Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Mu’minūn   Ayah:
اَلَمْ تَكُنْ اٰیٰتِیْ تُتْلٰی عَلَیْكُمْ فَكُنْتُمْ بِهَا تُكَذِّبُوْنَ ۟
१०५) के तिम्रो अगाडी मेरा आयतहरू पढेर सुनाइन्नथे ? र तैपनि तिमीले तिनलाई झूठो मान्थ्यो ।
Arabic explanations of the Qur’an:
قَالُوْا رَبَّنَا غَلَبَتْ عَلَیْنَا شِقْوَتُنَا وَكُنَّا قَوْمًا ضَآلِّیْنَ ۟
१०६) (तिनीहरू) भन्नेछन, हे हाम्रो पालनकर्ता । हाम्रो दुर्भाग्य हामीमाथि प्रभावित भयो र हामी पथविचलित मानिस थियौं ।
Arabic explanations of the Qur’an:
رَبَّنَاۤ اَخْرِجْنَا مِنْهَا فَاِنْ عُدْنَا فَاِنَّا ظٰلِمُوْنَ ۟
१०७) हे हाम्रो पालनकर्ता ! हामीलाई यहाँबाट मुक्ति देऊ अनि यदि तैपनि हामीले पुनः यस्तो गर्छौं भने निश्चय नै हामी अत्याचारी हुनेछौं ।
Arabic explanations of the Qur’an:
قَالَ اخْسَـُٔوْا فِیْهَا وَلَا تُكَلِّمُوْنِ ۟
१०८) अल्लाहबाट आदेश हुनेछ, कि यसैमा तिरस्कृत भई बसिराख र मसित कुरा नगर ।
Arabic explanations of the Qur’an:
اِنَّهٗ كَانَ فَرِیْقٌ مِّنْ عِبَادِیْ یَقُوْلُوْنَ رَبَّنَاۤ اٰمَنَّا فَاغْفِرْ لَنَا وَارْحَمْنَا وَاَنْتَ خَیْرُ الرّٰحِمِیْنَ ۟ۚۖ
१०९) मेरा भक्तहरूमा केही यस्ता मानिसहरू थिए जसले भन्दैथिएः कि हे हाम्रो पालनकर्ता हामीहरूले ईमान ल्याइसकेका छौं तिमीले हामीलाई क्षमा गरिदेऊ, र हामीमाथि दया गर र तिमी सबैभन्दा राम्रो दया गर्नेवाला हौ ।
Arabic explanations of the Qur’an:
فَاتَّخَذْتُمُوْهُمْ سِخْرِیًّا حَتّٰۤی اَنْسَوْكُمْ ذِكْرِیْ وَكُنْتُمْ مِّنْهُمْ تَضْحَكُوْنَ ۟
११०) तर तिमीले उनको उपहास गर्यौ, यहाँसम्म कि उनको कारण तिमीले मेरो सम्झना पनि बिर्सिहाल्यौ र तिमीले उनीमाथि हाँस्दै गर्यौ ।
Arabic explanations of the Qur’an:
اِنِّیْ جَزَیْتُهُمُ الْیَوْمَ بِمَا صَبَرُوْۤا ۙ— اَنَّهُمْ هُمُ الْفَآىِٕزُوْنَ ۟
१११) आज मैले उनीहरूको धैर्यको प्रतिफल प्रदान गरेकोछु । उनीहरू आफ्नो लक्ष्य प्राप्त गरेका छन् ।
Arabic explanations of the Qur’an:
قٰلَ كَمْ لَبِثْتُمْ فِی الْاَرْضِ عَدَدَ سِنِیْنَ ۟
११२) अल्लाह सोध्नेछः कि तिमी धर्तीमा कति वर्ष बस्यौ ?
Arabic explanations of the Qur’an:
قَالُوْا لَبِثْنَا یَوْمًا اَوْ بَعْضَ یَوْمٍ فَسْـَٔلِ الْعَآدِّیْنَ ۟
११३) उनीहरूले भन्नेछन् कि हामी एक दिन वा एकदिनभन्दा पनि कम बस्यौं । गणना गर्नेवालाहरूसित सोधिहाल्नुस् ।
Arabic explanations of the Qur’an:
قٰلَ اِنْ لَّبِثْتُمْ اِلَّا قَلِیْلًا لَّوْ اَنَّكُمْ كُنْتُمْ تَعْلَمُوْنَ ۟
११४) अल्लाहले भन्नेछः कि (त्यहाँ) तिमी साह्रै नै कम बस्यौं । कति राम्रो हुनेथियो यदि तिमीले जानेको भए ।
Arabic explanations of the Qur’an:
اَفَحَسِبْتُمْ اَنَّمَا خَلَقْنٰكُمْ عَبَثًا وَّاَنَّكُمْ اِلَیْنَا لَا تُرْجَعُوْنَ ۟
११५) के तिमीले यो ठानेका छौ, कि हामीले तिमीलाई व्यर्थमा सृष्टि गरेका छौं र यो कि तिमीलाई हामीतिर फर्काइनेछैन ?
Arabic explanations of the Qur’an:
فَتَعٰلَی اللّٰهُ الْمَلِكُ الْحَقُّ ۚ— لَاۤ اِلٰهَ اِلَّا هُوَ ۚ— رَبُّ الْعَرْشِ الْكَرِیْمِ ۟
११६) अल्लाह, सच्चा सम्राट हो ऊ धेरै उच्च छ । उसबाहेक कोही अन्य सत्य पूज्य छैन, उही स्वामी हो, महिमाशाली सिंहासनको ।
Arabic explanations of the Qur’an:
وَمَنْ یَّدْعُ مَعَ اللّٰهِ اِلٰهًا اٰخَرَ ۙ— لَا بُرْهَانَ لَهٗ بِهٖ ۙ— فَاِنَّمَا حِسَابُهٗ عِنْدَ رَبِّهٖ ؕ— اِنَّهٗ لَا یُفْلِحُ الْكٰفِرُوْنَ ۟
११७) जोसुकै व्यक्तिले अल्लाहको साथमा कुनै अर्को पूज्यलाई पुकार्दछ, जसको बारेमा उसको साथमा कुनै प्रमाण छैन, त उसको हिसाब उसको पालनकर्तासित छ । निश्चय नै अवज्ञाकारीहरू कहिल्यै सफल हुने छैनन् ।
Arabic explanations of the Qur’an:
وَقُلْ رَّبِّ اغْفِرْ وَارْحَمْ وَاَنْتَ خَیْرُ الرّٰحِمِیْنَ ۟۠
११८) र भन्नुस् कि हे मेरो पालनकर्ता ! मलाई क्षमा गरिदिनुस् र दया गर्नुस् तिमी सबैभन्दा राम्रो दया गर्नेवाला हौ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Mu’minūn
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close