Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Mu’minūn   Ayah:
بَلْ اَتَیْنٰهُمْ بِالْحَقِّ وَاِنَّهُمْ لَكٰذِبُوْنَ ۟
९०) सत्य यो छ कि हामीले उनीहरूको सामु सत्य कुरा पुर्याइदिएका छौं र यिनीहरू निःसन्देह झूठा छन् ।
Arabic explanations of the Qur’an:
مَا اتَّخَذَ اللّٰهُ مِنْ وَّلَدٍ وَّمَا كَانَ مَعَهٗ مِنْ اِلٰهٍ اِذًا لَّذَهَبَ كُلُّ اِلٰهٍ بِمَا خَلَقَ وَلَعَلَا بَعْضُهُمْ عَلٰی بَعْضٍ ؕ— سُبْحٰنَ اللّٰهِ عَمَّا یَصِفُوْنَ ۟ۙ
९१) अल्लाहले नत कसैलाई छोरा बनाएको छ र नत उसको साथमा अरु कोही पूज्य छ, अन्यथा प्रत्येक पूज्यले आफ्नो सृष्टिलाई लिएर अलग अलग हिड्ने थियो, र प्रत्येक एक अर्कामाथि आक्रमण गरिहाल्थ्यो । महान र उच्च छ अल्लाह ती कुराहरूबाट जुन उनीहरूले वर्णन गर्छन ।
Arabic explanations of the Qur’an:
عٰلِمِ الْغَیْبِ وَالشَّهَادَةِ فَتَعٰلٰی عَمَّا یُشْرِكُوْنَ ۟۠
९२) ऊ लुकेको र प्रकट कुरा जान्दछ र जो उसको साथमा अन्यलाई साझेदार ठहराउँदछन् त्यसभन्दा ऊ उच्च छ ।
Arabic explanations of the Qur’an:
قُلْ رَّبِّ اِمَّا تُرِیَنِّیْ مَا یُوْعَدُوْنَ ۟ۙ
९३) (हे मुहम्मद !) तपाईले प्रार्थना गर्नुस् कि हे पालनकर्ता ! जुन (सजाय) को वचन यिनीहरूसित भएको छ, यदि तिमीले मेरो जिन्दगीमा नै उनीहरूमाथि उतारेर देखाउँछौ ।
Arabic explanations of the Qur’an:
رَبِّ فَلَا تَجْعَلْنِیْ فِی الْقَوْمِ الظّٰلِمِیْنَ ۟
९४) भने हे पालनकर्ता ! मलाई यी अत्याचारीहरूको समूहमा शम्मिलित नगर्नु ।
Arabic explanations of the Qur’an:
وَاِنَّا عَلٰۤی اَنْ نُّرِیَكَ مَا نَعِدُهُمْ لَقٰدِرُوْنَ ۟
९५) निश्चय नै हामी यस कुराको सामथ्र्य राख्दछौं कि हामीले उनीहरूसित जुन वचन गरिराखेका छौं त्यो तपाईलाई देखाइहालौं ।
Arabic explanations of the Qur’an:
اِدْفَعْ بِالَّتِیْ هِیَ اَحْسَنُ السَّیِّئَةَ ؕ— نَحْنُ اَعْلَمُ بِمَا یَصِفُوْنَ ۟
९६) र नराम्रो कुराको उत्तरमा यस्तो कुरा भन जुनकि धेरै राम्रो होस् यिनीहरूले जेजति वर्णन गर्छन हामीलाई सबै थाहा छ ।
Arabic explanations of the Qur’an:
وَقُلْ رَّبِّ اَعُوْذُ بِكَ مِنْ هَمَزٰتِ الشَّیٰطِیْنِ ۟ۙ
९७) र भन्नुस् हे पालनकर्ता म शैतानहरूको उकसाहटबाट तिम्रो शरण चाहन्छु ।
Arabic explanations of the Qur’an:
وَاَعُوْذُ بِكَ رَبِّ اَنْ یَّحْضُرُوْنِ ۟
९८) हे पालनकर्ता ! यसकारण पनि तिम्रो शरण माँग्दछु ताकि तिनीहरू मेरो सामु उपस्थित नहोउन् ।
Arabic explanations of the Qur’an:
حَتّٰۤی اِذَا جَآءَ اَحَدَهُمُ الْمَوْتُ قَالَ رَبِّ ارْجِعُوْنِ ۟ۙ
९९) यहाँसम्म कि जब उनीबाट कसैको मृत्यु नजिक हुन्छ त भन्छन्ः मेरो पालनकर्ता मलाई फर्काइदेऊ ।
Arabic explanations of the Qur’an:
لَعَلِّیْۤ اَعْمَلُ صَالِحًا فِیْمَا تَرَكْتُ كَلَّا ؕ— اِنَّهَا كَلِمَةٌ هُوَ قَآىِٕلُهَا ؕ— وَمِنْ وَّرَآىِٕهِمْ بَرْزَخٌ اِلٰی یَوْمِ یُبْعَثُوْنَ ۟
१००) ताकि जुन (संसार)लाई म छोडेर आएको छु त्यसमा म राम्रो काम गरूँ, कदापि यस्तो हुनेछैन । यो त खाली एउटा कुरा हो जुन उसले भन्नेछ (त्यो पूरा हुनेछैन) र उनीहरूको पछाडि एक प्रकारको पर्दा छ, त्यो दिनसम्म जबकि पुनः उठाइनेछन् ।
Arabic explanations of the Qur’an:
فَاِذَا نُفِخَ فِی الصُّوْرِ فَلَاۤ اَنْسَابَ بَیْنَهُمْ یَوْمَىِٕذٍ وَّلَا یَتَسَآءَلُوْنَ ۟
१०१) अनि जब सूर फूँकिन्छ, तब त्यहाँ तिनीहरूमा नत रिश्ता, नातेदारी रहनेछ नत एक अर्काबीच सोधपूछ ।
Arabic explanations of the Qur’an:
فَمَنْ ثَقُلَتْ مَوَازِیْنُهٗ فَاُولٰٓىِٕكَ هُمُ الْمُفْلِحُوْنَ ۟
१०२) जसको कर्मको भार गर्हुङ्गो हुनेछ, उनीहरू सफलता प्राप्त गर्नेछन् ।
Arabic explanations of the Qur’an:
وَمَنْ خَفَّتْ مَوَازِیْنُهٗ فَاُولٰٓىِٕكَ الَّذِیْنَ خَسِرُوْۤا اَنْفُسَهُمْ فِیْ جَهَنَّمَ خٰلِدُوْنَ ۟ۚ
१०३) र जसको भार हर्लुङ्गो हुनेछ, उनीहरू त्यस्ता मानिस हुन् जसले आफूलाई हानिमा पारे, सधैंको लागि नर्कमा रहनेछन् ।
Arabic explanations of the Qur’an:
تَلْفَحُ وُجُوْهَهُمُ النَّارُ وَهُمْ فِیْهَا كٰلِحُوْنَ ۟
१०४) आगोले उनीहरूको अनुहारलाई पोलिरहने छ, र त्यसमा उनीहरूको अनुहार विकृत भइराखेका हुन्छन् ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Mu’minūn
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close