Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: An-Nisā’   Ayah:
وَمَا كَانَ لِمُؤْمِنٍ اَنْ یَّقْتُلَ مُؤْمِنًا اِلَّا خَطَأً ۚ— وَمَنْ قَتَلَ مُؤْمِنًا خَطَأً فَتَحْرِیْرُ رَقَبَةٍ مُّؤْمِنَةٍ وَّدِیَةٌ مُّسَلَّمَةٌ اِلٰۤی اَهْلِهٖۤ اِلَّاۤ اَنْ یَّصَّدَّقُوْا ؕ— فَاِنْ كَانَ مِنْ قَوْمٍ عَدُوٍّ لَّكُمْ وَهُوَ مُؤْمِنٌ فَتَحْرِیْرُ رَقَبَةٍ مُّؤْمِنَةٍ ؕ— وَاِنْ كَانَ مِنْ قَوْمٍ بَیْنَكُمْ وَبَیْنَهُمْ مِّیْثَاقٌ فَدِیَةٌ مُّسَلَّمَةٌ اِلٰۤی اَهْلِهٖ وَتَحْرِیْرُ رَقَبَةٍ مُّؤْمِنَةٍ ۚ— فَمَنْ لَّمْ یَجِدْ فَصِیَامُ شَهْرَیْنِ مُتَتَابِعَیْنِ ؗ— تَوْبَةً مِّنَ اللّٰهِ ؕ— وَكَانَ اللّٰهُ عَلِیْمًا حَكِیْمًا ۟
९२) कुनै मोमिनले अर्को मोमिनलाई मार्नु कुनै अवस्थामा पनि उचित छैन, तर गल्तीबाट मारिहालेको छ भने अर्को कुरा हो र कसैले भूलबाट मार्दछ भने अल्लाहको आदेश छ कि त्यसले एउटा मुसलमान दासलाई मुक्त गरोस् र साथै मृतकका उत्तराधिकारीहरूलाई रगत बगाए बापतको क्षतिपूर्ति रकम दिइयोस् । तर हो, यदि तिनीहरूले माफ गरिदिन्छन् भने यो उनीहरूको आफ्नो इच्छाको कुरो हो । यदि मारिएको मानिस तिम्रो शत्रुको समूहको छ र त्यो स्वयं मोमिन छ भने एउटा मुसलमान गुलामलाई मुक्त गर्नुपर्दछ र यदि मारिएको व्यक्ति यस्ता मानिसहरूमध्येको छ जोसँग तिम्रो कुनै मैत्रि सन्धि छ भने उसको उत्तराधिकारीहरूलाई रगतको क्षतिपूर्ति रकमको साथै एउटा मुसलमान दासलाई मुक्त गर्नुपर्छ । अतः जसलाई साधन र क्षमता छैन, तिनीहरूले अनिवार्यरूपले दुई महिनाको व्रत बस्नु पर्छ । यो पश्चाताप अल्लाहबाट माफी पाउनका लागि हो र अल्लाह सर्वज्ञानी र बडो बुद्धिमत्ता सम्पन्न छ ।
Arabic explanations of the Qur’an:
وَمَنْ یَّقْتُلْ مُؤْمِنًا مُّتَعَمِّدًا فَجَزَآؤُهٗ جَهَنَّمُ خَلِدًا فِیْهَا وَغَضِبَ اللّٰهُ عَلَیْهِ وَلَعَنَهٗ وَاَعَدَّ لَهٗ عَذَابًا عَظِیْمًا ۟
९३) यदि कुनै मानिस जानी बुझिकन कुनै मुसलमानलाई मारिदिन्छ भने उसको सजाय नर्क हो । जहाँ ऊ सधैं बास पाउने छ र अल्लाहको क्रोध र अभिशापको पात्र हुनेछ र यस्तो मानिसको लागि उसले कठोर सजाय तयार राखेको छ ।
Arabic explanations of the Qur’an:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِذَا ضَرَبْتُمْ فِیْ سَبِیْلِ اللّٰهِ فَتَبَیَّنُوْا وَلَا تَقُوْلُوْا لِمَنْ اَلْقٰۤی اِلَیْكُمُ السَّلٰمَ لَسْتَ مُؤْمِنًا ۚ— تَبْتَغُوْنَ عَرَضَ الْحَیٰوةِ الدُّنْیَا ؗ— فَعِنْدَ اللّٰهِ مَغَانِمُ كَثِیْرَةٌ ؕ— كَذٰلِكَ كُنْتُمْ مِّنْ قَبْلُ فَمَنَّ اللّٰهُ عَلَیْكُمْ فَتَبَیَّنُوْا ؕ— اِنَّ اللّٰهَ كَانَ بِمَا تَعْمَلُوْنَ خَبِیْرًا ۟
९४) हे मोमिनहरू ! जब तिमी अल्लाहको मार्गमा (जिहादको लागि) जान्छौ त बडो छानविनले काम गर्नेगर र जुन मानिसले तिमीसित अस्सालमुअलैकुम भन्दछ उसलाई तिमी मोमिन होइनौ भनि नभन । र, जसबाट तिम्रो उद्देश्य सांसारिक लाभ प्राप्त गर्नु छ भने अल्लाहसित यस्ता फाइदाका सामग्रीहरू थुप्रै छन् । तिमी पनि त पहिला यस्तै थियौ र पछि अल्लाहले तिमीमाथि आफ्नो कृपा गर्याे । तसर्थ तिमी राम्ररी छानबिन गर्नेगर । निःसन्देह जुन कर्महरू तिमीले गर्दछौ, सबै अल्लाहलाई थाहा छ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: An-Nisā’
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close