो आमा–बुवा वा नातेदारहरूको विरुद्धमा नै किन नहोस् । त्यो मानिस चाहे धनी होस् अथवा निर्धन, अल्लाह दुवैको हितैषी छ । तसर्थ तिमीले आफ्नै स्वार्थको पछि लागि न्यायलाई नछाडिदिनु । यदि तिमीले कुरा बङ्ग्याएर गवाही दिन्छौ वा साक्षी दिनुबाट पन्छिन्छौ भने (यादराख) अल्लाह तिम्रो सबै क्रियाकलाप राम्ररी जान्दछ ।
Arabic explanations of the Qur’an:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اٰمِنُوْا بِاللّٰهِ وَرَسُوْلِهٖ وَالْكِتٰبِ الَّذِیْ نَزَّلَ عَلٰی رَسُوْلِهٖ وَالْكِتٰبِ الَّذِیْۤ اَنْزَلَ مِنْ قَبْلُ ؕ— وَمَنْ یَّكْفُرْ بِاللّٰهِ وَمَلٰٓىِٕكَتِهٖ وَكُتُبِهٖ وَرُسُلِهٖ وَالْیَوْمِ الْاٰخِرِ فَقَدْ ضَلَّ ضَلٰلًا بَعِیْدًا ۟
१३६) हे मोमिनहरू ! अल्लाहमाथि र उसको रसूलमाथि र जुन ग्रन्थ अल्लाहले आफ्नो पैगम्बरलाई प्रदान गरेको छ, र त्यसमाथि जुन ग्रन्थहरू त्यसभन्दा अगाडि उतारेको थियो, सबैमाथि आस्था राख । र जसले अल्लाह र फरिश्ताहरू र उसका ग्रन्थहरू र उसका पैगम्बरहरू र अंतिम दिनको इनकार गर्दछ ऊ पथभ्रष्ट भई वास्तविक मार्गबाट धेरै टाढा पुगिसकेको हुन्छ ।
Arabic explanations of the Qur’an:
اِنَّ الَّذِیْنَ اٰمَنُوْا ثُمَّ كَفَرُوْا ثُمَّ اٰمَنُوْا ثُمَّ كَفَرُوْا ثُمَّ ازْدَادُوْا كُفْرًا لَّمْ یَكُنِ اللّٰهُ لِیَغْفِرَ لَهُمْ وَلَا لِیَهْدِیَهُمْ سَبِیْلًا ۟ؕ
१३७) जुन मानिसहरूले मुसलमान भएर फेरि काफिर भए, फेरि मुसलमान भए अनि फेरि काफिर भए फेरि अनास्थातर्फ बढदै गए त्यस्तालाई अल्लाहले न क्षमा गर्ने छ न त सही बाटो देखाउने छ ।
Arabic explanations of the Qur’an:
بَشِّرِ الْمُنٰفِقِیْنَ بِاَنَّ لَهُمْ عَذَابًا اَلِیْمَا ۟ۙ
१३८) कपटीहरूलाई यसबारे समाचार सुनाइदिनु कि तिनीहरूको निम्ति कष्टदायक सजाय निश्चित छ ।
Arabic explanations of the Qur’an:
١لَّذِیْنَ یَتَّخِذُوْنَ الْكٰفِرِیْنَ اَوْلِیَآءَ مِنْ دُوْنِ الْمُؤْمِنِیْنَ ؕ— اَیَبْتَغُوْنَ عِنْدَهُمُ الْعِزَّةَ فَاِنَّ الْعِزَّةَ لِلّٰهِ جَمِیْعًا ۟ؕ
१३९) जसले मोमिनहरूलाई छाडि काफिरहरूलाई मित्र बनाउने गर्दछन् । के तिनीहरूकहाँ सम्मान प्राप्ति गर्न जान्छन ? सम्पूर्ण सम्मान त अल्लाहकै नियन्त्रणमा छ ।
Arabic explanations of the Qur’an:
وَقَدْ نَزَّلَ عَلَیْكُمْ فِی الْكِتٰبِ اَنْ اِذَا سَمِعْتُمْ اٰیٰتِ اللّٰهِ یُكْفَرُ بِهَا وَیُسْتَهْزَاُ بِهَا فَلَا تَقْعُدُوْا مَعَهُمْ حَتّٰی یَخُوْضُوْا فِیْ حَدِیْثٍ غَیْرِهٖۤ ۖؗ— اِنَّكُمْ اِذًا مِّثْلُهُمْ ؕ— اِنَّ اللّٰهَ جَامِعُ الْمُنٰفِقِیْنَ وَالْكٰفِرِیْنَ فِیْ جَهَنَّمَ جَمِیْعَا ۟ۙ
१४०) र अल्लाहले तिमीलाई प्रदान गरेको ग्रन्थमा आदेश गरिसकेको छ कि जब तिमी कुनै सभा वा बैठकमा अल्लाहका आयतहरूलाई अस्वीकार गरिराखेको वा तिनको उपहास गरिराखेको सुन, तब त्यस सभामा तिनीहरूको साथमा नबस, जबसम्म तिनीहरू अर्को कुरा गर्न थाल्दैनन् । (अन्यथा) तिमी पनि त्यसबेला तिनीहरू जस्तै भइहाल्नेछौ । यसमा कुनै सन्देह छैन कि अल्लाह सबै मुनाफिक र काफिरहरूलाई नर्कमा एकत्रित गर्नेछ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: An-Nisā’
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close